Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

तिहार बिदामा मुस्ताङमा पर्यटकको घुइँचो

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार बिदामा मुस्ताङमा पर्यटकको घुइँचो
Photo / Coverage: नेपालन्युज

मुस्ताङ।तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको संख्या वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको संख्या बढेका हुन्। यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र पछि मुस्ताङमा अपेक्षा गरेअनुरुप पर्यटक भित्रिन सकेका थिएनन्। भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीलगायत प्राकृतिक जोखिमको प्रक्षेपण गरिएकाले मुस्ताङमा विगतका वर्षभन्दा यस वर्ष पर्यटक सोचेअनुसार आउन सकेका थिएनन्। तर, तिहार नजिकिएसँगै मौसम अनुकूल बन्दै गइरहेकाले स्वदेशी तथा विदेशी पर्यटकको आगमन संख्या बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। यहाँका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार तिहार नजिकिएसँगै विदेशीभन्दा स्वदेशी पर्यटकको संख्या दुई तिहाइले वृृद्धि भएको हो। तिहार पर्वको छेकोमा स्कुल, कलेज, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सहकारी, टोल समितिलगायतको व्यक्तिहरु मुस्ताङ घुम्न आउने गरेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कअनुसार कात्तिक १ देखि १५ गतेसम्म ३५ हजार ८५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन्। जसअन्तर्गत स्वदेशी पर्यटकको संख्या २७ हजार १०७ जना र विदेशी पर्यटकको संख्या आठ हजार ७५१ जना रहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए। विदेशी पर्यटकतर्फ सार्क राष्ट्रबाट सात हजार ७१४ जना र अन्य राष्ट्रबाट एक हजार ३७ जनाले मुस्ताङको भ्रमण गरेका उनको भनाइ छ। तिहारको छेकोमा मुस्ताङ भ्रमणमा आएकामध्ये अधिकांश मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेका र केही पर्यटक कोरला नाकासम्म पुग्ने गरेका छन्। मुस्ताङमा हिउँद यामको चिसो ह्वात्ते बढेका भए पनि छठ पर्वसम्म सरकारी बिदा पर्ने भएकाले स्वदेशी पर्यटकको आगमन रहिरहने पर्यटन व्यवसायीको भनाइ छ। तिहार तथा छठको अवधिमा युवापुस्ताको घुमफिरको रोजाई मुस्ताङ बन्दै गइरहेको मुक्तिनाथका पर्यटन व्यवसाय सुरज गुरुङले उल्लेख गरे। यसरी आएका पर्यटक मुक्तिनाथको दर्शन गर्ने बहानामा मुस्ताङका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी फर्किने गरेको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए। धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा बर्सेनि सडक यातायात सहज भएसँगै पर्यटकको संख्या वृद्धि हुने गरेको छ। यसपाली बेनी–जोमसोम सडक अवरुद्ध हुँदा र केही समय मौसम प्रतिकूलताका कारण पर्यटन आवागमनमा असर पुगेता पनि गत वर्ष आगमन संख्यामा भने कुनै असर परेको देखिँदैन। पर्यटकीय अनुकूलमा दिनहु हजारौँ पर्यटक मुस्ताङ भित्रिने गरेका हुन्छन् भने दसैं–तिहार र छठ पर्व जस्ता चाडपर्वहरुमा स्कुल र कलेजका विद्यार्थी मुस्ताङ घुम्न आउँछन्। मुस्ताङ घुम्न आएका पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन पहिलो गन्तव्य हुने गरेको छ। त्यसपछि भने कोरला नाका, लोमान्थाङ दरबार झोङ गुफा, घर गुम्बा, दामोदरकुण्ड तीर्थ, चिउसी गुफा, ढुम्बाताल, कागबेनी, जामसोम, मार्फा र थासाङ गाउँपालिकाको सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवलोकन गरी फर्किने गरेका छन्। हिमाली जिल्लाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा ,जैविक विविधता, रहनसहन र वेषभूषा र हिमाली सम्यताको अवलोकन गरी फर्किने गर्छन्। पछिल्लो समय नेपाल–चीन उत्तरी कोरला नाका आन्तरिक पर्यटकका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मीपूजामा केराको थम्बाको व्यापार
Latest NewsJust now

लक्ष्मीपूजामा केराको थम्बाको व्यापार

विराटनगर। झिलिमिलीको चाड तिहार पर्व सुरू भएको छ। दीपावलीको उज्यालोसँगै नेपाली समाजमा विभिन्न सांस्कृतिक परम्परा र विधिहरू जोडिएका छन्, जसमध्ये लक्ष्मीपूजाका दिन घर र पसलको मूलढोकामा केराको थम्बा (बोट) गाड्नु एक प्रमुख धार्मिक अनुष्ठान मानिन्छ। यही धार्मिक आस्था र परम्परालाई व्यापारमा बदलेर सुनसरीका विजयकुमार मेहता विगत पाँच वर्षदेखि विराटनगरका बजारमा केराको थम्बा विक्री गरिरहेका छन्। तिहारको दोस्रो दिन अर्थात् लक्ष्मीपूजाको बिहानै विराटनगरका ...

नेपालन्युज
व्यावसायिक सयपत्री खेती गर्दै आएका कृषकमा उत्साह
Latest NewsJust now

व्यावसायिक सयपत्री खेती गर्दै आएका कृषकमा उत्साह

इमान सिं रानारामपुर (पाल्पा), कात्तिक २२ गते । व्यावसायिक सयपत्री खेती गर्दै आएका पाल्पाका कृषकहरुको बारीमा ढकमक्क फूल फक्रिएको छ । तिहारका लागि सयपत्री टिप्न र माला तयार गर्नमा व्... ...

गोरखापत्र
साइबर ब्युरोमा पुगे कांग्रेस सह-महामन्त्री शिवाकोटी
Latest NewsJust now

साइबर ब्युरोमा पुगे कांग्रेस सह-महामन्त्री शिवाकोटी

काठमाण्डु- नेपाली कांग्रेसका सह-महामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरो पुगेर हाजिर भएका छन्। उनले आफूसँगै कानुन व्यवसायीहरू पनि लिएर गएका थिए । साइबर ब्युरोभित्र उनलाई मात्रै छिर्न दिएर कानुन व्यवसायीलाई रोकेको दाबी उनीनिकटले गरेका छन्। शिवाकोटीले कानुन व्यवसायीलाई समेत साथमा लैजान खोजेका थिए। आइतबार शिवाकोटीले चाडपर्वको बिदाका बेलासमेत प्रहरीले ताकेता गरेपछि आफू साइबर ब्युरो […] ...

काठमाण्डुपाटी
पाँच मिनेटमा एक माइल दौडिँदै चार रुबिक्स क्युब मिलाएर विश्वकीर्तिमान
Latest NewsJust now

पाँच मिनेटमा एक माइल दौडिँदै चार रुबिक्स क्युब मिलाएर विश्वकीर्तिमान

बेलायतका एक धावकले दौड र पजल समाधान गर्ने सीपलाई एकसाथ प्रयोग गर्दै अनौठो विश्वकीर्तिमान कायम गरेका छन् । बेलायती धावक जर्ज स्कोलीले एक माइल दौड पूरा गर्ने क्रममा चारवटा रुबिक्स क्युब मिलाएर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका हुन् । स्कोलीले गत १२ अक्टोबरमा क्यानडाको टोरन्टोस्थित सेन्ट्रल टेक हाई स्कुलको दौड ट्र्याकमा यो कीर्तिमान बनाएका थिए । उनले चारवटा रुबिक्स क्युब मिलाउँदै ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play