Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैँतिहारको बिदामा बालबालिकालाई कसरी भुलाउने

दशैँतिहारको बिदामा बालबालिकालाई कसरी भुलाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैँतिहारको बिदामा बालबालिकालाई कसरी भुलाउने

Reuters दशैँतिहारका बेला लामो समय विद्यालय बिदा हुने कारणले बालबालिकालाई कसरी विभिन्न क्रियाकलापमा भुलाउने र उनीहरूको 'स्क्रीन टाइम' घटाउने भन्ने चिन्ताले सताउने गरेको अभिभावकहरू बताउँछन्।टेलिभिजन, मोबाइल फोन वा कुनै पनि ग्याजेटमा व्यस्त रहन खोज्ने भएका कारण उनीहरूको समय व्यवस्थापनलाई लिएर चिन्ता हुने गरेको उनीहरूले बताएका हुन्।त्यस्तै मध्येकी एक हुन् विमला प्रजापति। छोरीले बिदाका बेला धेरै टेलिभिजन हेर्ने गरेका कारण आफूलाई छोरीको समय कसरी बिताउने भन्ने कुराले सताउने गरेको उनी सुनाउँछिन्।"दशैँ आउन लाग्यो अब छोरीलाई लामो बिदामा दिनभरि के गरेर राख्ने भन्ने चिन्ता पर्न थालिसक्यो," प्रजापतिले भनिन्।"बिदाको दिन छोरी अलि ढिला उठ्छिन्, पूजाहरूमा इन्गेज गराउन खोज्छु। त्यसबाहेकको समय चाहिँ उनलाई के गर्न लगाउने भन्ने हुन्छ।" चाडबाडमा बालबालिकाको सिकाईचाडबाडका बेला बिदा बस्न नपाई काम गर्नेहरूको दशैँ कस्तो? दशैँ बिदामा गृहकार्य पनि विद्यालयहरूले खासै नदिने र उनीहरूलाई पढ्न पनि कर नगर्ने गरेकाले समय कसरी बिताइदिने होला भन्ने चिन्तामा आफू रहने गरेको उनले बताइन्। विमला प्रजापतिजस्ता थुप्रै अभिभावकले बालबालिकाको समय कसरी सिर्जनात्मक बनाउने भन्ने जिज्ञाशा राख्ने गरेको बालबालिका तथा किशोरीकिशोरीलाई मनोसामाजिक परामर्श दिने मनोविद् पुष्पा अधिकारी बताउँछिन्।"म आफू आमा पनि भएको कारणले अभिभावकको त्यस्तो चिन्ता महसुस गर्न सक्छु," उनले भनिन्।"चाडबाडका बेला बालबालिकालाई कसरी विभिन्न क्रियाकलाप सिकाउने भन्ने उपायहरू धेरै छन्।"चाडबाडका बेला मात्रै नभई अरू बेला पनि अभिभावकलाई बालबालिकाको मोबाइलको स्क्रीन कसरी कम गराउने भन्ने चिन्ता परिरहन्छ। चङ्गा 'लडाउने'? मौसम/डोरी/लट्टाईमा कसको कस्तो शक्ति'दशैँमा म्युजिक टुरभन्दा चङ्गा नै उडाउँछु' खाना खाँदा होस् वा घरमा बसेको बेला बालबालिका मोबाइल वा ग्याजेटमात्रै धेरै हेर्छन् भन्ने गुनासो पछिल्ला वर्षहरूमा अभिभावकको हुने गरेको देखिन्छ।त्यसका लागि अभिभावकले पनि मोबाइलको कम प्रयोग गर्दामात्रै बालबालिकालाई बुझाउन सकिने मनोविद् अधिकारी बताउँछिन्।"आमाबुवाले मोबाइल चलाइरहेको देख्यो भने बालबालिकालाई तिमीले चलाउन हुँदैन भनेर मान्दैनन्। उनीहरूलाई मोबाइलको प्रयोग कम गराउन दशैँ तिहारका बेला आफ्नो संस्कृति सिकाउने, भान्सामा सँगै विभिन्न परिकार पकाउने र सरसफाइमा सँगै सहभागी गराउने गर्नुपर्छ," मनोविद् अधिकारीले भनिन्।"यसो गर्दा उनीहरूले जिम्मेवारी पनि सँगै सिक्छन्। त्यसबाहेक चङ्गा कसरी बनाइन्छ, वा माटोबाट दियो कसरी बन्छ, दशैँतिहारमा परिकारहरू पकाउन के के सामानहरू चाहिन्छ भनेर किनमेल गर्न लैजाने गर्न सकिन्छ।"आमाबुवाले सँगै काम गर्‍यो भने समाजमा "आमाले यो गर्नुहुन्छ र बुवाले यो गर्नुहुन्छ" भन्ने कामको विभाजन पनि नहुने र त्यसले बालबालिकाको मनस्थितिमा पनि राम्रो प्रभाव पर्ने उनी ठान्छिन्।"आमाले मात्रै भान्साको काम गर्ने होइन र उहाँले गर्ने काम उत्तिकै महत्त्वपूर्ण हो भन्ने बालबालिकालाई सिकाउन पनि यो राम्रो हुन्छ," उनले भनिन्।"कति अभिभावकले तिमीले हात काट्छौ, फोहोर हुन्छ भनेर दिनुहुँदैन। तर उनीहरूलाई सुरक्षित राखेर सबै सिकाउनुपर्छ। ३/४ वर्षदेखि नै उनीहरूले जिम्मेवारी के हो सिक्छ थाल्छन् भनिन्छ।"त्यसबाहेक प्रकृति नजिक पुग्ने गर्दा त्यसले बालबालिकालाई 'हिलिङ' को काम पनि गर्ने उनी बताउँछिन्।बालबालिकालाई सहज हुने ठाउँमा हाइकिङ लैजाँदा उनीहरूलाई भुलाउन सजिलो हुने र उनीहरूले ताजा महसुस गर्ने उनी ठान्छिन्।"हाइकिङ जाँदा प्रकृतिसँग नजिक हुने भएकोले यसले तपाईँलाई शारीरिक र मानसिक दुवै रूपमा मद्दत गर्छ। यसले माइन्डफुल हुन पनि मद्दत गर्छ," उनले भनिन्।"बाहिर जान नमिलेको बेला घरभित्रै लुडो, चेस, उनोजस्ता खेलहरू खेलेर मोबाइलको स्क्रीन कम गर्न सकिन्छ।" तीन पात्रको सम्झनामा ८० वर्षअगाडिको दशैँ माटोमा काम गर्दा केही सातामै तपाईँको स्वास्थ्यमा सुधार आउन सक्छ बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

दसैँमा ओइरिने प्रश्न: बिहे कहिले ?
ताजा खबरJust now

दसैँमा ओइरिने प्रश्न: बिहे कहिले ?

साँच्चै भन्ने हो भने मलाई आजकल चाडबाड नआइदिए जस्तो हुन्छ । आइदिए पनि आफ्नै घरको चार किल्लाभित्र मात्रै अटाइदिए हुन्थ्यो जस्तो लाग्छ । यो इष्टमित्र आफन्तकोसम्म पुग्नुपर्ने लेठोले मलाई सारै... ...

रातोपाटी
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै
ताजा खबरJust now

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज । हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार गर्ने भएको छ । पहिलो चरणमा त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मितेरी पुलदेखि गण्डक चोकसम्मको आठ किलोमिटर सडक विस्तारका गर्न उक्त कार्यालयले बोलपत्र आह्वान गरेको छ । मितेरी पुलदेखि घण्टाघरसम्म र त्यहाँबाट गण्डक चोकसम्मको बाटो स्तरोन्नतिका निम्ति बोलपत्र आह्वान भएको हो । उक्त कार्यालयका इन्जिनियर दुर्गा प्रसादका अनुसार इदगाह चोकदेखि पावर हाउससम्म चार लेन ...

केन्द्रबिन्दु
क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
ताजा खबरJust now

क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको सिरिज अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दैछ । ओमानको अल अमेरात स्टेडियममा हुने यो खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । विश्वकप लिग–२ को शिर्ष चारमा परेर विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा सिधै छनौट हुने सम्भावना सकिए पछि नेपाल अहिले एकदिवसीय मान्यता ...

कर्पोरट खबर
मौलिकता खोज्दै हिँडेको दसैँ
ताजा खबरJust now

मौलिकता खोज्दै हिँडेको दसैँ

समय बदलियो, समाज बदलियो, तर सम्झनामा बसेको दसैँ अझै उस्तै छ । पहिलेको जस्तो मौलिकता बोकेको दसैँ आज कहाँ छ र ? दसैँ आउनु भनेको केवल पात्रोमा रातो अक्षरले लेखिएका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play