काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कांस्यसहित कुल १९ पदक जितेको छ । दोस्रो स्थानमा रहेको एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कांस्य गरी ९ पदक जितेको छ भने नेपाल पुलिस क्लब ३ स्वर्ण, ७ रजत र ८ कांस्यसहित कुल १८ पदक जितेर तेस्रो स्थानमा छ । त्यस्तै, नेपाली सेनाले २ स्वर्ण, ८ रजत र ८ कांस्य गरी १८ पदक जित्दै चौथो स्थान हासिल गरेको छ । सुदूरपश्चिम प्रदेश १ स्वर्ण, २ रजतसहित ३ पदक जितेर पाँचौँ स्थानमा रहँदा कोशी प्रदेशले १ स्वर्ण जित्दै छैटौँ स्थान बनाएको छ । दोस्रो दिनको पदक तालिकामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, गण्डकी, कर्णाली, लुम्बिनी र मधेस प्रदेशले पदक जित्न सकेका छैनन् । The post दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा

Read Complete Original Article
Published originally on कर्पोरट खबर






