Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

मेलानिया ट्रम्पलाई युक्रेनको सर्वोच्च महिला सम्मान

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेलानिया ट्रम्पलाई युक्रेनको सर्वोच्च महिला सम्मान
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पलाई देशको सर्वोच्च महिला सम्मान प्रदान गरेका छन् । राष्ट्रपति जेलेन्स्कीको आदेशअनुसार मेलानिया ट्रम्पलाई ‘अर्डर अफ प्रिन्सेस ओल्गा’ प्रथम श्रेणीको सम्मानबाट विभूषित गरिएको हो । युक्रेनमा मानवीय सहायता पुर्‍याउन उनले गरेको महत्त्वपूर्ण व्यक्तिगत योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको जनाइएको छ । यो घटनाक्रम युक्रेनको दक्षिणी क्षेत्र खेरसोनमा युद्धविराम समाप्त भएपछि सार्वजनिक भएको हो । युद्धविरामका क्रममा रुसको कब्जामा रहेको ओलेश्की सहरबाट सयौँ मानिसलाई सुरक्षित उद्धार गरिएको थियो । मेलानिया ट्रम्पको निमन्त्रणामा रुस र युक्रेनका प्रतिनिधिमण्डल बिहीबार ह्वाइट हाउसमा भेटवार्ता गर्ने भएका छन् । बैठकमा नागरिकको उद्धार अभियानमा सहभागी सदस्यहरूका साथै दुवै देशका वरिष्ठ अधिकारीहरू पनि सहभागी हुनेछन् । ह्वाइट हाउसका अनुसार मेलानिया ट्रम्पले युद्धमा संलग्न दुवै देशबीच संवादको पहल स्वतन्त्र रूपमा गरेकी थिइन् र युद्धविराम गराउन सफल भएकी थिइन् । ह्वाइट हाउसले यसलाई कुनै अमेरिकी प्रथम महिलाले गरेको उत्कृष्ट कूटनीतिक पहलको संज्ञा दिएको छ । रुस र युक्रेन दुवै पक्षले युद्धविराम गराउन मेलानिया ट्रम्पको भूमिकाका लागि पटक(पटक धन्यवाद दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?
Latest NewsJust now

राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?

जनताले नयाँ सरकारबाट केवल नयाँ अनुहार, नयाँ भाषण र नयाँ प्रतिबद्धता खोजेका होइनन्। उनीहरूले काम गर्ने शैलीमा परिवर्तन, प्रशासनिक... ...

सिंहदरबार न्युज
रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ
Latest NewsJust now

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

रौतहट । रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय... ...

सिंहदरबार न्युज
भोटेकोशी बाढीपीडित भन्छन्– ‘सधैँ काठमाडौँ बस्न सक्दैनौँ, तिहारपछि थालथलो फर्कन्छौँ’
Latest NewsJust now

भोटेकोशी बाढीपीडित भन्छन्– ‘सधैँ काठमाडौँ बस्न सक्दैनौँ, तिहारपछि थालथलो फर्कन्छौँ’

काठमाडौँ । रसुवा टिमुरेकी लाङराङ तामाङ दुई महिनादेखि काठमाडौँको होल्डिङ सेन्टरमा छिन् । उनको साथमा न श्रीमान् छन्, न परिवारका अरू कोही सदस्य । एक्लो जीवन कटाइरहेकी उनलाई बाँकी जीवन... ...

रातोपाटी
अर्बौँको राजस्व दिने दूरसञ्चार क्षेत्रको कमाइमा मात्रै सरकारको ध्यान, सुस्ताउँदै पूर्वाधार विकास
Latest NewsJust now

अर्बौँको राजस्व दिने दूरसञ्चार क्षेत्रको कमाइमा मात्रै सरकारको ध्यान, सुस्ताउँदै पूर्वाधार विकास

सरकारले कमाइमा मात्रै ध्यान दिँदा दूरसञ्चार क्षेत्रको पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हुनसकेको छैन। यस क्षेत्रको विकासका लागि नेपाल दूरसञ्चार प्राधिकरणले पाएको बजेट समेत खर्च गर्न नसकेको देखिएको हो। प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार विनियोजित ७८ करोड ३५ लाख रुपैयाँको स्वीकृत वार्षिक बजेटको २९.३८ प्रतिशत मात्रै खर्च भएको छ। त्यसैगरी प्राध... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play