Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
Photo / Coverage: नेपालन्युज

तुलसीपुर (दाङ)। दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ । कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा उचित बजारीकरणको अभावमा उत्पादन घटेर एक हजार कार्टुनमा सीमित भएको थियो । अहिले किसान सङ्गठित भएर बजारीकरणमा जुटेपछि उत्पादन पुनः बढेर दैनिक दुई हजार ५०० कार्टुनभन्दा बढी पुगेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष ईश्वरप्रकाश श्रेष्ठले किसान सङ्गठित भई उत्पादनको बजारीकरण गर्न थालेपछि अण्डा उत्पादन बढ्न थालेको बताए। “किसान सङ्गठित नहुँदा उत्पादन न्यून मूल्यमा बेच्नुपरेको थियो, त्यसले हामीलाई लामो समय घाटा व्यहोर्न बाध्य पारेको थियो”, उनले भने, “अहिले हामी सङ्गठित भएपछि बिस्तारै उत्पादन बढ्न थालेको छ ।” उनका अनुसार एउटा कार्टुनमा २१० वटा अण्डा हुन्छन् । जिल्लामा लेयर्स कुखुराको सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ । संघका सचिव रविन्द्रविक्रम केसीका अनुसार संघमा १५० भन्दा बढी किसान आबद्ध छन् । हरेक वर्ष ४५ जनाभन्दा बढी नयाँ किसान थपिने गरेका छन् । दाङमा उत्पादित अण्डामध्ये २० प्रतिशत अर्थात् दैनिक करिब ५०० कार्टुन जिल्लामै खपत हुने गरेको अध्यक्ष श्रेष्ठले बताए। बाँकी ८० प्रतिशत अर्थात् दुई हजार कार्टुन अण्डा जिल्ला बाहिरका बजारमा पठाइने गरिएको छ । अण्डाको बजारीकरणलाई व्यवस्थित गर्न नेपाल लेयर्स कुखुरापालक संघ र नेपाल एग ट्रेडिङ प्रालिको सहकार्यमा तुलसीपुरमा डिपो सञ्चालन गरिएको छ । जिल्लामा खपत हुन नसकेको अण्डा डिपोमार्फत अन्य जिल्लामा पठाउने गरिएको छ । एउटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्ने भए पनि किसानले सोभन्दा कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेकाले एकद्वार प्रणालीमार्फत बजारीकरण गर्न डिपो सञ्चालन गरिएको संघका केन्द्रीय अध्यक्ष विनोद पोख्रेलले बताए। उनका अनुसार जिल्लामा बिक्री हुन नसकेको अण्डा डिपोमार्फत देशका विभिन्न बजारमा पठाउने व्यवस्था मिलाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?
Latest NewsJust now

राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?

जनताले नयाँ सरकारबाट केवल नयाँ अनुहार, नयाँ भाषण र नयाँ प्रतिबद्धता खोजेका होइनन्। उनीहरूले काम गर्ने शैलीमा परिवर्तन, प्रशासनिक... ...

सिंहदरबार न्युज
रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ
Latest NewsJust now

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

रौतहट । रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय... ...

सिंहदरबार न्युज
भोटेकोशी बाढीपीडित भन्छन्– ‘सधैँ काठमाडौँ बस्न सक्दैनौँ, तिहारपछि थालथलो फर्कन्छौँ’
Latest NewsJust now

भोटेकोशी बाढीपीडित भन्छन्– ‘सधैँ काठमाडौँ बस्न सक्दैनौँ, तिहारपछि थालथलो फर्कन्छौँ’

काठमाडौँ । रसुवा टिमुरेकी लाङराङ तामाङ दुई महिनादेखि काठमाडौँको होल्डिङ सेन्टरमा छिन् । उनको साथमा न श्रीमान् छन्, न परिवारका अरू कोही सदस्य । एक्लो जीवन कटाइरहेकी उनलाई बाँकी जीवन... ...

रातोपाटी
अर्बौँको राजस्व दिने दूरसञ्चार क्षेत्रको कमाइमा मात्रै सरकारको ध्यान, सुस्ताउँदै पूर्वाधार विकास
Latest NewsJust now

अर्बौँको राजस्व दिने दूरसञ्चार क्षेत्रको कमाइमा मात्रै सरकारको ध्यान, सुस्ताउँदै पूर्वाधार विकास

सरकारले कमाइमा मात्रै ध्यान दिँदा दूरसञ्चार क्षेत्रको पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हुनसकेको छैन। यस क्षेत्रको विकासका लागि नेपाल दूरसञ्चार प्राधिकरणले पाएको बजेट समेत खर्च गर्न नसकेको देखिएको हो। प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार विनियोजित ७८ करोड ३५ लाख रुपैयाँको स्वीकृत वार्षिक बजेटको २९.३८ प्रतिशत मात्रै खर्च भएको छ। त्यसैगरी प्राध... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play