Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज

Share:WhatsAppFacebookX (Twitter)Telegram
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ता–गुरुग्रामबीच भएको चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको सहकार्यको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मुटु विज्ञान तथा छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपलब्धि, प्रविधि र उपचार पद्धतिबारे विशेषज्ञ चिकित्सकबीच ज्ञान, सीप तथा अनुभव आदानप्रदान गरिएको थियो। कार्यक्रममा भारतका प्रख्यात मुटु शल्यचिकित्सक तथा मेदान्ता अस्पताल समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक पद्मभूषण डा. नरेश त्रेहान प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए। उनले मुटु उपचारमा कृत्रिम बौद्धिकताको प्रयोगसम्बन्धी ‘एआई इन कार्डियाक केयर’ विषयमा प्रस्तुति दिएका थिए। त्यसैगरी, मेदान्ता इन्स्टिच्युट अफ चेस्ट सर्जरीका अध्यक्ष डा. अरविन्द कुमारले छाती शल्यचिकित्सासम्बन्धी आधुनिक प्रविधि र उपचार पद्धतिबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रा. डा. रमेश कोइराला र डा. सम्पूर्णमान तुलाधरले कार्यक्रमको अध्यक्षता गरेका थिए। किस्ट शिक्षण अस्पताल र मेदान्ताबीचको सहकार्यले नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको अस्पतालले जनाएको छ। यस सहकार्यमार्फत नेपाली बिरामीले किस्ट शिक्षण अस्पतालबाटै मेदान्ताका अनुभवी विशेषज्ञ चिकित्सकसँग दोस्रो चिकित्सकीय राय (सेकेन्ड मेडिकल ओपिनियन) तथा दूरचिकित्सा सेवा (टेलिमेडिसिन कन्सल्टेसन) लिन सक्ने सुविधा उपलब्ध छ। यस सुविधाले जटिल स्वास्थ्य समस्याको उपचारका लागि विशेषज्ञ परामर्श लिन भारत जानुपर्ने बाध्यता, समय र खर्च न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास अस्पतालले लिएको छ। किस्ट शिक्षण अस्पतालले आधुनिक उपचार पूर्वाधार, विशेषज्ञ चिकित्सकीय सेवा तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँगको सहकार्यलाई थप सुदृढ बनाउँदै नेपाली बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सडकमै बसेर खाना खाँदै सुकुमबासी, तस्बिरमा हेर्नुहोस्
Latest NewsJust now

सडकमै बसेर खाना खाँदै सुकुमबासी, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । स्थानीय प्रशासनले होल्डिङ सेन्टरमा‌ खाना प्रवेश नदिए पछि बोडेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीले सडकमै बसेर खाना खाएका छन् । जेनजी अभियन्ता माजिद अन्सारी सहितको समूहले ल्याएको खाना... ...

रातोपाटी
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा संकलन
Latest NewsJust now

मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा संकलन

मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी संकलन भएको छ। मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम संकलन भएको संकलन भएको हो। समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ...

नेपालन्युज
चार महिनामा मुक्तिनाथ मन्दिरमा ४५ लाखभन्दा बढी भेटी संकलन
Latest NewsJust now

चार महिनामा मुक्तिनाथ मन्दिरमा ४५ लाखभन्दा बढी भेटी संकलन

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४५ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । मुक्तिनाथ विकास समितिका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि कात्तिकसम्म रसिद र दान पेटिकामार्फत कुल ४५ लाख ४६ हजार ८३२ रुपैयाँ बराबरको भेटी संकलन भएको हो । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement