काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावली तथा तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले उज्यालो, आत्मीयता र सद्भावको पर्व तिहारले सबैको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्। दियोको उज्यालोले अन्धकार हटाएझैँ तिहारले समाजमा व्याप्त निराशा, अविश्वास र विभाजन अन्त्य गरी आपसी सद्भाव, एकता र विश्वासलाई बलियो बनाओस् भन्ने कामना उनले गरेका छन्। थापाले तिहारले सबै नेपालीलाई सत्य, न्याय र सद्भावको बाटोमा अघि बढ्न प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन्। साथै, हरेक नेपालीको घरमा खुसी, मनमा आशा र मुलुकको साझा भविष्यमा समृद्धिको उज्यालो फैलियोस् भन्दै सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन्।
तिहारले निराशा र विभाजन चिर्दै एकता बलियो बनाओस् : गगन थापा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






