Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुद: बागमती शीर्षस्थानमा, कर्णाली अझै पदकविहीन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुद: बागमती शीर्षस्थानमा, कर्णाली अझै पदकविहीन
Photo / Coverage: नेपालन्युज

सुर्खेत। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिनसम्म बागमती प्रदेश पदक तालिकाको शीर्षस्थानमा रहेको छ। बागमतीले हालसम्म १७ स्वर्ण, ११ रजत र १२ कांस्य गरी कुल ४० पदक जितेको छ। नेपाली सेनाले सर्वाधिक ४४ पदक जितेको भए पनि स्वर्ण पदकको आधारमा तेस्रो स्थानमा छ। सेनाले १० स्वर्ण, १७ रजत र १७ कांस्य जितेको छ। १२ स्वर्ण, चार रजत र चार कांस्य गरी २० पदक जितेको एनआरएनए तालिकाको दोस्रो स्थानमा छ। नेपाल प्रहरी आठ स्वर्ण, १५ रजत र १७ कांस्यसहित ४० पदकका साथ चौथो स्थानमा छ। कोशी प्रदेशले तीन स्वर्ण जितेको छ भने सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, चार रजत र एक कांस्य गरी सात पदक प्राप्त गरेको छ। एपीएफ क्लबले दुई स्वर्ण जितेर सातौँ स्थानमा रहँदा लुम्बिनी प्रदेशले दुई रजत र दुई कांस्य गरी चार पदक जितेको छ। गण्डकी प्रदेशले एक रजत र दुई कांस्य तथा मधेश प्रदेशले एक कांस्य पदक जितेका छन्। प्रतियोगिताको आयोजक कर्णाली प्रदेश भने चौथो दिनसम्म कुनै पनि पदक जित्न असफल भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राजीनामाको विषयले दिक्क छन् मुख्यमन्त्री कार्की
Latest NewsJust now

राजीनामाको विषयले दिक्क छन् मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामाको विषयले प्रदेशको राजनीति मात्रै गर्माएको छैन, एमाले र नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच पनि छलफल भएको छ... ...

रातोपाटी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ
Latest NewsJust now

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट बंगलादेश हुँदै नेपाल आएका दुई भारतीय नागरिकलाई १६ किलो गाँजासहित... ...

रातोपाटी
ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच जना गम्भीर घाइते
Latest NewsJust now

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच जना गम्भीर घाइते

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार जगन्नाथ गाउँपालिकाको मनीकाँडामा दुर्घटना भएको हो । ...

कान्तिपुर
मुम्बई इन्डियन्सको कप्तानीमा फर्किए रोहित शर्मा
Latest NewsJust now

मुम्बई इन्डियन्सको कप्तानीमा फर्किए रोहित शर्मा

काठमाडौं । भारतीय ब्याट्सम्यान रोहित शर्मा इन्डियन प्रिमियर लिग (आईपीएल) टिम मुम्बई इन्डियन्सको पुन: कप्तान बनेका छन् । फ्रेन्चाइजीले शुक्रबार रोहितलाई पुनः कप्तान नियुक्त गरेको घोषणा गरेको हो । सन् २०२४ को संस्करणअघि रोहितबाट कप्तानी खोसेर हार्दिक पाण्ड्यालाई जिम्मेवारी दिइएको थियो। हार्दिक पञ्जाब किंग्समा गएपछि मुम्बईले रोहितलाई पुनः नेतृत्वको जिम्मेवारी दिएको हो । हार्दिकको सट्टा तीव्र गतिका बलर अर्शदीप सिंह मुम्बईमा ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement