Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात
Photo / Coverage: पर्दाफास

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ । तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ । चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा सयपत्री फूलखेतीमा सक्रिय छन्। वर्षौंदेखि व्यवसायिक रुपमा खेती गर्दै आएका किसानहरुका लागि यो राम्रो आम्दानीको माध्यम बनेको छ । ज्ञानेन्द्र थापाले करिब १२–१३ वर्षदेखि व्यावसायिक रूपमा मखमली फूलखेती गर्दै आएका हुन् । उनले अहिले करिब दुई रोपनी क्षेत्रफलमा मखमली फूल लगाएका छन्। पहिले पनि फूल लगाउने गरेकामा पछिल्लो समय यसलाई नियमित व्यवसायका रूपमा अगाडि बढाएको उनले बताए। ‘विगत बर्षदेखि नै फूल रोपण गर्दै आएका हौँ। अहिले करिब दुई रोपनीमा मखमली फूल लगाएका छौँ । व्यवसायिक रूपमा नै अगाडि बढाउँछौँ। प्रत्येक वर्ष उति नै क्षेत्रफलमा खेती गर्छौँ,’ उनले भने। थापाका अनुसार यस वर्ष अघिल्लो वर्षको तुलनामा फूल उत्पादन कम भएको छ। अत्यधिक वर्षा र रोगका कारण फूलका बोट सुक्ने तथा डढ्ने समस्या देखिएको उनले बताए । फूलखेतीमा बीउको गुणस्तरदेखि औषधि तथा विषादीको प्रयोगसम्म ध्यान दिनुपर्ने उनको अनुभव छ । ‘यसवर्ष धेरै फूल डढ्यो, बोट खङ्ग्रङ्ग भयो। बल्लबल्ल फेरि पलाएको छ। पानी धेरै परेपछि फूलको बोट मर्ने समस्या छ । त्यसैले यसपालि पोहोरको तुलनामा फूल कम फुलेको छ,’ उनले भने। उत्पादनमा कमी भए पनि बजारमा फूलको मूल्य भने केही बढेको किसानको भनाइ छ । थापाका अनुसार यस वर्ष मखमली फूलको मूल्य प्रतिमाला ३० देखि ३५ रुपैयाँसम्म पुगेको छ । उनले केही दिनअघि मात्रै प्रतिमाला २५ रुपैयाँमा बिक्री गरेका थिए। थापाले असारको मध्यदेखि नै फूल टिपेर बिक्रीका लागि तयार पार्ने गरेका छन् । साउनको पहिलो तथा दोस्रो सातादेखि माला बाहिरी बजारमा पठाउन थालिन्छ। नेपाली मखमली माला भारत, अस्ट्रेलियालगायत देशमा समेत पुग्ने गरेको उनले बताए। उनका अनुसार एकपटकमा ४० देखि ५० हजारसम्म माला विदेश पठाउने व्यापारीले खरिद गर्ने गरेका छन् । भदौ र असोजसम्म नेपाली मखमली माला विदेश पुगिसक्ने गरेको उनको भनाइ छ । त्यसबाहेक काठमाडौंको कालीमाटी, इमाडोल, पोखरा तथा चितवनलगायत बजारमा समेत माला बिक्री हुने गरेको छ । मखमली फूलको बजार तिहारपछि पनि रहने भएकाले किसानलाई बिक्रीका लागि केही सहज हुने गरेको छ । तिहारपछि पनि बाँकी रहेका माला १० देखि १५ रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए। यस वर्ष सरकारले भारतीय फूल तथा माला आयातमा प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने विषयले नेपाली किसानको बजार मूल्य निर्धारणमा प्रभाव पार्ने थापाको अपेक्षा छ। ‘पोहोर भारतबाट फूल ल्याउन प्रतिबन्ध लगाइएको थियो। राम्रो मूल्य पाएका थियौँ। यसपालि पनि भारतबाट फूल ल्याउन बन्द गरियो भने नेपाली किसानले राम्रो भाउ पाउँछन् भन्ने आशा छ,’ उनले भने। त्यस्तै, राधिका थापाले पनि करिब १० वर्षदेखि मखमली फूलखेती गर्दै आएकी छन्। सुरुमा धानखेतका आलीमा फूल रोपेर खेती सुरु गरेकी उनले अहिले घरबारीमै फूल लगाउँदै आएकी छन्। फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसलाई निरन्तरता दिएको उनले बताइन्। राधिकाका अनुसार अहिले मखमली मालाको मूल्य प्रतिगोटा २५ रुपैयाँ छ । केही समयअघि २१ रुपैयाँमा बिक्री भइरहेको माला तिहार नजिकिँदै गर्दा क्रमशः महँगो हुँदै गएको उनको भनाइ छ। ‘मैंले फूलखेती गर्न थालेको करिब १० वर्ष भयो। सुरुमा धान रोपेको खेतका आलीमा लगाउँथ्यौँ। अहिले घरमै लगाउन थालेका छौँ। व्यापार राम्रो भएकाले यसलाई निरन्तरता दिएका हौँ। अहिले एउटा मालाको २५ रुपैयाँ दिइरहेका छन्। तिहार नजिकिँदै जाँदा मूल्य अझै बढ्छ भन्ने आशा छ,’ उनले भनिन्। राधिकाका अनुसार मखमली माला काठमाडौंमा मात्रै सीमित छैन। साउन–भदौदेखि नै व्यापारीले माला संकलन गरेर अस्ट्रेलिया, जापान र अमेरिकालगायत देशमा पठाउने गरेका छन्। विदेशमा रहेका नेपाली समुदायले समेत मखमली मालाको माग गर्ने भएकाले यसको बजार विस्तार भएको उनको भनाइ छ। उनले उत्पादन गरेको माला कालीमाटी, इमाडोल, पोखरा र चितवनलगायत बजारमा पनि पुग्ने गरेको छ। फूलको उत्पादन र बिक्रीको परिमाणअनुसार आम्दानी फरक पर्ने भए पनि यस वर्ष उनले मखमली फूलखेतीबाट ७० देखि ८० हजार रुपैयाँसम्म आम्दानी गरेको बताइन्। उनका अनुसार सयपत्री फूलको बिक्री भने मुख्यतः तिहार लक्षित हुने गरेको छ। कुकुर तिहारदेखि नै सयपत्री फूलको माग बढ्ने र व्यापारीले अर्डर गर्न थाल्ने गर्छन्। मखमली माला भने तिहारअघि नै विदेश पठाउने तथा तिहारपछि पनि बिक्री गर्न सकिने भएकाले यसको बजार तुलनात्मक रूपमा लामो समयसम्म रहने गरेको उनले बताइन्। सानो क्षेत्रफलबाट सुरु भएको फूलखेती अहिले किसानका लागि आम्दानीको माध्यम बनेको छ। विदेशमा समेत नेपाली मखमली मालाको माग बढ्दै जानुले फूलखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने सम्भावना देखाएको छ। तर उत्पादनमा मौसमको प्रभाव, रोगको प्रकोप र आयातित फूलसँगको प्रतिस्पर्धा किसानका लागि चुनौतीका रूपमा रहेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
OthersJust now

घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

२२ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब सवा १० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको हो । सडक खुलाउनका लागि उपकरण प्रयोग भइरहेको र करिब आधा घणटाभित्र सडक सञ्चालनमा आउने चितवन… ...

अनलाइन खबर
जाडो बढेसँगै हिमाली चौरीगोठ सुनसान, बेसीमा चहलपहल
OthersJust now

जाडो बढेसँगै हिमाली चौरीगोठ सुनसान, बेसीमा चहलपहल

जाडो छल्न किसानहरूले संखुवासभाको नुनढाकी, मादीको माथिल्लो क्षेत्र तथा तेह्रथुमको श्रीजुङ र मोराहाङका माथिल्लो क्षेत्रमा रहेका याक–चौरीका गोठ बेसी झारेका छन् । ...

अनलाइन खबर
दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी
OthersJust now

दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी

२२ कात्तिक, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ । काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजेतिर आगलागी भएको हो । बारमा लागेको आगो निभाउन दुई वटा दम्कल घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ । बारमा कोही पनि नभएका कारण बारका मालिकलाई बोलाउने प्रयास भइरहेको प्रहरीको… ...

अनलाइन खबर
६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे
OthersJust now

६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे

२२ कात्तिक, पोखरा । पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् । मादी गाउँपालिका-१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख (कात्तिक १५-२० गते) सम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन् ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play