Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

तिहार र छठमा विद्युत् आपूर्ति अवरोधरहित बनाउन मन्त्रीको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार र छठमा विद्युत् आपूर्ति अवरोधरहित बनाउन मन्त्रीको निर्देशन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार र छठ पर्वका बेला विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्। बुधबार प्राधिकरण सञ्चालक समितिको बैठकअघि कार्यकारी निर्देशक तथा उच्च अधिकारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले चाडपर्वमा विद्युत्को सम्भावित माग र आपूर्तिको अवस्था विश्लेषण गरी आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएका हुन्। चाडपर्वका बेला विद्युत् खपत बढ्न सक्ने भएकाले मागअनुसार पर्याप्त विद्युत् उपलब्ध गराउन र वितरण प्रणालीलाई भरपर्दो बनाउन उनले आग्रह गरे। विद्युत् आपूर्तिमा अनावश्यक अवरोध हुन नदिन आवश्यक व्यवस्थापन मिलाउन पनि उनले निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले चाडपर्वलगत्तै सुरु हुने सुक्खायामको विद्युत् व्यवस्थापनका लागि अहिलेदेखि नै योजनाबद्ध तयारी गर्नुपर्नेमा जोड दिए। सुक्खायाममा आन्तरिक विद्युत् उत्पादनको अवस्था र आवश्यकताअनुसार विद्युत् आयातको सम्भावनासमेत अध्ययन गर्न उनले प्राधिकरणलाई निर्देशन दिएका छन्। सुक्खायाममा हुन सक्ने विद्युत् माग, आन्तरिक उत्पादन र सम्भावित आपूर्तिबीचको सन्तुलन यथार्थपरक रूपमा मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ। विद्युत् आपूर्तिमा आउन सक्ने समस्या पहिचान गरी समाधानका लागि तत्काल चाल्नुपर्ने कदमसहित विस्तृत कार्ययोजना तयार गर्न पनि उनले निर्देशन दिएका छन्। चाडपर्वको विद्युत् व्यवस्थापन र आगामी सुक्खायाममा आपूर्ति सुनिश्चित गर्ने विषयमा आवश्यक तयारी तथा कार्ययोजनासहित आगामी बैठकमा विस्तृत प्रस्तुतीकरण पेस गर्न प्राधिकरणका अधिकारीहरूलाई मन्त्री श्रेष्ठले निर्देशन दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नवनियुक्त महानिरीक्षक केसी भन्छन् - नागरिकले प्रहरीसँग भरोसा गरुन्
Latest NewsJust now

नवनियुक्त महानिरीक्षक केसी भन्छन् - नागरिकले प्रहरीसँग भरोसा गरुन्

नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ...

हाम्राकुरा
नेप्से, बीमा प्राधिकरण र निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्वमा नयाँ नियुक्ति
Latest NewsJust now

नेप्से, बीमा प्राधिकरण र निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्वमा नयाँ नियुक्ति

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से), नेपाल बीमा प्राधिकरण र निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्वमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी, नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा र निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा ...

लुम्बिनी सञ्चार
बैतडीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ६ जना घाइते
Latest NewsJust now

बैतडीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ६ जना घाइते

बुधबार राति ८ बजेतिर डडेलधुरा अस्पतालबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको हो । ...

कान्तिपुर
इनम सापकोटा र बिचौलियालाई चिन्दिनँ: गगन थापा
Latest NewsJust now

इनम सापकोटा र बिचौलियालाई चिन्दिनँ: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इनम सापकोटा र उनीजस्ता बिचौलियासँग आफ्नो कुनै चिनजान नरहेको स्पष्ट पारेका छन्। बुधबार शीर्ष नेताहरूको बैठकमा बोल्दै उनले आफूले कसैलाई पनि पैसा नदिएको दाबी गरेका हुन्। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले १८ करोड रुपैयाँ दिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको थापाले बताए। उनले भने, ‘तपाईंहरूलाई लाग्न सक्छ, मेरो सभापतिले पैसा खुवायो कि भन्ने। तर म स्पष्ट ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play