Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग

Share:WhatsAppFacebookX (Twitter)Telegram
दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन गरेका छन् । शनिबार बिहान कागको आवाज निकाल्दै दुलालले आकाशमा उडिरहेका कागलाई एकै ठाउँमा जम्मा पारेका हुन् । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजना तथा इलामको सन्दकपुर गाउँपालिकाको सह-आयोजनामा सम्मेलन गरिएको हो । कार्यक्रमको मुख्य प्रायोजकमा एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, प्रायोजकमा एनआरएनए उपाध्यक्ष प्रवीण गुरुङ तथा सहप्रायोजकका रूपमा पूर्णप्रसाद लामिछाने, राजेश कार्की, रुद्रप्रसाद चापागाईं, शंकरप्रसाद आचार्य, ग्रीन सिटी हस्पिटल र कोरा होलिडेजलगायतको सहयोग रहेको थियो । काग तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्नुका साथै नेपाली मौलिक परम्पराको संरक्षण र चराचुरुङ्गीप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ । काग तिहार यमपञ्चकको पहिलो दिन मनाइने पर्व हो । नेपाली हिन्दू परम्परामा कागलाई यमराजको दूतका रूपमा मानिन्छ । कागले शुभ समाचार ल्याउँछ भन्ने धार्मिक विश्वासका साथ यस दिन कागलाई मीठा खानेकुरा दिएर पूजा गर्ने चलन छ । प्रकृतिको सरसफाइमा महत्त्वपूर्ण भूमिका खेल्ने कागलाई सम्मान गर्ने पर्वका रूपमा समेत काग तिहारलाई लिइन्छ । कागको आवाज हुबहु निकाल्न सक्ने विशेष खुबी भएका दुलालले विगत २३ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । उनले कागसहित १७३ प्रकारका जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने कला प्रस्तुत गर्दै आएका छन् । मुखकै सहायताले विभिन्न बाजाको धुनसमेत निकाल्न सक्ने दुलालको यो कला दर्शकका लागि आकर्षणको विषय बन्ने गरेको छ । गत वर्ष २२औँ काग सम्मेलन गरेका दुलालले यस वर्ष २३औँ सम्मेलन आयोजना गरेका हुन् । उनले विगतमा रत्नपार्क, नारायणहिटी दरबार संग्रहालयलगायत विभिन्न स्थानमा काग सम्मेलन गर्दै आएका छन् । दुलालकाअनुसार कागलाई बोलाउँदा उसको स्वभाव र भाषा बुझेर आवाज निकाल्नुपर्छ । कागसँग उसको भाषामै संवाद गरेपछि उनीहरू आकर्षित भएर आउने उनको अनुभव छ । आयोजककाअनुसार काग सम्मेलनले मनोरञ्जन प्रदान गर्नुका साथै चराचुरुङ्गीको संरक्षण, जैविक विविधताको महत्त्व र वातावरणीय सन्तुलन कायम राख्नुपर्ने सन्देश दिएको छ । काग तिहारको परम्परालाई कलाकारितासँग जोडेर निरन्तरता दिँदै आएका दुलालको यो अभियानले नेपाली मौलिक संस्कृति र प्रकृतिप्रतिको सम्मानलाई नयाँ पुस्तामाझ चिनाउने प्रयास गरेको छ । कार्यक्रमको जनसवाल पब्लिकेशन मिडिया पार्टनरको रुपमा रहेको थियो । दुलालले विगत दुईदशकयता काग तिहारको अवसरमा कार्यक्रम गर्दै आएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सास
Latest NewsJust now

भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सास

आमाका लागि सन्तानभन्दा ठुलो कुरा सायद अरू हुँदैन। त्यसैले धादिङको धुनिबेँसी नगरपालिका-९, कानाकोटकी ९४ वर्षीया सीता पाण्डे भोटेकोसी बाढीमा बेपत्ता छोरा फर्किन्छ कि भन्ने आशामा दिन गन्दै बसिन्। तर उनका साहिँलो छोरा नीरबहादुर पाण्डेको अवस्था पत्ता नलाग्दै उनी आफैँ यो संसारबाट बिदा भएकी छन्।  सीताका ४५ वर्षीय छोर... ...

नेपालखबर
तिहार बिदाका कारण कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
Latest NewsJust now

तिहार बिदाका कारण कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

• कातिक २४ र २५ गते तिहार पर्वको अवसरमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुनेछ। • फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कर्मचारीको बिदा हुने भएकाले फोहर व्यवस्थापनमा समस्या आउने छ। • नगरवासीलाई जथाभावी फोहर नफाल्न र व्यवस्थापन गर्न आग्रह गरिएको छ। ...

नेपालबहस
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर नउठ्ने
Latest NewsJust now

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर नउठ्ने

काठमाडौं । यही कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालिका वातारण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार २४ र २५ गते तिहार पर्वको अवसरमा उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो । कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play