Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

दसौँ राष्ट्रिय खेलकुद : टेनिस महिला सिङ्गलमा शिवली र स्वस्तिका फाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसौँ राष्ट्रिय खेलकुद : टेनिस महिला सिङ्गलमा शिवली र स्वस्तिका फाइनलमा
Photo / Coverage: हिमालय टाइम्स

बर्दिया । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको महिला सिङ्गलतर्फ नेपाल आर्मीका शिवली गुरुङ र स्वस्तिका विष्ट फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा शिवलीले बागमती प्रदेशकी प्रज्ञा मानन्धरलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरिन्। त्यस्तै, स्वस्तिकाले बागमतीकै प्रकृति श्रेष्ठलाई ६–२, ६–२ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिन्। पुरुष सिङ्गलतर्फ प्रदीप खड्का, प्रणभ खनाल, निशान श्रेष्ठ र करण थापा सेमिफाइनलमा पुगेका छन्। पुरुष डबलतर्फ नेपाल आर्मी, नेपाल प्रहरी, बागमती र गण्डकी प्रदेशका खेलाडीले पनि सेमिफाइनलमा स्थान बनाएका छन्। पुरुष डबलतर्फको क्वार्टरफाइनलमा नेपाल आर्मीका प्रणभ खनाल र राजवीर प्रधानको जोडीले एपीएफका सन्तोष खत्री र सक्षम विक्रम शाहको जोडीलाई ६–१, ६–२ ले पराजित गर्‍यो। गण्डकीका प्रदीप खड्का र करण थापाले एनआरएनका असभ सिंह हडा र दावा सोनम शेर्पालाई ६–१, ६–१ ले हराए। त्यस्तै, बागमतीका निशान श्रेष्ठ र प्रितम परियारले एपीएफका देव आशिष रेउले र सुमन लामालाई ६–०, ७–५ ले पराजित गरे। नेपाल प्रहरीका निहालजंगबहादुर थापा र दर्शिल श्रेष्ठले सुदूरपश्चिमका माधव सिंह विष्ट र रमेश सिंह डाँगीलाई ६–०, ६–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाए। मिक्स डबलतर्फ नेपाल आर्मीका शिवली गुरुङ र राजवीर प्रधानको जोडीले बागमतीका प्रकृति श्रेष्ठ र निशान श्रेष्ठको जोडीलाई ७–६, ६–१ ले पराजित गरेको छ। आर्मीकै प्रणभ खनाल र स्वस्तिका विष्टको जोडीले गण्डकीका शक्ति शर्मा र आहाना शेरचनको जोडीलाई ६–०, ६–० ले हराएको छ। यससँगै आर्मीका दुवै जोडी फाइनलमा प्रवेश गरेका छन्। महिला डबलतर्फ पनि नेपाल आर्मी र बागमती प्रदेशका जोडी फाइनलमा पुगेका छन्। आर्मीका शिवली गुरुङ र स्वस्तिका विष्ट तथा बागमतीका प्रकृति श्रेष्ठ र प्रज्ञा मानन्धरको जोडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। लन टेनिस प्रतियोगिताका सहायक निर्णायक सूर्यभूषण बज्राचार्यका अनुसार शुक्रबार पुरुष डबलतर्फ चार, महिला सिङ्गलतर्फ दुई र मिक्स डबलतर्फ दुई गरी कुल आठ खेल सम्पन्न भएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी नागरिक भन्छन्– ‘बास देऊ, नत्र थापाथलीमै छोडिदेऊ’
Latest NewsJust now

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी नागरिक भन्छन्– ‘बास देऊ, नत्र थापाथलीमै छोडिदेऊ’

काठमाडौं। वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले सरकारको विरोध गरेका छन्। सरकारले गत वैशाख १२ र १३ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाएर बस्ती खाली गराएको थियो। घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजिएपछि उनीहरूले सरकारको निर्णयको विरोध गरेका हुन्। भक्तपुरको बोडेस्थित कृषि विकास ...

लुम्बिनी सञ्चार

टक्सार
नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
Latest NewsJust now

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं। नारायणगढ: मुग्लिङ सडकखण्डको तुईनखोला क्षेत्रमा पहिरो नियन्त्रणको कार्य सुरु गरिने भएको छ। यसका लागि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको छ। चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द रहनेछ। तुईनखोला क्षेत्रमा पहिरो रोकथामको कार्य गर्दा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले ...

नेपालन्युज
द्वन्द्वको घाउ बोकेर २० वर्षदेखि न्यायको प्रतीक्षा
Latest NewsJust now

द्वन्द्वको घाउ बोकेर २० वर्षदेखि न्यायको प्रतीक्षा

माओवादी सशस्त्र द्वन्द्वमा अपाङ्गता भएका सुरेन्द्र खत्री र कमलप्रसाद सुवेदीजस्ता हजारौँ पीडितले राज्यबाट न्याय, उपचार र सहयोग पाएका छैनन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement