दशैंको मुखमा बेनी-दरबाङ सडक ठप्प, वर्षौंदेखि सास्ती खेप्दै पश्चिम म्याग्दीवासी

म्याग्दी । पश्चिम म्याग्दीका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने प्रमुख सडक बेनी-दरबाङ सडकखण्डको फापरखेतमा सुख्खा पहिरो खस्दा शनिबारदेखि यातायात अवरुद्ध भएको छ । दशैं नजिकिँदै गर्दा सडक बन्द भएपछि यात्रु तथा स्थानीयवासी थप सास्तीमा परेका छन् । बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा निरन्तर पहिरो खसिरहेको छ । पहिरो नरोकिएकाले तत्काल सडक मर्मत गरी यातायात सञ्चालन गर्न सकिने अवस्था छैन । सडक आसपास पैदल हिँड्नसमेत जोखिम भएपछि स्थानीय प्रशासनले आवतजावत बन्द गराएको छ । सडक अवरुद्ध भएपछि पश्चिम म्याग्दी जाने सवारीसाधनले तातोपानी हुँदै बरंजाको वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् । सर्वसाधारणले भने पखेर हुँदै पुरानो झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरेका छन् । तर, पहिरोको जोखिमका कारण सडकको नियमित आवागमन सहज हुन नसककेको स्थानीयले बताएका छन् । तातोपानीका युवा सुदिप खत्रीका अनुसार पहिरो निरन्तर खसिरहेकाले तत्काल मर्मतको काम अघि बढाउन जोखिम छ । वैकल्पिक मार्गबारे यात्रुलाई जानकारी गराउने गरिएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सार्वजनिक सूचना जारी गर्दै पहिरोका कारण सडक तथा आसपासको क्षेत्र जोखिमपूर्ण रहेकाले आवतजावत नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पहिरो खस्न रोकिएपछि सडक मर्मत गरी यातायात सञ्चालन गरिने बताउनुभएको छ । फापरखेतको पहिरो पश्चिम म्याग्दीका बासिन्दाका लागि नयाँ समस्या होइन । बेनी-दरबाङ सडकको मार्ग खोल्नुअघि नै रहेको पहिरो नियन्त्रणमा हालसम्म करोडौँ रुपैयाँ खर्च भइसकेको छ । तर, समस्या दोहोरिने क्रम रोकिएको छैन । वर्षायाममा सडक अवरुद्ध हुने समस्या झेल्दै आएका स्थानीयले हिउँदमा समेत सुख्खा पहिरोका कारण सास्ती बेहोर्नुपरेको छ । पहिरोको दीर्घकालीन समाधानका लागि पक्की पुल निर्माण गर्ने योजना अघि सारिए पनि प्रक्रिया सुस्त हुँदा त्यसले मूर्तरूप लिन सकेको छैन । संघीय तथा प्रदेश सरकारका मन्त्रीसहितको टोलीले स्थलगत अनुगमन गरे पनि निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । बेनी-दरबाङ सडक मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकामसँग जोड्ने महत्त्वपूर्ण मार्ग हो । यही सडक अवरुद्ध हुँदा स्थानीयको दैनिक आवागमनदेखि अत्यावश्यक सेवा तथा आर्थिक गतिविधिसम्म प्रभावित हुने जोखिम रहन्छ । दशैंको मुखमा फेरि सडक बन्द भएपछि फापरखेतको पहिरोले तत्कालीन आवागमन मात्र होइन, यसको दीर्घकालीन समाधानमाथि पनि प्रश्न उठाएको छ । वर्षौंदेखि करोडौँ खर्च हुँदा पनि नियन्त्रणमा आउन नसकेको पहिरोको स्थायी समाधान कहिले हुन्छ भन्ने प्रश्नको जवाफ भने अझै अनिश्चित छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
![आरुघाटमा द्रुत गतिमा बेलिब्रिज निर्माण [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/aarughat-belibridge-83-7-1%20(8).jpg)
आरुघाटमा द्रुत गतिमा बेलिब्रिज निर्माण [तस्बिरहरू]
बूढीगण्डकी नदीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल क्षतिग्रस्त बनाएपछि त्यहाँ बेलिब्रिज निर्माणको काम तीव्र ...

ट्रम्पको नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शनबाट मतदानमा जोड
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो किंग्स’ प्रदर्शनमा आयोजकहरूले आगामी मध्यावधि निर्वाचनमा मतदान गर्न नागरिकलाई प्रेरित गरेका छन् । नोभेम्बर ३ मा हुने निर्वाचनअघि मतदाता दर्ता... ...

५ लाखले छोडे काठमाण्डु (फाेटाेफिचर)
काठमाण्डु– बडादसैँ मनाउन काठमाण्डु उपत्यका छाड्ने यात्रुको सङ्ख्या ५ लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत ४ लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको सङ्ख्या घटेको […] ...

उपत्यकाबाट पाँच लाख यात्री दसैं मनाउन घर फर्किए
काठमाडौँ, कात्तिक १ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि कात्तिक १ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२... ...


