Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैँको अवसरमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलवारा निःशुल्क बस सेवा सञ्चालन

दशैँको अवसरमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलवारा निःशुल्क बस सेवा सञ्चालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैँको अवसरमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलवारा निःशुल्क बस सेवा सञ्चालन

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले दशैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ । दशैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा यो निःशुल्क बस सेवा सञ्चालन गरिएको हो । सशस्त्र प्रहरी बल, नेपालले उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस सेवा आजबाट लगातार ३ दिन , बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ । काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ । दशैँको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बसको सेवा सञ्चालन गर्दै आइरहेको छ । The post दशैँको अवसरमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलवारा निःशुल्क बस सेवा सञ्चालन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

महानवमीमा भद्रकालीमा सवारीसाधनको पूजा गर्नेको भीड, तस्बिरमा हेर्नुहोस्
ताजा खबरJust now

महानवमीमा भद्रकालीमा सवारीसाधनको पूजा गर्नेको भीड, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । बडादसैँको नवमी अर्थात् महानवमीका दिन मंगलबार काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधनको पूजा गर्नेको भीड लागेको छ । महानवमीका दिन निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको... ...

रातोपाटी
फ्रान्समा कट्टरपन्थीको उदय, राजनीतिक ध्रुवीकरणले बढायो सङ्कट
ताजा खबरJust now

फ्रान्समा कट्टरपन्थीको उदय, राजनीतिक ध्रुवीकरणले बढायो सङ्कट

पेरिस । अक्टोबर १७ फ्रान्सका लागि दुई कारणले अभूतपूर्व दिन बन्यो । खासमा मुलुकको महत्त्वपूर्ण राष्ट्रपतीय निर्वाचन हुनुभन्दा छ महिना अगाडि देशमा उम्मेदवारहरूका कुरा सुनिन्छन् । उनीहरूका चुनावी कार्यक्रम तुलना गरिन्छन्... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play