Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

तीन महिनामा ४२ अर्ब ३२ करोडभन्दा बढी वैदेशिक सहायता प्राप्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन महिनामा ४२ अर्ब ३२ करोडभन्दा बढी वैदेशिक सहायता प्राप्त
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ४२ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ । यस वर्ष साउन, भदौ र असोज गरी तीन महिनामा नेपालले कुल ४२ अर्ब ३२ करोड ५१ लाख ९२ हजार ७०२ रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । प्राप्त वैदेशिक सहायतामा ३४ अर्ब ३४ करोड दुई लाख २८ हजार ४७० रुपैयाँ ऋण र सात अर्ब ९८ करोड ४९ लाख ६४ हजार २३१ अनुदान छ । सरकारले यस वर्ष दुई खर्ब ४७ अर्ब २८ करोड सात लाख ऋण र ६१ अर्ब ७४ करोड ५४ लाख अनुदान गरी कुल तीन खर्ब नौ अर्ब दुई करोड ६१ लाख रुपैयाँ वैदेशिक सहायता प्राप्तिको लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वार्षिक लक्ष्यको १३.६९ प्रतिशत वैदेशिक सहायता प्राप्त भएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले प्राप्त गरेको वैदेशिक सहायता प्रतिबद्धता भने ज्यादै न्यून छ । ०८३ साउनदेखि असोज मसान्तसम्मको अवधिमा कुल ६ अर्ब ८७ करोड ११ लाख वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार, यस वर्ष साउनमा दुई अर्ब २० करोड ३८ लाख, भदौमा एक अर्ब ९३ करोड ७३ लाख र असोजमा दुई अर्ब ८७ करोड ११ लाख रुपैयाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । The post तीन महिनामा ४२ अर्ब ३२ करोडभन्दा बढी वैदेशिक सहायता प्राप्त appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘हिमालमा देखिएको सङ्कट मानवताकै सङ्कट हो’
Latest NewsJust now

‘हिमालमा देखिएको सङ्कट मानवताकै सङ्कट हो’

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानद्ववारा संयुक्त रूपमा आयोजित ‘एड्भान्सिङ द माउन्टेन एजेन्डास् ग्लेसियर्स, क्रायोस्फियर एन्ड रिजिलियन्स अन्डर ओभरसुट, शेयर्ड रिस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले हिमालमा देखिएको […] ...

लोकपथ
एनपीएलको लिग चरणबाटै बाहिरियो पोखरा, विराटनगर दोस्रो स्थानमा उक्लियो
Latest NewsJust now

एनपीएलको लिग चरणबाटै बाहिरियो पोखरा, विराटनगर दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराएको छ । पोखराले दिएको १३३ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर २ बलमा... ...

रातोपाटी
मातृत्वको भारी मूल्य : बच्चा जन्माएको २० वर्षपछि पनि किन घट्दैन महिलाको पीडा ?
Latest NewsJust now

मातृत्वको भारी मूल्य : बच्चा जन्माएको २० वर्षपछि पनि किन घट्दैन महिलाको पीडा ?

पिसाब तथा दिसा नियन्त्रण गर्न नसक्नेदेखि लिएर दीर्घकालीन शारीरिक दुखाइ र मानसिक आघातजस्ता स्वास्थ्य समस्यासँग बच्चा जन्माएको वर्षौँपछि पनि लाखौँ महिला निरन्तर संघर्ष गरिरहेका छन् । बच्चा जन्माउने क्रममा महिलाको ज्यान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play