दसैँ बिदापछि काठमाडौँको जनजीवन लयमाः सडकमा बढ्यो चहलपहल

काठमाडाैँ । दसैँको लामो बिदापछि सरकारी कार्यालय र संस्थाहरू सुचारु भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन फेरि आफ्नो पुरानै लयमा फर्किएको छ । दसैँ मनाउन गाउँ गएका सर्वसाधारणको फिर्ती र सेवाग्राहीहरूको आवतजावतका कारण साेमबार बिहानैदेखि बानेश्वर, माईतीघर, सिंहदरबार लगायतका प्रमुख चोक र सडकहरूमा सवारीसाधनको चाप बढेको हो । दसैँको टीका र बिदाको अवधिभर सुनसान देखिएका काठमाडौँका सडकहरूमा आज बिहानैदेखि सवारी साधनको लर्को देखिन थालेको छ । लामो दूरीका सार्वजनिक सवारीसाधनमार्फत काठमाडौँ भित्रिने क्रम जारी रहनु र आजैदेखि सरकारी कार्यालयहरू पनि खुलेकाले सडकमा मानिस र सवारीको चाप बढेको हो । विशेषगरी बानेश्वर, कोटेश्वर, र कलङ्की जस्ता मुख्य प्रवेशद्वार र व्यस्त चोकहरूमा बिहानको समयमा ट्राफिक जामको अवस्था देखिएको छ । दशैँ बिदाको समयमा घर गएका कर्मचारीहरू र विद्यार्थीको उपस्थितिले उपत्यकाका बजार क्षेत्रमा पनि चहलपहल बढेको छ । ट्राफिक प्रहरीकाअनुसार सवारीको चाप बढेसँगै उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि थप जनशक्ति परिचालन गरिएको छ । आगामी केही दिनसम्म उपत्यका भित्रिनेहरूको संख्या अझ बढ्न सक्ने भएकाले सार्वजनिक यातायातमा विशेष ध्यान दिन र ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले आग्रह गरेको छ । बिदा पछिको पहिलो कार्यदिवसमा काठमाडौंको सवारी चापमा वृद्धि हुनु अस्वाभाविक होइन । यद्यपि, ट्राफिक व्यवस्थापन चुस्त राख्नका लागि सरोकारवाला निकायले समयमै योजना बनाएर अघि बढ्नु आवश्यक देखिएको छ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

सामान्य विवादमा दाजुद्वारा भाइमाथि छुरा प्रहार
झापा । झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन् । भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि... ...

धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
कपिलवस्तु।कामदारको अभाव र ज्याला खर्च बढ्दै गएपछि कपिलवस्तुका किसान धान छार्ने आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित हुन थालेका छन्। धान काटेर भित्र्याउने समयमा खेताला पाइन छाडेपछि परम्परागत दाइँ र छार्न समय र खर्च धेरै लाग्ने भएपछि किसानले थ्रेसर मेसिनको प्रयोग बढाएका हुन्। जिल्लाका अधिकांश स्थानमा पाकिसेको धान भित्र्याउने चटारोसँगै किसानले धान र पराल छुट्याउन थ्रेसरको प्रयोग गरिरहेका छन्। कपिलवस्तु नगरपालिका–६ थुम्हवाका कृषक ...

दसैँ बिदा सकिएसँगै हेटौँडामा चहलपहल बढ्दै
हेटौँडा। दसैँ बिदा सकिएसँगै आजदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा चहलपहल बढ्दै गएको छ । बिदा सकिएको र आजैदेखि कार्यालय खुलेका कारण विभिन्न काम लिएर सर्वसाधारण कार्यालयमा पुग्न थालेका छन् । जिल्ला... ...

सरकारी कर्मचारीलाई सवारी किन्न ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी
काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण र त्यसको ब्याज अनुदान उपलब्ध गराउने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ निर्देशिका तयार गर्दै सरकारले मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपाङ्गे सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गर्न लागेको हो । निर्देशिकाअनुसार सहसचिव वा ११ औँ ...


