Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

तीन निर्माण कम्पनी दुई वर्षका लागि कालोसूचीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन निर्माण कम्पनी दुई वर्षका लागि कालोसूचीमा
Photo / Coverage: नेपालन्युज

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको उक्त निकायले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कात्तिक २७ गतेको निर्णयानुसार ती कम्पनीहरूलाई कारबाही गरेको हो। शनिबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने स्पष्ट पारेको छ। बागमती गाउँपालिका, मकवानपुरको सिफारिसमा नेसनल कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिएको छ। काभ्रेपलाञ्चोकको रोशी-०६ ठेगाना रहेको उक्त कम्पनीका मुख्य व्यक्ति नबिनकुमार लामा हुन्। त्यसैगरी, सडक डिभिजन जनकपुरको सिफारिसमा बाम्ती भण्डार र नरसिंह जेभीलाई पनि दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ। महोत्तरीको जलेश्वर-०७ ठेगानामा रहेको यस संयुक्त उपक्रममा बाम्ती भण्डार प्रालि र नरसिंह कन्स्ट्रक्सन साझेदार छन्। यस कम्पनीका मुख्य व्यक्ति दिपेन्द्र झा हुन्। यस्तै, पूर्वाधार विकास कार्यालय डडेल्धुराको सिफारिसमा नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालि पनि कालोसूचीमा परेको छ। यस कम्पनीका मुख्य व्यक्तिहरू दिपकबहादुर सिंह र दिलराज जोशी रहेका छन्। कार्यालयका अनुसार सूचना प्रकाशित भएको मितिदेखि नै यो निर्णय कार्यान्वयनमा आएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वीरगन्ज कारागारमा २० कैदीबन्दीले मनाउँदै छन् छठ
Latest NewsJust now

वीरगन्ज कारागारमा २० कैदीबन्दीले मनाउँदै छन् छठ

एक पुरुष र १९ महिला कैदीबन्दीले कारागारभित्रै छठ मनाउन लागेका हुन् । उनीहरूको धार्मिक आस्थाको सम्मान गर्दै पर्व मनाउन छुट दिइएको कारागारले जनाएको छ । ...

कान्तिपुर
सोनिया गान्धीलाई लक्षित गरी विवादास्पद पोस्ट गरेपछि कंगनाविरुद्ध प्रहरीमा उजुरी
Latest NewsJust now

सोनिया गान्धीलाई लक्षित गरी विवादास्पद पोस्ट गरेपछि कंगनाविरुद्ध प्रहरीमा उजुरी

मुम्बई । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की सांसद कंगना रनौतविरुद्ध भारतको हिमाचल प्रदेशस्थित शिमलामा उजुरी (एफआईआर) दर्ता गरिएको छ। कंग्रेस नेत्री सोनिया गान्धी तथा गान्धी परिवारलाई लक्षित... ...

रातोपाटी
के एआईले पुँजीवादलाई समाप्त पार्ला?
Latest NewsJust now

के एआईले पुँजीवादलाई समाप्त पार्ला?

स्वचालित र सोच्न सक्ने मेसिनहरूले कुनै दिन व्यक्तिगत सम्पत्ति, श्रेणीगत संरचना र असमानतालाई अन्त्य गर्नेछन् भन्ने अवधारणा पश्चिमा राजनीतिक चिन्तन जत्तिकै पुरानो हो। एरिस्टोटलले आफ्नो ग्रन्थ ‘पोलिटिक्स’ मा ‘इलियाड’ महाकाव्यको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play