Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड सुरु
Photo / Coverage: पर्दाफास

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यले ‘लाइभ फिड’ सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यात्रु आगमन कक्षमा लगेज सङ्कलन क्षेत्रमा लाइभ फिड सुरु गरिएको हो । यो सेवाबाट अन्तरराष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् । यसले यात्रुलाई सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्नसमेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । नयाँ व्यवस्थाले ‘ब्यागेज ड्रप’ क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षमै देख्न सकिने भएपछि यात्रुको प्रतीक्षा समयलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ । यात्रु सेवाको गुणस्तर अभिवृद्धि, सेवा प्रवाहमा पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगमार्फत विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने प्रयासस्वरूप लाइभ फिड सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने लक्ष्यसहित स्टार्टअप समिट
OthersJust now

युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने लक्ष्यसहित स्टार्टअप समिट

युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्दै स्थानीय स्रोतसाधन र जनशक्तिको उपयोगबाट रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट सुरु गरिएको छ । ‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने सन्देशसहित आयोजित समिटले सातवटै प्रदेशका व्यावसायिक सम्भावना पहिचान गरी स्थानीयस्तरमा उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । समिटकी अध्यक्ष शोभा ज्ञवालीले युवालाई जागिर खोज्नेभन्दा जागिर सिर्जना ...

पर्दाफास
गगनबारेको प्रश्नमा काठमाडौं प्रहरी प्रमुख मौन, इनमबारे भने, ‘हामी अनुसन्धानमै छौँ’
OthersJust now

गगनबारेको प्रश्नमा काठमाडौं प्रहरी प्रमुख मौन, इनमबारे भने, ‘हामी अनुसन्धानमै छौँ’

काठमाण्डु- सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो बयान सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रक्रियामा प्रश्न उठिरहेको छ। गत असोज १४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका सापकोटामाथि अहिले जिल्ला प्रहरी परिसर काठमाण्डुको हिरासतमा अनुसन्धान अघि बढिरेहको छ। अनुसन्धानकै क्रममा हिरासतमा रहेका उनको बयानको अडियो सामग्री सार्वजनिक भएपछि गोपनीयता र प्रमाणको सुरक्षा […] ...

काठमाण्डुपाटी
विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल इटलीसँग
OthersJust now

विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल इटलीसँग

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल ४ डिसेम्बरमा इटलीसँग खेल्नेछ । ...

अनलाइन खबर
तिहारको अवधिभर काभ्रेका सडकमा टिपर सञ्चालनमा रोक
OthersJust now

तिहारको अवधिभर काभ्रेका सडकमा टिपर सञ्चालनमा रोक

निर्णय अनुसार कात्तिक २२ गते बिहान ५ बजे देखि कात्तिक २६ गते बेलुका ९ बजेसम्म जिल्लाभित्रका मुख्य र सहायक सडकहरूमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play