तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य

काठमाडाैँ । मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ। २७ करोड २२ लाख रूपैयाँ लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटक-पटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो। पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको ईलाम सडक डिभिजनबाट ठेक्का सम्झौता अन्त्य गरेको हो। सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रूपैयाँको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ। ठेक्का सम्झौता अन्त्य गरिएको सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइनेछ।
Read Complete Original Article
Published originally on टक्सार
Related News
.jpg)
अमेरिका पुगेपछि बोल्सोनारोको राष्ट्रपति भएको दाबी
ब्रासिलिया, कात्तिक १२ गते । ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिका पुगेपछि आफू निर्वाचित राष्ट्रपति भएको दाबी गर्नुभएको छ । उहाँले ब्राजिलको चुनावमा धाँधली भएको... ...

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते ‘अल टाइम बालोन डी ओर’
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफ्ना चिरप्रतिद्वन्द्वी लियोनेल मेस्सीलाई पछि पार्दै पहिलो संस्करणको ‘बालोन डी ओर अफ अल टाइम’ (बोट) अवार्ड जितेका छन्। म्यानचेस्टर युनाइटेडबाट सन् २००८ मा रोनाल्डोले गरेको प्रदर्शनलाई प्रतिष्ठापूर्ण... ...

अमेरिका पुगेपछि बोल्सोनारोद्वारा आफू राष्ट्रपतिमा निर्वाचित भएको दाबी
ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिका पुगेपछि आफू निर्वाचित राष्ट्रपति भएको दाबी गरेका छन् । उनले ब्राजिलको चुनावमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने बताए। यसअघि वर्तमान राष्ट्रपति... ...
.jpg)
कोरीमा लेक लागेका पर्यटकको हेलिमार्फत उद्धार
लेखनाथ समाचारदातालेखनाथ, कात्तिक १२ गते । कास्कीको मादी गाउँपालिक–१, कोरी पुग्दा लेक लागेपछि एक पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । रुपन्देहीकी २५ वर्षीय रश्मि पुनलाई बिहीबार... ...


