Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग

Share:WhatsAppFacebookX (Twitter)Telegram
दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग
Photo / Coverage: पर्दाफास

काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन गरेका छन् । शनिबार बिहान कागको आवाज निकाल्दै दुलालले आकाशमा उडिरहेका कागलाई एकै ठाउँमा जम्मा पारेका हुन् । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजना तथा इलामको सन्दकपुर गाउँपालिकाको सह–आयोजनामा सम्मेलन गरिएको हो । कार्यक्रमको मुख्य प्रायोजकमा एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, प्रायोजकमा एनआरएनए उपाध्यक्ष प्रवीण गुरुङ तथा सहप्रायोजकका रूपमा पूर्णप्रसाद लामिछाने, राजेश कार्की, रुद्रप्रसाद चापागाईं, शंकरप्रसाद आचार्य, ग्रीन सिटी हस्पिटल र कोरा होलिडेजलगायतको सहयोग रहेको थियो । काग तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्नुका साथै नेपाली मौलिक परम्पराको संरक्षण र चराचुरुङ्गीप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ । काग तिहार यमपञ्चकको पहिलो दिन मनाइने पर्व हो । नेपाली हिन्दू परम्परामा कागलाई यमराजको दूतका रूपमा मानिन्छ । कागले शुभ समाचार ल्याउँछ भन्ने धार्मिक विश्वासका साथ यस दिन कागलाई मीठा खानेकुरा दिएर पूजा गर्ने चलन छ । प्रकृतिको सरसफाइमा महत्त्वपूर्ण भूमिका खेल्ने कागलाई सम्मान गर्ने पर्वका रूपमा समेत काग तिहारलाई लिइन्छ । कागको आवाज हुबहु निकाल्न सक्ने विशेष खुबी भएका दुलालले विगत २३ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । उनले कागसहित १७३ प्रकारका जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने कला प्रस्तुत गर्दै आएका छन् । मुखकै सहायताले विभिन्न बाजाको धुनसमेत निकाल्न सक्ने दुलालको यो कला दर्शकका लागि आकर्षणको विषय बन्ने गरेको छ । गत वर्ष २२औँ काग सम्मेलन गरेका दुलालले यस वर्ष २३औँ सम्मेलन आयोजना गरेका हुन्। उनले विगतमा रत्नपार्क, नारायणहिटी दरबार संग्रहालयलगायत विभिन्न स्थानमा काग सम्मेलन गर्दै आएका छन् । दुलालका अनुसार कागलाई बोलाउँदा उसको स्वभाव र भाषा बुझेर आवाज निकाल्नुपर्छ । कागसँग उसको भाषामै संवाद गरेपछि उनीहरू आकर्षित भएर आउने उनको अनुभव छ । आयोजकका अनुसार काग सम्मेलनले मनोरञ्जन प्रदान गर्नुका साथै चराचुरुङ्गीको संरक्षण, जैविक विविधताको महत्त्व र वातावरणीय सन्तुलन कायम राख्नुपर्ने सन्देश दिएको छ । काग तिहारको परम्परालाई कलाकारितासँग जोडेर निरन्तरता दिँदै आएका दुलालको यो अभियानले नेपाली मौलिक संस्कृति र प्रकृतिप्रतिको सम्मानलाई नयाँ पुस्तामाझ चिनाउने प्रयास गरेको छ । कार्यक्रमको जनसवाल पब्लिकेशन मिडिया पार्टनरको रुपमा रहेको थियो । दुलालले विगत दुईदशकयता काग तिहारको अवसरमा कार्यक्रम गर्दै आएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रस्तावित न्यायाधीशलाई प्रश्न : एउटै भुटानी शरणार्थी प्रकरणमा फरक राय किन ?
OthersJust now

प्रस्तावित न्यायाधीशलाई प्रश्न : एउटै भुटानी शरणार्थी प्रकरणमा फरक राय किन ?

२० कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेलाई भुटानी शरणार्थी प्रकरणमा एउटै मुद्दामा फरक राय आएको विषयमा प्रश्न गरेकी छन् । संसदीय सुनुवाइ समितिको बैठकमा अर्यालले एउटै मुद्दामा दुई न्यायाधीशबीच फरक राय आएको प्रसंग उठाउँदै न्यायिक निर्णयमा एकरूपता, निष्पक्षता र जवाफदेहिताबारे स्पष्ट पार्न पाण्डेसँग आग्रह गरेकी हुन् ।… ...

अनलाइन खबर
प्रमुख प्रशासकीय अधिकृत नहुँदा खडक नगरपालिकाको काम प्रभावित
OthersJust now

प्रमुख प्रशासकीय अधिकृत नहुँदा खडक नगरपालिकाको काम प्रभावित

२१ कात्तिक, सप्तरी । सप्तरीको खडक नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षका विकास निर्माणका कामदेखि सामाजिक सुरक्षा भत्ता वितरणसम्म प्रभावित भएको छ । गत असोज ५ गते भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अजय बर्तौलालाई… ...

अनलाइन खबर
संसदीय सुनुवाइमा प्रश्न : श्रीमतीको मुद्दा सर्वोच्चमा छ, न्यायाधीश हुँदा स्वार्थको द्वन्द्व हुँदैन ?
OthersJust now

संसदीय सुनुवाइमा प्रश्न : श्रीमतीको मुद्दा सर्वोच्चमा छ, न्यायाधीश हुँदा स्वार्थको द्वन्द्व हुँदैन ?

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित जनक पाण्डेलाई उनकी श्रीमतीसँग सम्बन्धित मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा उनी स्वयं त्यही अदालतको न्यायाधीश हुँदा स्वार्थको द्वन्द्व हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ । संसदीय सुनुवाइ समितिको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन, नेकपा एमालेकी सांसद पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र… ...

अनलाइन खबर
हिमालयन क्यापिटलको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित
OthersJust now

हिमालयन क्यापिटलको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ । उक्त लाभांशमा करसमेत समावेश छ । सभामा आर्थिक […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play