Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

दमौली खेलमैदान स्तरोन्नति गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
Photo / Coverage: नेपालन्युज

दमौली (तनहुँ) । ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्दा सेभेन ए साइड फुटबलमा सीमित हुँदै आएको तनहुँको दमौली खेलमैदान स्तरोन्नति हुने भएको छ । व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित बनाउन संघीय सरकारबाट रु दुई करोड बजेट विनियोजन भएपछि स्तरोन्नतिको प्रक्रिया अघि बढेको हो । खेलमैदानको स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । विनियोजित बजेटबाट मैदान व्यवस्थित गर्नुका साथै खेलाडीका लागि कपडा फेर्ने कक्ष र शौचालय निर्माण गरिनेछ । नगर खेलकुद समितिका अध्यक्ष एवं व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले खेलमैदान स्तरोन्नतिका लागि संघीय सरकारबाट प्राप्त बजेट कार्यान्वयन प्रक्रिया अघि बढिसकेको बताए । नगरपालिकाको बजेटबाट यसअघि नै खेलमैदानमा ‘प्यारापिट’ निर्माण गरिसकिएको छ । प्यारापिट निर्माणपछि अब मैदानको अवस्था सुधार गर्दै खेलकुद प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधार थप्ने तयारी गरिएको गुरुङले जानकारी दिए। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलमैदान रहेको जग्गा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको र खेलमैदानलाई व्यवस्थित बनाउने प्रयास भइरहेको उल्लेख गरे। आवश्यक पूर्वाधार थपिएपछि खेलमैदानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने उनको भनाइ छ । दमौली खेलमैदानमा आवश्यक पूर्वाधारको अभाव हुँदा ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको छ । हाल यहाँ मुख्यतः सेभेन ए साइड फुटबल प्रतियोगिता मात्रै सञ्चालन हुने गरेको छ । खेलमैदानको अवस्था सुधार गरी आवश्यक संरचना निर्माण गर्न सके जिल्लास्तरीय तथा ठूला प्रतियोगिता आयोजना गर्ने सम्भावना बढ्नेछ । यसबाट स्थानीय खेलाडीलाई अभ्यास र प्रतिस्पर्धाका अवसर उपलब्ध गराउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको खेलकुद समितिका अध्यक्ष गुरुङले बताए । आधुनिक सुविधासहितको खेलमैदान निर्माणले व्यास नगरपालिकाको समग्र खेलकुद क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्नेछ । यसले स्थानीय तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरू आयोजना गर्न सहयोग पुग्ने विश्वास गरिएको दमौलीका युवा भुवन गोशलीले बताए । वर्षौंदेखि युवाहरूको सपनाका रूपमा रहेको फुटबल मैदान निर्माणका लागि बजेट सुनिश्चित भएकामा उनले खुसी व्यक्त गरे। उनले भने, “खेलमैदानका लागि बजेट विनियोजन भएपछि खेलप्रेमी युवामा नयाँ उत्साह थपिएको छ । खेलकुद पूर्वाधारको विकासले युवाहरूलाई सकारात्मक बाटोमा अग्रसर गराउनाका साथै दमौलीलाई खेलकुदको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एसी मिलानको त्यो स्वर्णिम टोली : जसले उत्कृष्ट भएर पनि उपाधि जित्न सकेन
Latest NewsJust now

एसी मिलानको त्यो स्वर्णिम टोली : जसले उत्कृष्ट भएर पनि उपाधि जित्न सकेन

पाओलो माल्दिनीलाई सन् २००७ को च्याम्पियन्स लिग फाइनलको धेरै कुरा याद छैन। खेल पूरा गर्नकै लागि उनले धेरै दुखाइ कम गर्ने औषधि खाएका थिए। ती लिजेन्डरी डिफेन्डर त्यतिबेला ३८ वर्षका थिए... ...

रातोपाटी
जलवायु परिवर्तन साझा मुद्दा हो, सीमाना चिन्दैन : परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

जलवायु परिवर्तन साझा मुद्दा हो, सीमाना चिन्दैन : परराष्ट्रमन्त्री खनाल

अन्ताल्या । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन् । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा उनले यस्तो बताएका हुन् । नेपाल पेभिलियनमा... ...

रातोपाटी
काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु
Latest NewsJust now

काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

काठमाडौँ, कात्तिक २६ गते । छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाडौँमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गए... ...

गोरखापत्र
काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी
Latest NewsJust now

काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यसपालि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play