Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, सात जिल्लामा ३२ खेल सञ्चालन हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, सात जिल्लामा ३२ खेल सञ्चालन हुने
Photo / Coverage: टक्सार

काठमाडाैँ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ । समापन पनि सोही रंगशालामा मंसिर २७ गते हुनेछ । यद्यपि प्रतियोगिताअन्तर्गतका खेलहरू भने मंसिर ८ गतेदेखि नै शुरु हुनेछन् । उद्घाटन समारोहअघि विभिन्न १० खेल सञ्चालन गरिने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । प्रतियोगितामा ३२ खेलका ३८४ इभेन्ट्स सञ्चालन हुनेछन् । प्रत्येक टोलीबाट ६६० जना सहभागी हुनेछन् । जसमा ३१४ महिला र ३४६ पुरुष खेलाडी रहनेछन् । त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुनेछन् । प्रतियोगिताका खेलहरू कर्णालीसहित सात जिल्लामा सञ्चालन गरिनेछन् । सुर्खेतमा २३, नेपालगञ्जमा दुई, बर्दियामा दुई, दैलेखमा एक, कालीकोटमा एक, सल्यानमा दुई र पश्चिम रुकुममा एक खेल आयोजना गरिनेछ । प्रतियोगितामा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । जसमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ काँस्य पदक रहेका छन् । यसपटक व्यक्तिगत विधाका स्वर्ण पदक विजेतालाई २० हजार, रजत विजेतालाई १५ हजार र काँस्य विजेतालाई आठ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, टिम विधातर्फ स्वर्ण विजेतालाई १५ हजार, रजत विजेतालाई १० हजार र काँस्य विजेतालाई आठ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्काअनुसार यसपटक पहिलोपटक रजत र कांस्य पदक विजेतालाई समेत नगद पुरस्कार प्रदान गर्न लागिएको हो । प्रतियोगिताको प्रचारप्रसार तथा तयारीका विषयमा जानकारी दिन राष्ट्रिय खेलकुद परिषद्ले सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चार महिनामा काठमाडौँका २७ हजार ५ सय वर्ग मिटर सडकका खाल्डाखुल्डी मर्मत
Latest NewsJust now

चार महिनामा काठमाडौँका २७ हजार ५ सय वर्ग मिटर सडकका खाल्डाखुल्डी मर्मत

काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले विगत चार महिनाको अवधिमा २७ हजार ५ सय वर्ग मिटर क्षेत्रफल बराबरका सडकका खाल्डाखुल्डी मर्मत तथा सुधार गरेको छ । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार... ...

रातोपाटी
काठमाडौं चौबिसै घण्टा खुल्ने : सुरक्षा व्यवस्थामा जोड दिन सरोकारवालाको माग
Latest NewsJust now

काठमाडौं चौबिसै घण्टा खुल्ने : सुरक्षा व्यवस्थामा जोड दिन सरोकारवालाको माग

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुल्ला गर्ने विषयलाई अगाडि बढाएको छ । बुधबार एक सूचना जारी गर्दै यस्तो बताएको हो । सङ्घीय राजधानी काठमाडौंलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यले चौबिसै घण्टा ९२४ घण्टा० सञ्चालन गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक तयारी तीव्र पारेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार राजधानीका सबै बजार ...

कर्पोरट खबर
रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दियो
Latest NewsJust now

रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दियो

काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दिएको छ। राष्ट्रियसभा सांसद झाँक्रीको गाडीमा बिहीबार बबरमहलस्थित सडकमा बसले सामान्य ठक्कर दिएको हो। ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play