Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

तीन वर्षपछि रोहित शर्मा फेरि मुम्बई इन्डियन्सको कप्तान

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन वर्षपछि रोहित शर्मा फेरि मुम्बई इन्डियन्सको कप्तान
Photo / Coverage: केन्द्रबिन्दु

मुम्बई । भारतीय क्रिकेटर रोहित शर्मा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२७ का लागि पुनः मुम्बई इन्डियन्सको कप्तान बनेका छन् । तीन वर्षअघि हार्दिक पाण्ड्यालाई कप्तानीको जिम्मेवारी दिँदै पदबाट हटाइएका रोहितलाई फ्रेन्चाइजले फेरि नेतृत्वमा फर्काएको हो । खेलाडी रिटेन्सनको अन्तिम समय सीमाअघि मुम्बईले हार्दिकलाई पन्जाब किंग्ससँग अर्शदीप सिंहसँग साटफेर गर्ने निर्णय गरेपछि रोहितलाई कप्तान नियुक्त गरिएको हो । रोहितले सन् २०२३ पछि पहिलो पटक मुम्बईको कप्तानी गर्ने अवसर पाएका हुन् । मुम्बईले कप्तानीका लागि रोहितसँगै जसप्रित बुमराह, सूर्यकुमार यादव, तिलक वर्मा र न्युजिल्यान्डका मिचेल सान्टनरलाई पनि सम्भावित विकल्पका रूपमा हेरेको थियो । तर, अन्ततः फ्रेन्चाइजले अनुभवी रोहितलाई नै नेतृत्वको जिम्मेवारी सुम्पिएको छ । रोहितले मुम्बईको कप्तानीमा पुनरागमन गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले मुम्बई आफ्नो जीवनको महत्त्वपूर्ण हिस्सा रहेको बताउँदै टोलीको नेतृत्व गर्नु सधैँ गर्वको विषय भएको उल्लेख गरेका छन् । आगामी सिजनमा टोलीले एकजुट भएर प्रतिस्पर्धा गर्ने र समर्थकलाई खुसी मनाउने अवसर दिने उनको भनाइ छ । रोहित मुम्बई इन्डियन्सका सबैभन्दा सफल कप्तान हुन् । उनले आइपिएल र च्याम्पियन्स लिग टी–२० गरी १६३ खेलमा टोलीको नेतृत्व गरेका छन् । उनको कप्तानीमा मुम्बईले ९३ खेल जित्दा ७० खेलमा पराजय बेहोरेको छ । उनकै नेतृत्वमा मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० गरी पाँच पटक आइपिएल उपाधि जितेको थियो । रोहितको कप्तानीमा खेलेका पाँचवटै फाइनलमा मुम्बई विजयी भएको थियो । सन् २०२४ को सिजनअघि मुम्बईले गुजरात टाइटन्सबाट हार्दिकलाई भित्र्याउँदै रोहितको स्थानमा कप्तान बनाएको थियो । तर, हार्दिकको नेतृत्वमा टोलीले अपेक्षित सफलता हासिल गर्न सकेन । सन् २०२४ मा मुम्बई अङ्कतालिकाको पुछारमा रह्यो भने त्यसपछिको सिजन क्वालिफायर–२ बाट बाहिरियो । आइपिएल २०२६ मा पनि टोली नवौँ स्थानमा सीमित भएको थियो । हार्दिकले कप्तानी सम्हालेपछि मुम्बईको घरेलु मैदानमै समर्थकको आलोचना र हुटिङको सामना गर्नुपरेको थियो । उनको कप्तानी र व्यक्तिगत प्रदर्शन दुवैमाथि प्रश्न उठ्दै आएको थियो । गत वर्ष उनले फ्रेन्चाइजलाई आफू टोलीबाट बाहिरिन तयार रहेको जानकारीसमेत गराएका थिए । हार्दिकलाई टोलीमै राख्ने सम्भावनासहित विभिन्न पक्षको समीक्षा गरेको मुम्बईले अन्ततः उनलाई अर्शदीपसँग साटफेर गर्ने निर्णय गरेको हो । यससँगै तीन वर्षपछि रोहित पुनः मुम्बईको नेतृत्वमा फर्किएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तलाउमा सिंगाडाखेती गरेर प्रेमले एकै सिजनमा कमाउँछन् चार लाख
Latest NewsJust now

तलाउमा सिंगाडाखेती गरेर प्रेमले एकै सिजनमा कमाउँछन् चार लाख

बाँके। बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्। वार्षिक रु २० हजार ...

केन्द्रबिन्दु
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज
Latest NewsJust now

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज

काठमाडौं । किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ता–गुरुग्रामबीच भएको चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको सहकार्यको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मुटु विज्ञान तथा छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपलब्धि, प्रविधि र उपचार पद्धतिबारे विशेषज्ञ चिकित्सकबीच ...

केन्द्रबिन्दु
नेपलिज अस्ट्रेलियनको स्वर्णजयन्ती
Latest NewsJust now

नेपलिज अस्ट्रेलियनको स्वर्णजयन्ती

सिड्नी (अस्ट्रेलिया), मङ्सिर १२ गते । अस्ट्रेलियामा नेपाली समुदायको संस्थागत इतिहास, पहिचान, एकता र योगदानको सम्मान गर्दै नेपलिज अस्ट्रेलियन एसोसिएसनले शुक्रबार आफ्नो स्थापनाको ५०औ... ...

गोरखापत्र
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
Latest NewsJust now

‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन

झापा । झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ । कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement