Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएका छन् । बोर्डले बिहीबार र शुक्रबार गरेर तीन कम्पनीको आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो । बोर्डले दुईवटा जलविद्युत् र एउटा उत्पादन तथा प्रशोधन समूहका लागि निष्कासन अनुमति दिएको हो । जसमा हिम पर्वत हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि कुल सेयरको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । ६५ प्रतिशत प्रमोटरलाई राखेर कम्पनीले अंकित मूल्यमा ५९ करोड १५ लाख रुपैयाँ बराबरको सेयर निष्कासनमा ल्याउनेछ । यस्तै, बोर्डले कुल सेयरको २१.२५ प्रतिशत साधारण सेयर निष्कासनका लागि कान्तिपुर फर्माटिकल्स ल्याब लिमिटेडलाई पनि अनुमति दिएको छ । यो कम्पनीको कुल १७ करोड रुपैयाँबराबरको १७ लाख कित्ता सेयर निष्कासन स्वीकृति पाएको हो । बोर्डले बिहीबार नै आशुतोष इनर्जी लिमिटेडको पनि सेयर निष्कासन स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई कुल सेयरको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता सेयर निष्कासनको अनुमति दिएको हो । The post तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डिजिटल विकासमा सरकार–टिकटक सहकार्य
Latest NewsJust now

डिजिटल विकासमा सरकार–टिकटक सहकार्य

काठमाडौं।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग टिकटक कम्पनीका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिला हेर्ने वरिष्ठ निर्देशक एमिर गेलेनले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। सो भेटका क्रममा डिजिटल रूपान्तरण, आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा मन्त्री डा. तिमिल्सिनाले नेपाल सरकार डिजिटल रूपान्तरणको अभियानलाई तीव्रता दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै टिकटक जस्ता सामाजिक सञ्जाल ...

नेपालन्युज
यू–१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित
Latest NewsJust now

यू–१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौँ। यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले कुनै पनि विकेट नगुमाई १९.१ ओभरमै पूरा गरेको हो... ...

रातोपाटी
सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
Latest NewsJust now

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन १२.९५ अंकले घटेको नेप्से परिसूचक आज २.६४ अंकले बढेर २ हजार ६५५.२२ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ३३६ वटा कम्पनीका १ करोड ७ लाख १३ हजार ८४२ कित्ता […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play