काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा अहिले सवारीसाधन सञ्चालन सहज बनेको छ । सडक निर्माण तथा सुधारपछि दाउन्ने पहाड पार गर्न अहिले २० देखि २५ मिनेट मात्रै लाग्ने गरेको छ । सडक निर्माणाधीन अवस्थामा रहँदा दाउन्ने पहाड पार गर्न यात्रुले दुईदेखि तीन घण्टासम्म सास्ती खेप्नुपर्ने अवस्था थियो । लामो समयसम्मको ट्राफिक जाम र सडकको खराब अवस्थाका कारण हैरानी बेहोर्दै आएका यात्रुले अहिले भने निकै राहत महसुस गरेका छन् । सडक सुधारसँगै दाउन्ने क्षेत्रमा सवारी आवागमन सहज बनेपछि यात्राको समयसमेत उल्लेख्य रूपमा घटेको छ । -रमेशचन्द्र बस्ताकोटी, नेपाल न्यूज बैंक
दाउन्नेमा सरर : अब २० देखि २५ मिनेटमै पहाड पार गर्न सकिने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






