दसैँमा काठमाडौं उपत्यकामा प्रहरीद्वारा तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन

काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । आम नागरिकको सहज आवागमनका लागि भन्दै बस सेवा सञ्चालन गरेको जनाएको छ । सार्वजनिक यातायातको अभावमा हुने समयमा यात्रुलाई लक्षित गर्दै बस सेवा सञ्चालन गरिएको जनाएको छ । प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सञ्चालन गरेको हो । नेपाल प्रहरीका अनुसार कात्तिक ३ गते तीनवटै रुटमा पहिलो सिफ्टको बस दिउँसो ४ बजेबाट सञ्चालन भएका छन् । कात्तिक ४ गते टिकाको दिन पहिलो सिफ्ट बिहान ८ बजे र दोस्रो सिफ्ट दिउँसो ३:३० बजेबाट सञ्चालन हुनेछ । रुट नम्बर १ : नक्सालबाट सुरु हुने बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ । रुट नम्बर २ : नक्सालबाट सुरु हुने बस रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै पुनः नक्साल फर्किनेछ । रुट नम्बर ३ : नक्सालबाट सुरु हुने बस सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किनेछ । The post दसैँमा काठमाडौं उपत्यकामा प्रहरीद्वारा तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो
परदेशी भूमिमा गमिरहेछु- पहिले सामान्य लाग्ने पारिवारिक भेटघाट, आमाको हातले पकाएको खाना, बुबासँग बसेर गरिने कुराकानी र घरआँगनमा सुनिने हाँसोको मूल्य टाढा पुगेपछि मात्र गहिरोसँग महसुस हुँदो रहेछ। ...

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपत्कालीन अवस्थामा पुग्न... ...

कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?
न्युयोर्कलगायतका स्थानमा रहेका नेपाली दसैंको तयारीमा जुटेका छन् । नेपाली ग्रोसरी स्टोर तथा पसलमा दसैंका सामान किन्नेहरूको चहलपहल बढेको छ । ...

क्रिकेट टोली स्वदेश फिर्ता
ओमानमा सम्पन्न आईसीसी विश्वकप लिग–२ शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको हो । ...


