Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैँको टीका साइत पारेरै लगाउनु पर्छ?

दशैँको टीका साइत पारेरै लगाउनु पर्छ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैँको टीका साइत पारेरै लगाउनु पर्छ?

Getty Images नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अघिल्ला वर्षहरूमा जस्तै यस पटक पनि बडा दशैसँग सम्बन्धित साइतहरू सार्वजनिक गरेको छ।समितिले असोज २० गते सार्वजनिक गरेको निर्णयमा घटस्थापनादेखि विजया दशमीसम्मको उत्तम समय उल्लेख छ।अन्य दिनभन्दा टीका लगाइने विजया दशमीको दिनको साइतबारे धेरैको चासो पाइन्छ।त्यस दिन घरघरमा सकेसम्म निर्धारित समयमै टीका लगाउने चलन छ।"खास गरेर राष्ट्र र राष्ट्रप्रमुखलाई बिचार गरेर साइतको निर्धारण गरिन्छ, शुभ समयमा देउताहरूको त्यहाँ बास हुन्छ," समितिका पूर्व सदस्य तथा वाल्मीकि क्याम्पस धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डा. देवमणि भट्टराई भन्छन्, "साइतमा कर्म गर्दा धेरै र असल फल प्राप्त हुन्छ।"समितिले यस वर्ष कार्तिक ४ गते आइतवार पर्ने विजया दशमीमा देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको जनाएको छ। गाउँभरिको टीका-जमरा मिश्रण, मन्दिरमा टीकादशैँमा खुर्सानी दलेको खसी टोकेर मार्ने कर्णालीको अनौठो चलन टीका लगाउने साइत भने १० बजेर २६ मिनेटमा उत्तम रहेको समितिले उल्लेख गरेको छ।टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्किन पनि सुझाइएको छ। जानकारहरूका अनुसार चन्द्रमाको दिशा अनुसार त्यसको निर्धारण गरिन्छ।दशैँको टीका कहिलेसम्म उत्तम? BBC नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक डा. पुरुषोत्तम भट्टराईले जारी गरेको सूचनामा भनेका छन्, "सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता पर्दैन।"यस वर्ष कार्तिक ८ गते आइतवार कोजाग्रत पूर्णिमा छ। त्यस दिनसम्म पनि दशैँको टीका लगाउने प्रचलन छ।वाल्मीकि क्याम्पस इतिहास पुराण विभाग प्रमुख प्राध्यापक डा. प्रियम्बदा काफ्लेका अनुसार विगतमा राजा-महाराजाहरूले साइतमा टीका लगाएर विजय यात्रा सुरु गर्ने परम्परामा आधारित भएर शुभ साइतको चलन चलेको हो। नयाँ नोटहरू तपाईँको हातसम्म यसरी आइपुग्छन्चाडपर्व लक्षित विशेष सुरक्षा योजना देशैभरि, विगतभन्दा फरक के छ "अमृत बेला चयन गर्ने चलन हो, तर पूर्वाह्नमा पहिलो टीका सदैव शुभ हुन्छ," उनी भन्छिन्, "विजया दशमीको दिन साइत हेरिरहनु पर्दैन भन्ने पक्ष पनि छ।"विगत केही वर्षदेखि विकास समितिले नेपालमा मात्रै नभई विश्वभरिका नेपालीहरूका निम्ति विभिन्न देशमा टीका लगाउने साइत हेर्ने गरेको छ।जानकारहरूका अनुसार देशको अक्षांश, देशान्तर, सूर्योदयको समय र तिथि अनुरूप साइत निर्धारण हुन्छ। Getty Images दशमीमा देवी विसर्जनपछि साइत हेरेर थालिने टीका लगाउने क्रम दिनभरि जसो चल्ने गरेको पाइन्छ।धर्मशास्त्रविद् प्राध्यापक डा. देवमणि भट्टराईका भनाइमा सकेसम्म सबै मान्यजनको हातबाट टीका लगाएर आशीर्वाद लिने चलनले गर्दा अखिलबलिपूर्ति अर्थात् कोजाग्रत पूर्णिमासम्म टीका लगाइन्छ। दशैँ: खानेहरूले कस्तो मासु खाने र कति मासु स्वास्थ्यका लागि उपयुक्तधेरैजसो 'दशैँका सामान रसुवामा बगे', बचेका 'कोरलामा अड्किए' "अखिलबलिपूर्तिको तात्पर्य दशैका सम्पूर्ण कर्महरू त्यस दिनसम्म चलाउनु पर्छ भन्ने हो, त्यसैले पूर्णिमासम्म टीका लगाउने चलन हो," उनी भन्छन्, "पहिले मानिसहरू सीमित ठाउँमा रहने भएकाले रात साँझ गरेर एकै दिन भ्याइन्थ्यो, अहिले देश विदेशमा फैलिएका हुन्छन्, र पहुँच पनि सहज भएकाले सकेसम्म सबै मान्यजनबाट आशीर्वाद लिने प्रचलन बढ्दो छ।"तर देशका विभिन्न भाग र परिवारमा विजया दशमीको दिन मात्र टीका लगाउने चलन पनि छ।संस्कृतिविद् प्राध्यापक काफ्लेका अनुसार स्थानअनुसार जाति र क्षेत्र अनुसार फरक फरक चलन पाइन्छ।दक्षिणा नदिए आशीर्वादको 'फल' पाइन्न? Getty Images दशैँमा टीकासँगै दक्षिणाको रूपमा रकम दिने लिने गरिन्छ।संस्कृतिविद् प्राध्यापक काफ्लेका अनुसार धार्मिक कार्यक्रमहरू पनि दक्षिणा दिएर, त्यस्तो सामर्थ्य नभए फूल चढाएर र त्यो पनि नभए नमस्कार गरेर, पुष्पक तथा गुरुलाई ढोगेर सुन्नुपर्छ भन्ने पक्ष शास्त्रमा छ।"अर्को पक्ष के हो भने— प्राणीको कल्याण गर्नुपर्ने धार्मिक मान्यता भएकाले खासमा गृहस्थ ब्राह्मणहरूले सम्पूर्ण प्राणीको अपेक्षा, आशा र इच्छा पूरा गर्नुपर्छ भन्ने हो," उनी भन्छिन्, "टीका टाला गर्दा पनि भोजनदेखि दक्षिणासम्म दिएर अपेक्षा पूरा गर्ने अर्थमा चलन आएको हो, खालि हात गर्नहुन्न भन्ने मात्र हो।"नाता र सम्बन्ध अनुसार दक्षिणाको रूपमा नगद वा उपहार दिने प्रचलन पाइन्छ।तर के दक्षिणा नदिए आशीर्वादको फल प्राप्त हुँदैन त?प्राध्यापक देवमणि भट्टराईका भनाइमा दक्षिणा दिनै पर्छ वा यति नै दिनु पर्छ भन्ने छैन। "दक्षिणा दिएर पूर्ति हुने वा त्यो अपेक्षा गर्ने कुरा पनि होइन," उनी भन्छन्, "यज्ञ वा आशीर्वाद प्राप्तिको पूर्तिको निम्ति दक्षिणा लिने दिने चलन छ, टीकाको बेला होस् वा धार्मिक कार्यक्रमहरूमा खालि हात हुनुहुँदैन भन्ने मात्र हो।"खर्च गरेर टाढा टाढाबाट टीका थाप्न जाने चलनसँगै दक्षिणा दिनुपर्ने र दिँदा पनि उसले गरेको खर्च धान्ने गरी दिनुपर्ने मानसिकताले दक्षिणा बोझिलो बन्दै गएको संस्कृतिविद् काफ्लेको बुझाइ छ। दशैँमा खाइने मुख्य परिकार र पाककलामा आएको परिवर्तनसिक्किम र दार्जलिङमा मनाइने दशैँ कस्तो हुन्छ? तर संस्कृतिविद् तथा पशुपति विकाश कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डन पूजा र कर्मकाण्डमा ब्राह्मण वा साधु सन्तलाई दिइने दक्षिणा र गराइने भोजनबाट दशैँको दक्षिणा प्रभावित ठान्छन्। जो उनका भनाइमा संस्कृतिसँग जोडिएको परम्परा मात्र हो।"पूजापाठ, कर्मकाण्डमा दक्षिणा नदिए पूरा नहुने अनि ब्राह्मण वा भिक्षुलाई खुवाएर खाली हात पठाउन हुँदैन भन्ने कुरा शास्त्रमा आधारित हो" उनी भन्छन्, "दशैँ पनि एक प्रकारको पूजा भएकाले परम्पराको रूपमा सम्मान, श्रद्धा, स्नेह र आशीर्वादको सङ्केत मात्र हो दक्षिणा।"दक्षिणा वा उपहारको रूपमा यति र उति वा यो नै दिनु पर्छ भन्ने चलन परम्पराको निरन्तरताको निम्ति बाधक बन्ने अवस्था आउन नहुने उनको भनाइ छ।"भोली थोरै दक्षिणा भएकाले टीका लगाउन जान्न भन्ने अवस्था आयो भने हाम्रो संस्कृतिको परम्परा खुम्चिन्छ, लोप हुन्छ," टण्डन भन्छन्, "यो त ईर्ष्या, द्वेष बिर्सिएर सौहार्द्यता बढाउन सम्बन्ध नवीकरणको अवसर हो।"बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

विजयादशमीमा प्रधानमन्त्री शाहको सन्देशः सोचसँगै व्यवहार बदलौँ
ताजा खबरJust now

विजयादशमीमा प्रधानमन्त्री शाहको सन्देशः सोचसँगै व्यवहार बदलौँ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकलाई सरकार आफ्ना लागि छ भन्ने महसुस गराउन आवश्यक रहेको बताएका हुन् । उनले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको उल्लेख गर्दै इमानदार प्रयास, अठोट र सामूहिक मेहनतले समाजमा विद्यमान विकृति हटाउन ...

लुम्बिनी सञ्चार
दुःखमा परेका परिवारसँग दसैँको खुसी बाँड्न गगन थापाको आग्रह
ताजा खबरJust now

दुःखमा परेका परिवारसँग दसैँको खुसी बाँड्न गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको परिस्थितिमा मनाउन लागिएको विजयादशमीको खुसी दुःखमा परेका परिवारसँग पनि बाँड्न आग्रह गरेका छन् । विजयादशमी, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना दिएका छन् । उनले यस वर्षको दसैँमा धेरै परिवार दुःख, पीडा र कठिनाइमा रहेकाले चाडपर्वको खुसी ...

कर्पोरट खबर
भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति हटाउन एकजुट हुनुपर्छ : प्रधानमन्त्री शाह
ताजा खबरJust now

भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति हटाउन एकजुट हुनुपर्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकलाई सरकार आफ्ना लागि छ भन्ने महसुस गराउन आवश्यक रहेको बताएका हुन् । उनले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको उल्लेख गर्दै इमानदार प्रयास, अठोट र सामूहिक मेहनतले समाजमा विद्यमान विकृति हटाउन ...

टक्सार
नवदुर्गा भवानीले हामी सबैलाई व्यक्तिगत स्वार्थबाट माथि उठ्ने शक्ति र सद्‌बुद्धि प्रदान गरून् : रवि लामिछाने
ताजा खबरJust now

नवदुर्गा भवानीले हामी सबैलाई व्यक्तिगत स्वार्थबाट माथि उठ्ने शक्ति र सद्‌बुद्धि प्रदान गरून् : रवि लामिछाने

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्।  यसपटक दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै उनले  यस पर्वले हामीलाई निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन्।&n... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play