Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

तिहारलाई लक्षित गर्दै साढे ६४ करोड रुपैयाँको झिलिमिली बत्ती आयात

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारलाई लक्षित गर्दै साढे ६४ करोड रुपैयाँको झिलिमिली बत्ती आयात
Photo / Coverage: पर्दाफास

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए । यस वर्ष आयातको मूल्य करिब ८ प्रतिशत बढे पनि परिमाण भने करिब २७ प्रतिशत घटेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार कच्चा पदार्थको मूल्य, अमेरिकी डलरको विनिमय दर र ढुवानी खर्च बढ्दा विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ । उनका अनुसार विद्युतीय सामग्री उत्पादन तथा आयातमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ चीनबाट र केही भारतबाट आउने गरेका छन् । विशेषगरी चीनबाट आउने सामग्रीको मूल्य स्रोत बजारमै बढेकाले नेपाली बजारमा त्यसको असर परेको उनले बताए । झिलिमिली बत्तीमा प्रयोग हुने तामाको तारदेखि बाहिरी आवरणमा प्रयोग हुने प्लास्टिकसम्मका कच्चा पदार्थको मूल्य बढेको पौडेलले जानकारी दिए । उनले भने, ‘झिलिमिली बत्तीभित्र प्रयोग हुने तार, तामाको मूल्य र तारको आवरणका रूपमा प्रयोग हुने प्लास्टिकको मूल्य पनि बढेको छ । सामग्री उत्पादनमा प्रयोग हुने अधिकांश कच्चा पदार्थको मूल्य स्रोत बजारमै बढेको अवस्था छ ।’ कच्चा पदार्थको मूल्यसँगै अमेरिकी डलरको विनिमय दर बढ्दा पनि आयात लागत वृद्धि भएको उनको भनाइ छ । ‘डलर अघिल्लो वर्षभन्दा यस वर्ष बढेको र कच्चा पदार्थको लागत पनि वृद्धि भएकाले स्रोत बजारमै पर्ने प्रतियुनिट मूल्य बढेको हो,’ उनले भने । ढुवानी खर्चमा भएको वृद्धिले पनि आयातित सामग्री महँगिएको छ । पौडेलका अनुसार अघिल्लो वर्ष एउटा कन्टेनरको ढुवानी खर्च २ हजारदेखि २ हजार २०० अमेरिकी डलर थियो । अहिले ६ हजार डलर तिर्दासमेत कन्टेनर सहजै पाउन नसकिने अवस्था छ । ढुवानी खर्च करिब तीन गुणासम्म बढ्दा त्यसको भार अन्ततः उपभोक्ताले खरिद गर्ने सामग्रीको मूल्यमा पर्ने उनले बताए । चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित रूपमा सामग्री ल्याउन नसक्दा पनि आयात लागत बढेको पौडेलले बताए । केरुङ नाकाबाट सामान ल्याउँदा तुलनात्मक रूपमा कम खर्च पर्ने भए पनि अहिले वीरगन्जलगायत अन्य भन्सार नाकाबाट घुमाएर ल्याउनुपर्ने अवस्था रहेको उनले जानकारी दिए । पौडेलका अनुसार बजारमा विद्युतीय सामग्रीको माग रहे पनि आपूर्ति पक्ष कमजोर बनेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै व्यवसायीसँग पर्याप्त मौज्दात छैन । मूल्य बढे पनि कारोबारको परिमाण भने सोही अनुपातमा बढ्न नसकेको उनले बताए । कच्चा पदार्थ, डलरको विनिमय दर र ढुवानी खर्च बढ्नुका साथै आपूर्तिमा समेत समस्या देखिएकाले यस वर्ष तिहारमा झिलिमिली बत्तीको मूल्य गत वर्षभन्दा महँगो पर्ने व्यवसायीको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस देउवा समूहले कात्तिक २२ सम्म जिल्ला अधिवेशन सक्ने, खुल्लामन्चमा महाधिवेशन गर्ने
OthersJust now

कांग्रेस देउवा समूहले कात्तिक २२ सम्म जिल्ला अधिवेशन सक्ने, खुल्लामन्चमा महाधिवेशन गर्ने

नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी गरेको छ । उक्त समूहका नेता दिपकप्रसाद कुइँकेलका अनुसार हिजो आइतबारसम्म २५ जिल्लाको अधिवेशन सकिएको र आज सोमबार थप २५ जिल्लाको अधिवेशन जारी छ । ‘हामी धमाधम जिल्ला अधिवेशनहरु गरिरहेका छौं । कात्तिक १५ सम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका रहेपनि प्रतिकूल मौसमका कारण प्रभावित भएकाले २२ ...

पर्दाफास
न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउन सर्वोच्चको आग्रह
OthersJust now

न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउन सर्वोच्चको आग्रह

सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अदालतले तथ्यमा आधारित, निष्पक्ष र स्वतन्त्र ढंगबाट समाचार सम्प्रेषण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । सोमबार जारी प्रेस विज्ञप्तिमार्फत सर्वोच्च अदालतले संविधान र कानुनको सर्वोच्चता तथा कानुनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको हो । सार्वजनिक रूपमा प्रकाशित ...

पर्दाफास
अनलाइनखबर ५० प्रभावशाली महिला २०८३ को मनोनयन खुला
OthersJust now

अनलाइनखबर ५० प्रभावशाली महिला २०८३ को मनोनयन खुला

अनलाइनखबरले यस वर्ष पनि ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘५० प्रभावशाली महिला २०८३’ को सूची सार्वजनिक गर्ने भएको छ । यसका लागि अनलाइनखबरले सोमबार मनोनयन खुला गरेको छ । ...

अनलाइन खबर
चीन र रुसमाथि पनि जासुसी गरिरहेको ट्रम्पको दाबी
OthersJust now

चीन र रुसमाथि पनि जासुसी गरिरहेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको भए पनि अमेरिकाले उनीहरूको निगरानी गरिरहेको र यसमा आफूहरू अझ सक्षम रहेको दाबी गरेका छन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play