Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन के गर्दै छ प्राधिकरण ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन के गर्दै छ प्राधिकरण ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । तिहारको सबैभन्दा बढी विद्युत् खपत हुने दिन लक्ष्मीपूजामा मागभन्दा उत्पादन नै बढी हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ। तर सोही समयमा विद्युत् उत्पादन भने करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण छ। अनुमानित मागभन्दा उत्पादन करिब ८०० मेगावाट बढी हुने देखिएपछि प्राधिकरणले तिहार र छठमा विद्युत् आपूर्ति सहज रहने जनाएको छ। आन्तरिक उत्पादनबाटै पर्वको माग धान्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको भनाइ छ। विद्युत् खपत बढ्ने पर्वलाई लक्षित गर्दै प्राधिकरणले उत्पादन गृहदेखि उपभोक्ताको घरसम्मको आपूर्ति प्रणालीलाई तयारी अवस्थामा राखेको छ। सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न कर्मचारीलाई चौबीसै घण्टा परिचालन गर्न सकिने व्यवस्था मिलाइएको छ। प्राधिकरणले विद्युत् आपूर्ति व्यवस्थापनका लागि केन्द्रीय तथा प्रादेशिक कार्यालयबीच समन्वयसमेत बढाएको छ। कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा बसेको वरिष्ठ व्यवस्थापन टोलीको बैठकले पर्व अवधिमा प्रणाली सञ्चालन र सम्भावित जोखिम व्यवस्थापनका विषयमा समीक्षा गरेको थियो। त्यसपछि प्रणाली सञ्चालन विभाग, प्रसारण सञ्जाल सञ्चालन विभाग र वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका कार्यालय प्रमुखसँग संयुक्त भर्चुअल छलफल गरिएको थियो। विद्युत् मागको अवस्था, आपूर्ति प्रणालीको निगरानी र आवश्यक जनशक्ति परिचालनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्राधिकरणले जनाएको छ। पर्वका बेला कुनै स्थानमा विद्युत् अवरुद्ध भए तत्काल मर्मत गरेर सेवा सञ्चालन गर्न कार्यकारी निर्देशक श्रेष्ठले निर्देशन दिएका छन्। प्रसारण लाइन र वितरण प्रणालीमा देखिएका समस्या तथा बाँकी रहेका मर्मतका काम पनि तत्काल पूरा गर्न भनिएको छ। प्राधिकरणले उपभोक्ताका गुनासो सम्बोधनलाई पनि प्राथमिकतामा राखेको छ। विद्युत् सेवा अवरुद्ध भएको जानकारी लिन सञ्चालन गरिने ‘बत्ती गएको’ सेवामा आउने फोन नियमित उठाउन र प्राप्त गुनासोको छिटो समाधान गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ। विद्युत् माग र उत्पादन पर्याप्त भए पनि प्रणालीमा प्राविधिक समस्या आउन सक्ने भएकाले पर्वभरि निरन्तर निगरानी गरिनेछ। केन्द्रीय प्रणाली सञ्चालन विभाग, प्रसारण सञ्जाल सञ्चालन विभाग र वितरण केन्द्रबीच समन्वय गरेर समस्या पहिचान तथा समाधान गरिने प्राधिकरणको तयारी छ। यसैबीच, तिहारमा घर तथा सडकमा झिलिमिली बत्ती बाल्दा विद्युतीय सुरक्षामा ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ। घरमा प्रयोग भइरहेका तार, बत्ती र अन्य विद्युतीय उपकरणको अवस्था जाँच गर्न सुझाव दिइएको छ। कमसल सामग्री प्रयोग नगर्न र तारमा खराबी देखिए आफैँ मर्मत नगर्न प्राधिकरणले सचेत गराएको छ। विद्युत् चुहावट वा तारमा समस्या देखिए दक्ष प्राविधिकबाट मात्र मर्मत गराउनुपर्ने प्राधिकरणको आग्रह छ। आपूर्तिमा समस्या आए नजिकको वितरण केन्द्र वा सम्बन्धित गुनासो सेवा केन्द्रमा सम्पर्क गर्न पनि उपभोक्तालाई अनुरोध गरिएको छ। The post तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन के गर्दै छ प्राधिकरण ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै
Latest NewsJust now

त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई अधिकार प्रत्यायोजन गर्ने कार्य प्रारम्भ गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाका अनुसार विश्वविद्यालय अन्तर्गतका सबै निकायलाई पत्राचार गरी विकेन्द्रीकरणको नीतिगत निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ । उपकुलपति थापाले दीक्षान्त समारोह ७ वटै प्रदेशमा फरक ढंगले आयोजना गर्ने तयारी गरिएको र परीक्षा प्रणाली तथा नतिजा […] ...

काठमाण्डुपाटी
खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]
Latest NewsJust now

खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आजदेखि सुरु गरेको छ । काठमाडौं थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालन भइरहेको छ । ...

कान्तिपुर
खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)
Latest NewsJust now

खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)

काठमाडौँ, कात्तिक २१ गते । तिहारलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु भएको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालयमा सुर... ...

गोरखापत्र
यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?
Latest NewsJust now

यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?

काठमाडौं । तिहार अर्थात् उज्यालो र झिलिमिलीको पर्व । घरदेखि सडकसम्म झिलिमिली बत्तीले सजाउने तयारी भइरहँदा बजारमा चहलपहल पनि बढेको छ । यद्यपी यस वर्ष गत वर्षको तुलनामा व्यापार अपेक्षाअनुसार उत्साहजनक हुन नसकेको व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार यस वर्ष बाढीपहिरोका कारण आयातमा देखिएको अवरोध, सामानको सीमित उपलब्धता तथा उपभोक्ताको घट्दो क्रयशक्तिले झिलिमिली बत्तीको व्यापार प्रभावित भएको हो । विशेषगरी ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play