Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

विद्युत् चुहावटमा कमी

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्युत् चुहावटमा कमी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आव २०८२/८३ मा विद्युत् चुहावट १२ दशमलव १६ मा झरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आव २०८२÷८३ मा विद्युत् चुहावट १२ दशमलव १६ प्रतिशतमा सीमित रहेको जनाएको छ । आव २०८१/८२ मा भने विद्युत् चुहावट १२ दशमलव २६ प्रतिशत रहेको थियो । सरकारले आव २०८२÷८३ मा विद्युत् चुहावटलाई १२ दशमलव २० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल गरेको मन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आव २०८२/८३ मा विद्युत् चुहावट १२ दशमलव २० प्रतिशतमा झार्ने लक्ष्य राखे पनि सो अवधिमा भने १२ दशमलव १६ प्रतिशतमा झर्न सफल भएको हो । प्राधिकरणका अनुसार चोरी, मर्मतसम्भारको कमजोरी, लोड म्यानमेन्टका कुराले विद्युत् चुहावट हुनेगर्छ । हाल प्राविधिक समस्या आउँदा तत्कालै रेस्पोन्स गरेकाले पनि चुहावट नियन्त्रण हुँदै गएको हो । विद्युत् नेटवर्क स्तरोन्नति, समयमा मर्मतसम्भार र प्राविधिक पक्षको सुधारलाई आक्रामक रुपमा अगाडि बढाइ चुहावट नियन्त्रणलाई तीव्रता दिइएको ऊर्जा मन्त्रालयले जनाएको छ । अन्तरराष्ट्रिय बजारको तथ्याङ्क हेर्दा दक्षिण एसियामा औसतमा १३ दशमलव आठ प्रतिशत चुहावट रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पूर्वमन्त्री सञ्जय साहको मुद्दा छिनोफानो गर्न समर्थकको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र
Latest NewsJust now

पूर्वमन्त्री सञ्जय साहको मुद्दा छिनोफानो गर्न समर्थकको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र

पूर्वमन्त्री सञ्जय साहको मुद्दा लामो समयदेखि टुंगो लाग्न नसकेको भन्दै उनका समर्थकहरूले शिघ्र न्यायिक निरूपणको माग गरेका छन्।  समर्थकहरूले बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउँदै साहको मुद्दा तत्काल छिनोफानो गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। नेपालमा मुद्दाको तीन वर्षभित्र अन्तिम टुंगो लगाउने व्यवस्था रहे पनि साहले १३ वर्षभन्दा बढी समय ... ...

नेपालखबर
मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबिच स्वास्थ्य तथा बैंकिङ सेवामा सहकार्य
Latest NewsJust now

मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबिच स्वास्थ्य तथा बैंकिङ सेवामा सहकार्य

पोखरा । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने समझदारी भएको छ । २०८३ मंसिर ९ गते भएको सम्झौताअनुसार मणिपाल... ...

रातोपाटी
पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन
Latest NewsJust now

पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन

• पूर्वराज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ। • प्रदर्शनकारीहरुले साहलाई न्याय दिन, मुद्दाको फैसला छिटो गर्न, र झुठा मुद्दा खारेज गर्नुपर्ने माग राखेका छन्। • यदि चारवटा माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ। ...

नेपालबहस
युट्युबमा जुवा र ठगीका सामग्री नहटाएको आरोपमा गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा
Latest NewsJust now

युट्युबमा जुवा र ठगीका सामग्री नहटाएको आरोपमा गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

• मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलरको मुद्दा दायर गरेको छ, युट्युबमा जुवा र ठगीका सामग्री हटाउन असफल भएको आरोपमा। • मलेसियाली सञ्चार आयोगले युट्युबमा हजारौँ हानिकारक सामग्रीको उजुरी दिएको र धेरै उजुरीमा कुनै प्रतिक्रिया नपाएको जनाएको छ। • गुगलले मलेसियामा १५ अर्ब अमेरिकी डलरको लगानी गर्ने योजना सार्वजनिक गरेको तीन हप्तापछि मुद्दा दायर भएको हो। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement