Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

दसौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा खेलाडी छनोट सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा खेलाडी छनोट सुरु
Photo / Coverage: केन्द्रबिन्दु

धनगढी । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट ३० विधाका खेलाडी छनोट गर्न लागिएको हो । प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको छनोट प्रतियोगिता मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ । कैलाली, कञ्चनपुर र डडेल्धुरामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन धनगढी रङ्गशालामा गरिएको हो । प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री खगराज भट्टले गरेका थिए। प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काका अनुसार कैलालीमा फुटबल, एथलेटिक्स, क्रिकेट, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, बक्सिङ, उसु, खोखो, सुटिङ, जिम्न्यास्टिक, रग्बी, भारोत्तोलन, शारीरिक सुगठन र ई–स्पोट्र्सका प्रतियोगिता सञ्चालन हुनेछन् । त्यस्तै, कञ्चनपुरमा कबड्डी, तेक्वान्दो, कराँते, फुलकन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, कुस्ती र जुडोका खेल सञ्चालन गरिनेछ । डडेल्धुरामा महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुनेछ । प्रदेशका नौवटै जिल्लाबाट छनोट भएर आएका दुई हजार ४६४ खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने परिषद्ले जनाएको छ । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७४४ जनाको सहभागिता रहनेछ । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले खेलकुदले मानिसलाई अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रदेश सरकारले आफ्नो क्षमता र स्रोतअनुसार खेल क्षेत्रको विकासका लागि सहकार्य गर्ने उनले उल्लेख गरे । कार्यक्रममा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी
Latest NewsJust now

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

कास्की । माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको उपयोग गरी गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्न थालेका छन् । तारेबराह आधारभूत विद्यालयमा आज आयोजित उद्यमशीलतासम्बन्धी अन्तरक्रियामा विद्यार्थीले बाँस... ...

रातोपाटी
आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउँछौं -अध्यक्ष ओली
Latest NewsJust now

आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउँछौं -अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने बताएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको तेश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारका गलत कामलाई रोक्दै जनतामाझ जान आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने बताएका हुन् । एमाले सिद्दियो भन्ने कुरालाई गलत प्रमाणित गर्न आन्दोलन र निर्वाचनबाट देखाउनुपर्ने उनको भनाइ ...

केन्द्रबिन्दु
आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएका छन्ः केपी ओली
Latest NewsJust now

आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएका छन्ः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएको बताएका छन् । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचन एमालेलाई अनुकुल बन्दै गएको बताएका हुन् । उनले एमालेले स्थानीय तहको निर्वाचन र प्रदेश तहको निर्वाचनको तयारीलाई गम्भिर भएर लाग्ने बताए । उनले […] ...

मकालु खबर
अमेरिकामा रोकिएका हवाई उडान सञ्चालनमा
Latest NewsJust now

अमेरिकामा रोकिएका हवाई उडान सञ्चालनमा

वासिङ्टन। प्राविधिक समस्याका कारण शुक्रबार घण्टौँसम्म अवरुद्ध भएको अमेरिकाको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । पुराना हवाई ट्राफिक नियन्त्रण उपकरणमा समस्या आएपछि देशभरका विमानस्थलमा उडान रोकिएको थियो । अमेरिकी यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८ः१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आएको जानकारी दिएका छन् । यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन केही समय लाग्ने उनले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play