काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अहिलेसम्म २० पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ। प्रतियोगितामा कुल ३२ खेल विधा समावेश भए पनि एनआरएनएले ११ विधामा मात्रै सहभागिता जनाएको छ। सीमित खेल विधामा सहभागिता जनाएर पनि दोस्रो स्थान हासिल गर्नु महत्वपूर्ण उपलब्धि भएको एनआरएनए व्यवस्थापन समिति सदस्य करणबहादुर चन्दले बताएका छन्। प्रतियोगिताको अन्तिम नतिजासम्म एनआरएनएले सहभागी ११ टोलीमध्ये पाँचौँ वा छैटौँ स्थान हासिल गर्न सके पनि त्यो ऐतिहासिक उपलब्धि हुने उनको भनाइ छ। एनआरएनएको उद्देश्य पदक र स्थानमा सीमित नरहेको उल्लेख गर्दै चन्दले विश्वभर रहेका नेपाली खेलाडीको प्रतिभा पहिचान, प्रोत्साहन र राष्ट्रिय खेलकुदमा उनीहरूको योगदानलाई संस्थागत गर्नु पनि रहेको बताएका छन्। उनले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक, सहयोगी तथा शुभेच्छुकलाई बधाई र धन्यवादसमेत दिएका छन्।
दशौँ राष्ट्रिय खेलकुदमा एनआरएनए २० पदकसहित दोस्रो स्थानमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






