सुर्खेत। कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल सञ्चालन भइरहेका बेला ट्रफी र टर्च ¥याली सुरु भएको छ। नेपालका चर्चित खेलाडी सम्मिलित टोलीले कर्णालीका विभिन्न जिल्लामा दशौँ राष्ट्रिय खेलकुदको ट्रफी र टर्चसहित ¥याली गर्ने भएको हो। ¥याली दैलेखको शिरस्थानबाट औपचारिक रूपमा सुरु भएर कालीकोट हुँदै जुम्लासम्म पुग्नेछ। ¥याली टोलीमा कर्णालीका स्थानीय धावक हरिबहादुर रोकाया, १३औँ दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता कराते खेलाडी मन्डेकाजी श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, जुडोकी ओलम्पियन देबु थापा र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ सहभागी छन्। सुर्खेतमा शुक्रबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र सदस्यसचिव रामचरित्र मेहतासहितले ¥याली टोलीलाई बिदाइ गरेका थिए। दैलेखको शिरस्थानबाट सुरु हुने ¥याली कालीकोट हुँदै जुम्ला पुग्नेछ। जुम्लामा चर्चित अल्ट्रा धाविका सुनमाया बुढा पनि टोलीमा सहभागी हुने मन्डेकाजी श्रेष्ठले जानकारी दिए। कालीकोट र जुम्लामा ट्रफी तथा टर्चलाई नगर परिक्रमा गराउने कार्यक्रम रहेको छ। जुम्लाबाट मंसिर १५ गते टोली सुर्खेत फर्किनेछ। सुर्खेत आइपुग्ने टोलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले स्वागत गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिए। यसअघि शुक्रबार नै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा टर्च -याली आयोजना गरिएको थियो। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतस्थित कर्णाली रंगशालामा हुनेछ। प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ। – न्युज एजेन्सी नेपाल
दशौँ राष्ट्रिय खेलकुदको ट्रफी र टर्च जुम्लासम्म पुग्ने

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






