Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडाैं । तिहार तथा छठ पर्वमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणले विशेष तयारी गरेको छ । पर्वका समयमा विद्युत माग बढ्ने भएपनि आन्तरिक उत्पादनले नै माग धान्ने प्रक्षेपणसहित प्राधिकरणले नियमित र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाएको जनाएको छ । प्राधिकरणले विद्युत उत्पादन, प्रशारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गरेको छ । विद्युत आपूर्ति व्यवस्थापन तथा प्रणाली सञ्चालनबारे प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको थियो । बैठकले पर्व अवधिमा विद्युत आपूर्ति सहज बनाउन गरिएका तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौती व्यवस्थापनबारे समीक्षा गरेको थियो । त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी विद्युत आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्ति परिचालनबारे समन्वय गरिएको छ । कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सबै तयारी पूरा गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्नसमेत उहाँले निर्देशन दिनुभएको छ । प्रशारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गर्न तथा विद्युत आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न पनि निर्देशन दिइएको छ । नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउने व्यवस्था मिलाउन प्राधिकरणले सम्बन्धित कार्यालयहरूलाई भनेको छ । प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट पुग्ने अनुमान छ । उक्त समयमा विद्युत् उत्पादन भने करिव दुई हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ । कार्यकारी निर्देशक श्रेष्ठले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत आपूर्ति सहज बनाउन पर्याप्त विद्युत उपलब्ध हुने बताउनुभएको छ । पर्व अवधिभर विद्युतको माग र आपूर्तिको अवस्थाबारे एलडीसी, ग्रिड सञ्चालन विभाग तथा वितरण केन्द्रहरूबीच निरन्तर समन्वय र अनुगमन गरिने प्राधिकरणले जनाएको छ । प्रणालीमा आउन सक्ने सम्भावित समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्न प्राविधिक तथा व्यवस्थापकीय तयारीसमेत गरिएको छ ।यसैबीच, प्राधिकरणले तिहार तथा छठका अवसरमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र विद्युत चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ । विद्युत आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सास
Latest NewsJust now

भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सास

आमाका लागि सन्तानभन्दा ठुलो कुरा सायद अरू हुँदैन। त्यसैले धादिङको धुनिबेँसी नगरपालिका-९, कानाकोटकी ९४ वर्षीया सीता पाण्डे भोटेकोसी बाढीमा बेपत्ता छोरा फर्किन्छ कि भन्ने आशामा दिन गन्दै बसिन्। तर उनका साहिँलो छोरा नीरबहादुर पाण्डेको अवस्था पत्ता नलाग्दै उनी आफैँ यो संसारबाट बिदा भएकी छन्।  सीताका ४५ वर्षीय छोर... ...

नेपालखबर
तिहार बिदाका कारण कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
Latest NewsJust now

तिहार बिदाका कारण कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

• कातिक २४ र २५ गते तिहार पर्वको अवसरमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुनेछ। • फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कर्मचारीको बिदा हुने भएकाले फोहर व्यवस्थापनमा समस्या आउने छ। • नगरवासीलाई जथाभावी फोहर नफाल्न र व्यवस्थापन गर्न आग्रह गरिएको छ। ...

नेपालबहस
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर नउठ्ने
Latest NewsJust now

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर नउठ्ने

काठमाडौं । यही कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालिका वातारण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार २४ र २५ गते तिहार पर्वको अवसरमा उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो । कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play