काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ केजी थाई गाँजासहित तीन जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका अनुसार शनिबार थाइल्यान्डबाट बङ्गलादेश हुँदै नेपाल आएका एक भारतीय र दुई नेपाली नागरिकलाई विमानस्थलबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २८ वर्षीय सचिन दुबे, गुल्मीको चन्द्रकोट गाउँपालिकाका २७ वर्षीय रामु सार्की र बागलुङको बरेङ गाउँपालिका–३ का २८ वर्षीय सन्देश सुनार रहेका छन्। उनीहरूको साथबाट ७ केजी थाई गाँजा, तीन थान पासपोर्ट र तीन थान मोबाइल बरामद गरिएको ब्युरोले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।
त्रिभुवन विमानस्थलबाट ७ केजी थाई गाँजासहित तीन जना पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






