Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

त्रिविको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
त्रिविको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौं उपत्यकाभित्र विभिन्न सरकारी निकाय, संघसंस्था तथा व्यक्तिले लामो समयदेखि ओगटेको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ। वर्षौँदेखि सम्झौताविपरीत प्रयोग भइरहेका, म्याद सकिएका र विश्वविद्यालयको स्वीकृतिबिना अतिक्रमण गरिएका जग्गा ६ महिनाको अवधिमा फिर्ता ल्याइएको हो । शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविको सक्रियतामा जग्गा फिर्ता अभियान अघि बढाइएको थियो । त्रिविले अनधिकृत रूपमा प्रयोग भइरहेका जग्गा खाली गर्न ३५ दिने सार्वजनिक अल्टिमेटम जारी गरेको थियो । त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन र विश्वविद्यालयको आन्तरिक अभिलेखलाई आधार बनाएर अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । यस क्रममा काठमाडौं उपत्यकाभित्र विश्वविद्यालयको स्वामित्वमा रहे पनि अन्य निकाय तथा व्यक्तिको नियन्त्रणमा रहेका जग्गाको लगत संकलन गरिएको थियो । म्याद सकिएका सम्झौता नवीकरण नगर्ने र अनधिकृत संरचना हटाएर जग्गा विश्वविद्यालयको प्रत्यक्ष नियन्त्रणमा ल्याउने प्रक्रिया अघि बढाइएको थियो । मन्त्रालयको समन्वय र त्रिवि प्रशासनको निरन्तर प्रयासका कारण छोटो अवधिमै ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याउन सम्भव भएको मन्त्रालयले जनाएको छ । त्यस्तै उपत्यकाबाहिर रहेका त्रिविका जग्गा फिर्ता ल्याउने कामसमेत जारी रहेको बताइएको छ । फिर्ता भएका जग्गालाई अब विश्वविद्यालयको गुरुयोजनाअनुसार शैक्षिक तथा अनुसन्धानमूलक गतिविधिमा उपयोग गर्ने तयारी गरिएको छ। ती जग्गामा अत्याधुनिक प्रयोगशाला, अनुसन्धान केन्द्र, केन्द्रीय पुस्तकालय र आवश्यक शैक्षिक पूर्वाधार निर्माण गर्ने त्रिविको योजना छ। फिर्ता भएका जग्गालाई अन्य प्रयोजनमा प्रयोग नगरी विश्वविद्यालयको शैक्षिक विकास र पूर्वाधार विस्तारमा लगाइने र बाँकी जग्गा पनि खोजी गरी फिर्ता ल्याउने प्रक्रिया निरन्तर अघि बढाइने मन्त्रालयले जनाएको छ । The post त्रिविको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह
Latest NewsJust now

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

ललितपुर । नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक संस्थाको स्वायत्तता कायम राख्दै सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताका आधारमा अघि बढ्न आग्रह गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्दै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारकर्मीलाई प्रतिपक्षका विषयमा मात्र नभई सत्तापक्षका गतिविधि र सरकारका निर्णयमाथि पनि निर्भीकतापूर्वक प्रश्न उठाउन आग्रह गरे । उनले ...

नेपालन्युज
प्रश्नसँग डराएको सरकार
Latest NewsJust now

प्रश्नसँग डराएको सरकार

प्रेसलाई तर्साएर मौन बनाउँदैमा सत्य लुक्दैन । बरु लोकतन्त्र कमजोर हुन्छ, विधिको शासन धरापमा पर्छ र सूचनाको अधिकारबाट नागरिक वञ्चित हुन्छन् । ...

कान्तिपुर
तिहारका लागि १५९१ भेडा च्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए
Latest NewsJust now

तिहारका लागि १५९१ भेडा च्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए

मुस्ताङ । तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडा च्याङ्ग्रा बेँसी झारिएका छन् । उक्त भेडा च्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बेँसीतर्फ झारिएको हो । यहाँस्थित कृषि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play