Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन विद्युत प्राधिकरणको विशेष तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन विद्युत प्राधिकरणको विशेष तयारी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको जानकारी दिएको छ । उज्यालोको पर्व तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको जनाएको छ । तिहार तथा छठ पर्वका समयमा विद्युत प्रणालीको नियमित सञ्चालन र आपूर्ति व्यवस्थापनका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको छ । बैठकमा पर्वका समयमा विद्युत आपूर्ति सहज बनाउन गरिएका तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौतीको व्यवस्थापनबारे छलफल गरिएको थियो । त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यलय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी विद्युत आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्तिको परिचालनबारे छलफल तथा समन्वय गरिएको छ । कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । विद्युत आपूर्तिमा कुनै समस्या देखिएमा तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न उनले निर्देशन दिएका छन् । त्यसैगरी, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेका कार्य तत्काल सम्पन्न गरी विद्युत आपूर्तिमा हुन सक्ने सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन दिइएको छ । विद्युत आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउनसमेत सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ । तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युतको अधिकतम माग करिब १ हजार ७०० मेगावाट रहने अनुमान गरिएको छ। उक्त माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताए । सो अवधिमा विद्युत उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ । उनले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत आपूर्ति सहज बनाउन पर्याप्त विद्युत उपलब्ध हुने उल्लेख गरे । पर्व अवधिभर विद्युतको माग तथा आपूर्तिको अवस्थाको नियमित अनुगमन गर्न एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरिनेछ । प्रणालीमा आउन सक्ने सम्भावित समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गरिएको छ । यसैबीच, प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युतको सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारहरूको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ । विद्युत आपूर्तिसम्बन्धी समस्या वा गुनासो भएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको जनाएको छ । The post तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन विद्युत प्राधिकरणको विशेष तयारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गगनको प्रश्नसँग तिलमिलाइरहेको बालेन सत्ता
Latest NewsJust now

गगनको प्रश्नसँग तिलमिलाइरहेको बालेन सत्ता

राजनीतिक दर्शनशास्त्री अलेक्सी दे तोकभिलले सन् १८३५ मा प्रकाशित पुस्तक ‘डेमोक्रेसी इन अमेरिका’ मा लेखेका छन्, ‘जब लोकतान्त्रिक सरकारले नागरिकमा नियन्त्रण कायम गर्न थाल्छ र नागरिक अधिकारका सीमा तोक्न थाल्छ... ...

रातोपाटी
एलआरआर ग्रुपद्वारा धनतेरसको अवसरमा स्काईवेलसहित २६ युनिट गाडी हस्तान्तरण
Latest NewsJust now

एलआरआर ग्रुपद्वारा धनतेरसको अवसरमा स्काईवेलसहित २६ युनिट गाडी हस्तान्तरण

काठमाडौं । एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर आफूले आधिकारिक रुपमा आयात गर्ने विभिन्न ब्राण्डका २६ युनिट विद्युतीय गाडी ईभी ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले धनतेरसको अवसर पारेर स्काईवेल, जीली र बिएडब्ल्यू ईभी ग्राहकलाई हस्तान्तरण गरेको हो । एलआरआर ग्रुपका अनुसार स्काईवेलका १० युनिट ईभी शुक्रबार एकैदिन ग्राहकलाई हस्तान्तरण गरिएको छ । यसैगरी, बिएडब्लयू ई७ प्रो ८ युनिट पनि शुक्रबारै हस्तान्तरण गरिएको ...

कर्पोरट खबर
जाइकाले सुरु गर्‍यो बाढीले भत्काएको बीपी राजमार्गको पुनर्निर्माण
Latest NewsJust now

जाइकाले सुरु गर्‍यो बाढीले भत्काएको बीपी राजमार्गको पुनर्निर्माण

धुलिखेल । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्खेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुनर्निर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनर्निर्माणको लागि जाइकासँग दुई अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो । डिभिजन प्रमुख सुमन योगेशले जाइकाले हालै काम सुरु ...

केन्द्रबिन्दु
तिहारमा विद्युत् अभाव नहुने प्राधिकरणको दाबी, मागभन्दा उत्पादन बढी हुने
Latest NewsJust now

तिहारमा विद्युत् अभाव नहुने प्राधिकरणको दाबी, मागभन्दा उत्पादन बढी हुने

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट हुने अनुमान गरेको छ । प्राधिकरणले तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को पर्याप्त उपलब्ध गराउने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले तिहारको लक्ष्मीपूजाको दिन आवश्यक पर्ने विद्युत् आन्तरिक उत्पादनबाटै पर्याप्त हुने बताएका छन् । सो अवधिमा विद्युत् […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play