Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुदको काउन्टडाउन सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुदको काउन्टडाउन सुरु
Photo / Coverage: हिमालय टाइम्स

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहँदा प्रतियोगिताको तयारीले तीव्रता पाएको छ । सोमबारदेखि प्रतियोगिताको औपचारिक ३० दिने काउन्टडाउन सुरु भएको हो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुर्खेत पुगेर रंगशाला तथा खेलकुद पूर्वाधारको स्थलगत निरीक्षण गर्दै दशौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि कर्णाली तयार रहेको बताउनुभएको छ । खेलकुद पूर्वाधारको अवलोकनपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले सुर्खेत र समग्र कर्णाली प्रदेश प्रतियोगिता आयोजनाका लागि तयार रहेको बताउनुभएको हो । ‘सुर्खेत तयार छ । कर्णाली तयार छ । आज सुर्खेत पुगेर रंगशाला तथा खेल पूर्वाधारहरूको प्रत्यक्ष अवलोकन गरेपछि दशौँ राष्ट्रिय खेलकुदका लागि कर्णाली तयार रहेकोमा विश्वस्त रहन आग्रह गर्दछु,’ उहाँले लेख्नुभएको छ । निरीक्षणका क्रममा सरोकारवाला पक्षसँग पछिल्लो विकासक्रमबारे छलफल भएको उल्लेख गर्दै उहाँले पूर्वाधार निर्माणको गतिलाई तीव्र बनाउन निरन्तर प्रयास र संवाद भइरहेको बताउनुभयो । खेलकुदका संरचना निर्माण तथा व्यवस्थापनको काम अघि बढिरहेको र देशभर प्रतियोगितालाई लिएर उत्साह देखिएको उहाँको भनाइ छ । ‘अब हामी तयार छौँ । हाम्रा रंगशाला र संरचनाहरू तयार हुँदैछन् । देशैभरका प्रदेश, जिल्ला र स्थानीय तहहरूमा उत्तिकै उत्साह र तत्परता छ । आजबाट ३० दिनको काउन्टडाउन सुरु भएको छ’, मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ । लामो समयदेखि स्थगित हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगितालाई यसपटक कर्णालीको भूगोलले नयाँ उचाइ दिने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ । पाँचौँपटक मिति तय गरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी २०८३ मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको छ । यसअघि २०७९ सालमा गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएपछि दशौँ संस्करण २०८१ साल मंसिरमा कर्णालीमा आयोजना गर्ने घोषणा गरिएको थियो । तर, विभिन्न कारणले पूर्वनिर्धारित समयमा प्रतियोगिता हुन सकेन । पटक-पटक मिति सर्दै आएपछि खेलाडी, खेलकुद संघ तथा सरोकारवालामा अन्योल सिर्जना भएको थियो । पछिल्लो समय भने प्रतियोगिताका लागि खेलाडी छनोट, खेलस्थल व्यवस्थापन, पूर्वाधार निर्माण तथा समग्र आयोजना व्यवस्थापनका कामले गति लिएका छन् । प्रतियोगिता नजिकिँदै गर्दा आयोजक तथा सरोकारवाला निकायमाथि निर्धारित समयमै आवश्यक तयारी पूरा गरी सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्नुपर्ने चुनौती थपिएको छ । कर्णालीको खेलकुद गौरव बन्दै प्रदेश रंगशालाकर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रंगशाला कर्णालीको खेलकुद गौरव र पहिचानको नयाँ आधारका रूपमा स्थापित हुन थालेको छ । आधुनिक खेल पूर्वाधारसहित निर्माण गरिएको यस रंगशालाले कर्णालीलाई राष्ट्रिय खेलकुदको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश रंगशालाले कर्णालीको खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार रंगशालाको निर्माणले प्रदेशमा खेलकुदका गतिविधि विस्तार हुनुका साथै राष्ट्रियस्तरमा कर्णालीको पहिचान स्थापित गर्न सहयोग पुग्नेछ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा रहेको प्रदेश रंगशालामा करिब १० हजार दर्शक अट्ने क्षमता छ । प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिएको रंगशालामा फुटबल मैदान, एथलेटिक्स ट्र्याक, पौडी पोखरी र कभर्डहललगायत आधुनिक खेल पूर्वाधार तयार गरिएका छन् । रंगशालामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटबल मैदान र आठ लेनको एथलेटिक्स र्ट्याक निर्माण गरिएको छ । खेलाडी, रेफ्री, सञ्चारकर्मी तथा स्वास्थ्य सेवाका लागि आवश्यक कक्षसमेत व्यवस्था गरिएको छ । पौडी पोखरी र बहुउद्देश्यीय कभर्डहलले यसलाई विभिन्न खेलका प्रतियोगिता तथा प्रशिक्षण सञ्चालन गर्न सकिने बहुउपयोगी खेल परिसरका रूपमा विकास गरेको छ । करिब एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो रंगशालालाई कर्णालीको खेलकुद पूर्वाधार विकासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यसले फुटबल र एथलेटिक्ससँगै पौडी, भलिबल, बास्केटबल, ह्याण्डबललगायत खेलको अभ्यास तथा प्रतियोगिता सञ्चालनका लागिसमेत आधार तयार गरेको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन तथा समापन समारोह यही रंगशालामा आयोजना गर्ने तयारी गरिएको छ । प्रतियोगिताको तयारीसँगै रंगशालाले राष्ट्रियस्तरमा चर्चा पाउन थालेको छ । सोमबार रंगशालाबाटै दशौँ राष्ट्रिय खेलकुदको ३० दिने काउन्टडाउनसमेत सुरु गरिएको थियो । प्रदेश रंगशालाको निर्माणले कर्णालीका खेलाडीलाई आफ्नै प्रदेशमा आधुनिक खेल पूर्वाधार प्राप्त गर्ने अवसर सिर्जना गरेको छ । यसअघि व्यवस्थित खेलमैदान र प्रशिक्षण पूर्वाधारको अभाव झेल्दै आएका खेलाडीले अब नियमित अभ्यास र प्रतिस्पर्धाका लागि थप अवसर पाउने अपेक्षा गरिएको छ । आफ्नै प्रदेशमा स्तरीय पूर्वाधार उपलब्ध हुँदा खेलाडीको क्षमता अभिवृद्धि र नयाँ प्रतिभा पहिचानमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । रंगशालाले खेलकुदसँगै आर्थिक तथा पर्यटन गतिविधि विस्तारमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुँदा देशका विभिन्न प्रदेशबाट खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र दर्शक सुर्खेत आउनेछन् । यसबाट होटल, यातायात, व्यापार तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढ्ने व्यवसायीहरूको अपेक्षा छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनाले भरिपूर्ण कर्णालीमा आधुनिक खेल पूर्वाधार निर्माण हुनुले खेल पर्यटनको विकासका लागि समेत नयाँ अवसर सिर्जना गरेको छ । राष्ट्रिय प्रतियोगितालाई प्रदेशका पर्यटकीय गन्तव्यसँग जोड्न सके खेलकुदका माध्यमबाट कर्णालीको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्न सक्ने देखिन्छ । यद्यपि, प्रदेश रंगशालाको वास्तविक उपलब्धि प्रतियोगिता सम्पन्न भएपछि यसको उपयोग र सञ्चालनबाट मापन हुनेछ । यसलाई नियमित खेल प्रशिक्षण, राष्ट्रिय प्रतियोगिता तथा दक्ष खेलाडी उत्पादनको केन्द्रका रूपमा सञ्चालन गर्न सकेमात्र यसको दीर्घकालीन प्रतिफल प्राप्त हुने सामाजिक विकासमन्त्री जितबहादुर मल्लले बताउनुभयो । दशौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि प्रतियोगिता आयोजना गर्ने अवसरमात्र होइन, आफ्नो क्षमता, पूर्वाधार र सम्भावना राष्ट्रियस्तरमा चिनाउने महत्त्वपूर्ण अवसर पनि हो । प्रदेश रंगशाला यही सम्भावनाको प्रतीक बनेको छ । अब यसको प्रभावकारी सञ्चालन, संरक्षण र नियमित उपयोगमार्फत् कर्णालीलाई खेलकुदको स्थापित केन्द्र बनाउने चुनौती प्रदेश सरकारसामु छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कृषिमा स्नातक गरेका युवाको रोजाइमा पुष्पखेती
Latest NewsJust now

कृषिमा स्नातक गरेका युवाको रोजाइमा पुष्पखेती

बाँकेको नेपालगन्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रूपमा खेती गरेर आर्थिक उपार्जन गरेका छन् । स्थानीय बेदराज आर्चाय, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सानो लगानी गरेर ठुलो प्रतिफल प्राप्त हुने विश्वास राखेका छन्। ‘फिट फार्म&r... ...

नेपालखबर
भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै
Latest NewsJust now

भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज (बुधबार) काठमाडौं आउँदै हुनुहुन्छ । प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेको बेला भारतीय विदेश सचिव मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउन लाग्नुभएको हो । नेपाल र भारतले भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणको सोमबार संयुक्त रूपमा घोषणा गरेका थिए । दुई देशबीचको लामो ...

हिमालय टाइम्स
पार गर्न छिटो, टोल तिर्न सास्ती
Latest NewsJust now

पार गर्न छिटो, टोल तिर्न सास्ती

काठमाडौँ, कात्तिक १८ गते । सडक उपयोग दस्तुर सङ्कलनका लागि ‘रेडियो आवृत्ति पहिचान’ (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन, आरएफआइडी) प्रविधि कार्यान्वयनमा आउन नसकेपछि मुलुककै पहिलो अत्... ...

गोरखापत्र
दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस
Latest NewsJust now

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

काठमाडौं । सरकारले प्रेस काउन्सिल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेशसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । यसैगरी, सरकारले एसियाली विकास बैंक (एडिबी) बाट सडक सुधारका लागि २८५ मिलियन अमेरिकी डलर ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play