दशैँमा न्युरोड र पाटनका व्यवसायी निराश, आधा घट्यो व्यापार

काठमाडौं । यस वर्षको बडादशैँमा फेन्सी, कपडा तथा सुनचाँदीको कारोबार अपेक्षाअनुसार हुन नसकेको व्यवसायीहरूले गुनासो गरेका छन्। काठमाडौंको न्युरोड र ललितपुरको पाटन क्षेत्रका व्यवसायीहरूका अनुसार विगतका वर्षमा दशैँका बेला किनमेल गर्ने ग्राहकको बाक्लो भीड लाग्ने गरे पनि यस वर्ष बजारमा चहलपहल र व्यापार दुवै घटेको छ। व्यवसायीहरूले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट सिर्जित विपद्, सर्वसाधारणको आर्थिक अवस्थामाथि परेको प्रभाव र सामानको मूल्यवृद्धिलाई व्यापार घट्नुका प्रमुख कारणका रूपमा लिएका छन्। दशैँलाई लक्षित गरेर लाखौँ रुपैयाँको सामान मौज्दात राखे पनि अपेक्षित बिक्री हुन नसकेको उनीहरूको भनाइ छ। कपडा व्यवसायी प्रमिला श्रेष्ठले यस वर्ष दशैँका लागि चारदेखि पाँच लाख रुपैयाँ बराबरको सामान बिक्रीका लागि राखे पनि सोचेजस्तो व्यापार नभएको बताउनुभयो। विपद्का कारण धेरै नागरिक पीडामा रहेकाले बजारमा किनमेलको उत्साह कम भएको उहाँको बुझाइ छ। “यो पालिको दशैँमा खासै राम्रो व्यापार भएन। चार–पाँच लाखको सामान निकालेकी थिएँ, तर सोचेजस्तो भएन। अहिले नागरिक सबै पीडामा भएकाले पनि यस पटक अपेक्षित व्यापार हुन सकेन,” उहाँले भन्नुभयो। कपडा व्यवसायी प्रचण्डराज जोशीले पनि अघिल्ला वर्षको तुलनामा यस पटक व्यापार निकै खस्किएको बताउनुभयो। विगतमा लाखौँ रुपैयाँ आम्दानी हुने गरे पनि यस वर्ष लगानीसमेत उठाउन नसकेको उहाँको गुनासो छ। “अहिले व्यापार व्यवसाय पहिलेको भन्दा धेरै नै खस्किएको छ। विशेषगरी रसुवामा बाढी आएपछि व्यापार नराम्रोसँग प्रभावित भयो। यो पटक दशैँ घाटामै गयो,” उहाँले भन्नुभयो। अर्का कपडा व्यवसायी राम नेपालीले पनि यस वर्ष दशैँमा अघिल्लो वर्षको तुलनामा करिब आधा कम व्यापार भएको बताउनुभयो। विपद्जन्य घटनाका कारण नागरिकमा दशैँको उल्लास कम हुनु र सामानको मूल्य बढ्नुले कारोबार प्रभावित भएको उहाँको अनुभव छ। “सधैँको दशैँमा एकदमै राम्रो व्यापार हुन्थ्यो। अहिले त एकदम कम भयो। पछिल्लो समय विभिन्न नदीमा आएको बाढी र सामान पनि महँगिएको कारण सोचेजस्तो व्यापार हुन सकेन। पोहोर सालभन्दा झन्डै आधा कम व्यापार भयो,” उहाँले भन्नुभयो। सुनचाँदी व्यवसायी जेनी शाक्यले पनि दशैँमा सुनचाँदीका गरगहनाको कारोबार अपेक्षाअनुसार हुन नसकेको बताउनुभयो। बाढीबाट प्रभावित धेरै नागरिकले यस वर्ष दशैँसमेत उल्लासपूर्वक मनाउन नपाएकाले बजारका विभिन्न क्षेत्रमा व्यापार घटेको उहाँको बुझाइ छ। “यो पटकको दशैँमा सुनचाँदीका गरगहनाको सोचेजस्तो व्यापार भएन। धेरै मानिस पीडामा परेको र धेरैले दशैँ नै नमनाएको कारण पनि व्यापार खस्किएको हुन सक्छ। अन्य व्यवसायको तुलनामा सुनको व्यापार अलि कम हुने भए पनि यस पटक कुनै पनि सामानको व्यापार सोचेजस्तो भएन,” उहाँले भन्नुभयो। दशैँलाई लक्षित गरेर व्यवसायीहरूले सामानको मौज्दात र बिक्रीको तयारी गरे पनि बजारमा माग अपेक्षाअनुसार नबढ्दा कारोबार प्रभावित भएको छ। विगतमा दशैँको समयमा राम्रो आम्दानी गर्ने व्यवसायीहरू यस वर्ष भने व्यापार घटेपछि निराश बनेका छन्।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

अमेरिकी ड्रोन खसालेको इरानी सेनाको दाबी
काठमाडौँ । इरानी सेनाले आफ्नो दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा एउटा अमेरिकी ंलुकास’ ड्रोन खसालेको दाबी गरेको छ । इरानको सरकारी समाचार संस्था ‘आईआरएनए ’ का अनुसार, इरानी एयर डिफेन्स प्रणालीअन्तर्गत... ...
.jpg)
अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु
शिवशंङ्कर मिश्रा बारा, कात्तिक ८ गते । बाराको कोल्हवी नगरपालिका-२ निकास टोलमा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।आइतबार दिउँसो करिब ३ः२५ बजे... ...

पाकिस्तानका उपेक्षित विद्यालय: जीर्ण कक्षाकोठाले विद्यार्थीको जीवन नै जोखिममा
विद्यालयहरू: जब कक्षा कोठाहरू मृत्युको पासो बन्छन् ...

बेनिघाट-तातोपानी सडकखण्ड सञ्चालनमा
काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको जानकारी दिएका छन्। आइतबार मन्त्री लम्सालले सो सडकखण्ड पुनः सञ्चालनमा आएको बताएका हुन्। खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम सुरु गरिएको थियो। बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सकिएको छ। ...


