Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/तेस्रो त्रैमासमा विश्वव्यापी स्मार्टफोन ढुवानी गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले घट्यो: रिपोर्ट

तेस्रो त्रैमासमा विश्वव्यापी स्मार्टफोन ढुवानी गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले घट्यो: रिपोर्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
तेस्रो त्रैमासमा विश्वव्यापी स्मार्टफोन ढुवानी गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले घट्यो: रिपोर्ट

अनुसन्धान संस्था ओम्डियाको नयाँ प्रतिवेदनअनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन ढुवानी गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले घटेको छ। उक्त त्रैमासिकमा उत्पादकहरूले कुल २५ करोड ४७ लाख स्मार्टफोन ढुवानी गरेका छन्। प्रतिवेदनअनुसार सन् २०१३ यताकै तेस्रो त्रैमासिकमा सबैभन्दा कम स्मार्टफोन ढुवानी भएको हो। स्मार्टफोनको मूल्य बढ्नु यसको प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ। सामसङले ५ करोड ७८ लाख स्मार्टफोन ढुवानी गर्दै विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन उत्पादकको स्थान कायम राखेको छ। यद्यपि, यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशत कम हो। जीएसएमएरिनाका अनुसार एप्पल ५ करोड ६५ लाख आईफोन ढुवानी गर्दै दोस्रो स्थानमा रहेको छ। गत वर्षको सोही त्रैमासिकको तुलनामा एप्पलको ढुवानी सङ्ख्या स्थिर रहेको छ। साओमीले ३ करोड ७ लाख स्मार्टफोन ढुवानी गर्दै तेस्रो स्थान हासिल गरेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशत कम हो। ओप्पो २ करोड ३४ लाख स्मार्टफोन ढुवानी गर्दै चौथो स्थानमा रहेको छ। यसको ढुवानी गत वर्षको तुलनामा ३९ प्रतिशतले घटेको छ। त्यस्तै, भिभोले १ करोड ९३ लाख स्मार्टफोन ढुवानी गर्दै शीर्ष पाँचमा स्थान बनाएको छ। यो सङ्ख्या सन् २०२५ को तेस्रो त्रैमासिकको तुलनामा ३३ प्रतिशत कम हो। प्रतिवेदनअनुसार विभिन्न उपकरणका पार्टपुर्जाको अभाव भइरहेका बेला स्मार्टफोन ब्रान्डहरूले बढी नाफा हुने बजार र प्रमुख उत्पादनमा ध्यान केन्द्रित गरिरहेका छन्। बढ्दो लागत व्यवस्थापन गर्न र नाफाको मार्जिन जोगाउन उनीहरूले र्‍याम तथा स्टोरेजका विकल्पमा परिवर्तन गर्नुका साथै स्मार्टफोनका मोडेलको सङ्ख्या घटाइरहेका छन्। ओम्डियाले यस वर्ष विश्वव्यापी स्मार्टफोन ढुवानी थप १२ प्रतिशतले घट्ने अनुमान गरेको छ। सन् २०२७ मा पनि बजारमा गिरावट जारी रहने अपेक्षा गरिएको छ, यद्यपि गिरावटको गति भने कम हुने अनुमान छ। The post तेस्रो त्रैमासमा विश्वव्यापी स्मार्टफोन ढुवानी गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले घट्यो: रिपोर्ट appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

आफ्नो फेसबुक अकाउन्टलाई निजी बनाउन चाहनुहुन्छ? यस्तो छ फेसबुक प्रोफाइल लक गर्ने तरिका
प्रविधिJust now

आफ्नो फेसबुक अकाउन्टलाई निजी बनाउन चाहनुहुन्छ? यस्तो छ फेसबुक प्रोफाइल लक गर्ने तरिका

के तपाईं आफ्नो फेसबुक खातामा अझ बढी गोपनीयता चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने, तपाईं आफ्नो प्रोफाइल ‘लक’ गरेर खातालाई थप गोप्य बनाउन सक्नुहुन्छ। प्रोफाइल लक गर्दा, तपाईंको फेसबुक साथीहरूको सूचीमा नभएका व्यक्तिहरूले तपाईंको प्रोफाइलको सीमित भाग मात्र हेर्न पाउनेछन्। प्रोफाइल लक गरिएको अवस्थामा, तपाईंको टाइमलाइनमा रहेका तस्बिर तथा पोस्टहरू, प्रोफाइल तस्बिर र कभर तस्बिर, स्टोरीहरू, र नयाँ पोस्टहरू केवल तपाईंको साथीहरूको सूचीमा ...

टेक्नोलोजी खबर
अमेरिकी टेलिफोन नम्बरहरूमा चिनियाँ दूरसञ्चार कम्पनीहरूको प्रत्यक्ष पहुँचमा रोक लगाउने अमेरिकी योजना
प्रविधिJust now

अमेरिकी टेलिफोन नम्बरहरूमा चिनियाँ दूरसञ्चार कम्पनीहरूको प्रत्यक्ष पहुँचमा रोक लगाउने अमेरिकी योजना

संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई अमेरिकी फोन नम्बरहरूमा प्रत्यक्ष पहुँच राख्नबाट चाँडै प्रतिबन्ध लगाउने योजना बनाएको छ। यो कदम ठगीसँग सम्बन्धित स्वचालित फोन कलहरू (रोबोकल्स) रोक्ने उद्देश्यले चालिएको हो। अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले गत साता जनाए अनुसार, ‘चाइना मोबाइल’, ‘चाइना टेलिकम’, ‘चाइना युनिकम’ तथा आईपीमा आधारित सेवा प्रदान गर्ने अन्य कम्पनीहरूलाई अमेरिकी फोन नम्बरहरूमा ...

टेक्नोलोजी खबर
चीनको गोप्य अन्तरिक्ष विमानको नयाँ तस्बिर अमेरिकी सेनाद्वारा सार्वजनिक
प्रविधिJust now

चीनको गोप्य अन्तरिक्ष विमानको नयाँ तस्बिर अमेरिकी सेनाद्वारा सार्वजनिक

अमेरिकी सैन्य गुप्तचर निकायले चीनको गोप्य अन्तरिक्ष विमानको नयाँ तस्बिर सार्वजनिक गरेको छ। तस्बिरमा उक्त विमान अन्तरिक्षमा अर्को अन्तरिक्षयानसँग जोडिएको देखिन्छ। यो तस्बिर सन् २०२४ मा भान्टोरको वर्ल्डभ्यु–३ भूउपग्रहले ९० किलोमिटरको दूरीबाट खिचेको थियो। यसअघि पनि पृथ्वीबाट अवलोकन गर्नेहरूले चीनको सेन्लोङ अन्तरिक्ष विमानको तस्बिर खिचेका थिए। तर, अन्तरिक्षबाट भान्टोरले खिचेको यो नयाँ तस्बिरमा रहस्यमय अन्तरिक्षयानका थप विवरण स्पष्ट देखिएका छन्। तस्बिरको रेजोल्युसन ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play