Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, मनोजलाई काम गर्न खुला

Share:WhatsAppFacebookX (Twitter)Telegram
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, मनोजलाई काम गर्न खुला
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई तत्काल पुनरबहाली गर्न अस्वीकार गरेको छ। बुधबार दुवै पक्षसँग अन्तरिम आदेशबारे छलफल गर्दै न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। आईजीपीमा मनोज केसीलाई नियुक्ती गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश नभएसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म केसीलाई काम गर्न खुला भएको छ। सरकारले कात्तिक १८ गते कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गर्दै केसीलाई आईजीपी नियुक्त गरेको थियो। त्यसैदिन दज्र्यानी चिन्ह लगाएर केसीले काम थाल्दा कार्की भने आफूलाई गैरकानुनी रुपमा हटाएको दाबी गर्दै सर्वोच्च पुगेका थिए। कात्तिक २० गते दर्ता भएको रिटमा मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमै सुनुवाइ भएको थियो। पौडेलको इजलासले अन्तरिम आदेश बारे निर्णय गर्नु पहिले दुवै पक्षको कुरा सुन्न आवश्यक रहेको भन्दै ७ गतेका लागि पेसी तोकेका थिए। तर ७ गतेसम्म पनि आईजीपी मनोज केसीले सर्वोच्च अदालतको आदेश नबुझेपछि त्यसदिन सुनुवाइ हुन सकेको थिएन। उक्त दिन न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा पेसी परेको थियो। तर दुई दिनपछि धकेलिएर बुधबार सुनुवा हुँदा केसीले नै निरन्तरता पाउने गरी आदेश भएको हो। अब अन्तिम फैसलामा मात्रै कार्कीलाई हटाउने निर्णय बदर हुने वा त्यसलाई सदर नै गर्ने भन्ने टुंगो लाग्नेछ। The post दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, मनोजलाई काम गर्न खुला appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पर्सामा २९ हजार ५ सय ६८ मतदाता बढे
Latest NewsJust now

पर्सामा २९ हजार ५ सय ६८ मतदाता बढे

दिपक गौतमवीरगञ्ज (पर्सा), मङ्सिर ९ गते । पर्सा जिल्लामा रहेका कुल मतदातामा २९ हजार ५ सय ६८ जना मतदाता बढेका छन् । निर्वाचन कार्यालयले जारी गरेको सुचना अनुसार भदौ १५ गतेसम्म मतदाता... ...

गोरखापत्र
कोरलानाकामा पूर्वाधार निर्माण गर्न संसदीय समितिको ध्यानाकर्षण
Latest NewsJust now

कोरलानाकामा पूर्वाधार निर्माण गर्न संसदीय समितिको ध्यानाकर्षण

मुस्ताङ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीले नेपाल–चीन उत्तरी कोरलानाकाको स्थलगत अवलोकन गरी त्यहाँ आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको छ । समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा १५ सदस्यीय टोलीले नाकाको भौतिक पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययनका क्रममा बुधबार कोरलानाकाको अवलोकन गरेको हो । अवलोकनका क्रममा व्यवसायी तथा चालकले नाकामा वातावरणमैत्री पूर्वाधार, विद्युत्, इन्टरनेट, खानेपानी र शौचालयको व्यवस्था नहुँदा निकासी ...

केन्द्रबिन्दु
सर्वोच्चले दिएन आईजीपी नियुक्तिविरुद्ध अन्तरिम आदेश, सात दिनभित्रै अन्तिम सुनुवाइ हुने
Latest NewsJust now

सर्वोच्चले दिएन आईजीपी नियुक्तिविरुद्ध अन्तरिम आदेश, सात दिनभित्रै अन्तिम सुनुवाइ हुने

• सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सात दिनभित्र अन्तिम सुनुवाइका लागि पेसी चढाउन आदेश दिएको छ। • अदालतले मुद्दाको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी संगठनको नेतृत्वको महत्वलाई औँल्याएको छ। • डा. मनोजकुमार केसीले प्रहरी महानिरीक्षकका रूपमा कार्यभार सम्हालिसकेका छन्, तर नियुक्तिको वैधानिकता सर्वोच्च अदालतको अन्तिम सुनुवाइपछि मात्र स्पष्ट हुनेछ। ...

नेपालबहस
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार
Latest NewsJust now

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । आफूलाई आईजीपी पदबाट हटाइएको भन्दै पुनर्बहालीको मागसहित कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । दिनभर चलेको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement