Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

दशौँ खेलकुदको महिला क्रिकेटमा तीन टोली सेमिफाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ खेलकुदको महिला क्रिकेटमा तीन टोली सेमिफाइनलमा
Photo / Coverage: लुम्बिनी सञ्चार

सुर्खेत। कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन्। शुक्रबार भएको खेलमा आर्मीले सहआयोजक कर्णाली प्रदेशलाई ९७ रनले तथा एपिएफले मधेस प्रदेशलाई ८० रनले पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम चारमा स्थान बनाए। यसअघि नै समूह ‘सी’ बाट बागमती प्रदेश सेमिफाइनलमा पुगिसकेको छ। प्रतियोगितामा तीन समूहका विजेता र उत्कृष्ट एक उपविजेता सेमिफाइनलमा पुग्ने प्रावधान छ। तीनै समूहका उपविजेताको अंक समान भए नेट रनरेटका आधारमा उत्कृष्ट एक उपविजेता छनोट हुनेछ। समूह ‘ए’ को खेलमा आर्मीले दिएको १३९ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १३.१ ओभरमा ४१ रनमै अलआउट भयो। आर्मीकी मनीषा उपाध्यायले चार तथा यमुना थारुले तीन विकेट लिइन्। कविता कुँवरले दुई र लक्ष्मी साउदीले एक विकेट हात पारिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले चार विकेट गुमाएर १३८ रन बनाएको थियो। सम्झना खड्काले ६२ र यशोदा विष्टले ३३ रन बनाइन्। समूह ‘बी’ मा एपिएफले दिएको १४४ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा सात विकेट गुमाएर ६३ रन मात्रै बनाउन सक्यो। एपिएफका सुमन विष्ट र राजमती ऐरीले दुई–दुई विकेट लिए। यसअघि एपिएफले २० ओभरमा ६ विकेट गुमाएर १४३ रन बनाएको थियो। इन्दु बर्माले ५६ र रोमा थापाले अविजित ४४ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए। अब उत्कृष्ट उपविजेता टोलीको टुंगो लाग्न समूह ‘सी’ को अन्तिम खेल कुर्नुपर्नेछ। उक्त समूहको अन्तिम खेलमा मंगलबार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। हाल समूह ‘ए’ मा कोशी प्रदेश र समूह ‘बी’ मा मधेस प्रदेशले समान दुई अंक जोडेकाले उत्कृष्ट उपविजेताका रूपमा सेमिफाइनल पुग्ने सम्भावना कायमै छ। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सात प्रश्नोत्तरमा बुझ्नुहोस् दुई मन्त्री तानिएको मलेसिया ठगी प्रकरण
Latest NewsJust now

सात प्रश्नोत्तरमा बुझ्नुहोस् दुई मन्त्री तानिएको मलेसिया ठगी प्रकरण

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिक लगाइएको अतिरिक्त शुल्कभार र रकम विदेश पठाइएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्व मन्त्रीसहित उच्चपदस्थ व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ । यो प्रकरणले... ...

रातोपाटी
विद्युत् खपत बढाउन वितरण केन्द्र प्रमुखलाई ऊर्जामन्त्रीको निर्देशन
Latest NewsJust now

विद्युत् खपत बढाउन वितरण केन्द्र प्रमुखलाई ऊर्जामन्त्रीको निर्देशन

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि गर्न र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्न वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने बताए । उपभोक्ताले गुणस्तरीय, […] ...

लोकपथ
भोटेकोशी बाढी र विपत्तिमा ज्यान गुमाएकाको स्मृतिमा त्रिवेणीमा पितृमुक्ति महायज्ञ हुने
Latest NewsJust now

भोटेकोशी बाढी र विपत्तिमा ज्यान गुमाएकाको स्मृतिमा त्रिवेणीमा पितृमुक्ति महायज्ञ हुने

अष्टाचल धनधान्याञ्चल विराट महायज्ञअन्तर्गत मंसिर २० गतेदेखि तीन दिनसम्म पितृमुक्ति महायज्ञ गर्न लागिएको हो। ...

हाम्राकुरा
हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छ : महावीर पुन
Latest NewsJust now

हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छ : महावीर पुन

हेटौँडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पुराना मेसिनको स्तरोन्नति, मर्मत र स्वचालनमार्फत बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन अघि बढाउने बताएका छन् । शुक्रबार उद्योगको अवलोकन गर्दै मन्त्री पुनले त्यहाँ रहेका पुराना मेसिन तथा उपकरणको प्राविधिक अवस्था अध्ययन गरेर आवश्यक सुधार गर्न सकिने बताए । उनका अनुसार पुराना मेसिन अझै काम गर्न सक्ने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement