Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

तिहारमा विद्युत् अभाव नहुने, २४सै घण्टा प्राविधिक टोली परिचालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा विद्युत् अभाव नहुने, २४सै घण्टा प्राविधिक टोली परिचालन
Photo / Coverage: पर्दाफास

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित राख्न विशेष व्यवस्थापन गरेको छ । लक्ष्मीपूजाका दिन विद्युत्को मागभन्दा आन्तरिक उत्पादन बढी हुने प्रक्षेपण गर्दै प्राधिकरणले सम्भावित प्राविधिक अवरोध तत्काल समाधान गर्न चौबीसै घण्टा जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाएको हो । प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट पुग्ने अनुमान छ । सोही अवधिमा विद्युत् उत्पादन करिब दुई हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ । अनुमानित मागभन्दा उत्पादन करिब ८०० मेगावाट बढी हुने भएकाले आन्तरिक उत्पादनबाटै माग धान्न सकिने प्राधिकरणको आकलन छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन निर्देशन दिएपछि प्राधिकरणले उत्पादन, प्रसारण तथा वितरण प्रणालीको निगरानी र सम्भावित समस्या समाधानका लागि तयारी तीव्र बनाएको हो । मन्त्री श्रेष्ठले गत बुधबार प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहित उच्च अधिकारीहरूलाई विद्युत्को माग र आपूर्तिको पूर्वानुमानका आधारमा आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका थिए । उनले उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्ने संयन्त्र प्रभावकारी बनाउनसमेत जोड दिएका थिए । मन्त्रीको निर्देशनपछि कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा प्राधिकरणको वरिष्ठ व्यवस्थापन टोली तथा प्रादेशिक कार्यालय प्रमुखहरूबीच छलफल भएको छ । बैठकमा विद्युत् प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा वितरण एवं ग्राहक सेवा निर्देशनालयअन्तर्गतका कार्यालयसँग समन्वय गरी आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मत गरी सेवा सञ्चालन गर्न तथा प्रसारण लाइन र वितरण प्रणालीको नियमित निरीक्षण गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । साथै, विद्युत् अवरुद्ध भएको जानकारी दिन सञ्चालनमा रहेका ‘नो लाइट’ सेवाका फोन अनिवार्य उठाउने र उपभोक्ताका गुनासा शीघ्र सम्बोधन गर्ने व्यवस्था मिलाउन भनिएको छ । प्राधिकरणले चाडपर्वका समयमा विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरण गर्न उपभोक्तालाई सावधानी अपनाउन पनि आग्रह गरेको छ । घरमा प्रयोग हुने तार, बत्ती तथा अन्य विद्युतीय उपकरणको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगर्न अनुरोध गरिएको छ । विद्युत्सम्बन्धी समस्या आए दक्ष प्राविधिकको सहयोग लिन तथा आपूर्ति अवरुद्ध भए नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा जानकारी गराउन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले आन्तरिक उत्पादन पर्याप्त हुने प्रक्षेपण गरे पनि नियमित विद्युत् आपूर्ति कायम राख्न प्रसारण तथा वितरण प्रणालीको प्रभावकारी सञ्चालन र सम्भावित प्राविधिक समस्याको समयमै समाधान आवश्यक हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात
OthersJust now

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात

२१ कात्तिक, चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङ्कङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती देशमा पठाइएको हो । स्थानीय गोविन्द बाँस्तोलाको परिवारले उत्पादन गरेका तीन हजार सयपत्री र दुई हजार मखमलीका माला हङ्कङ पठाएको… ...

अनलाइन खबर
झिलिमिली काठमाडौंको बीचमा धपक्क त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)
OthersJust now

झिलिमिली काठमाडौंको बीचमा धपक्क त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

शनिबार साँझ ड्रोनबाट नियाल्दा उपत्यकाको दृश्य मनमोहन देखियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान झनै आकर्षक देखियो । ...

अनलाइन खबर
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
OthersJust now

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

२१ कात्तिक, काठमाडौं । साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषाका पाँच कृति आज एकैसाथ विमोचन गरिएको छ । पूर्वअर्थमन्त्री शङ्कर कोइराला, नेपाल सरकारका पूर्वमुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा ती कृतिको विमोचन गरे । पूर्वसहसचिवसमेत रहनुभएकी श्रेष्ठका नेपाली भाषाका ‘सपनाको उडान’ कथासङ्ग्रह र… ...

अनलाइन खबर
कांग्रेसको असली ‘भिलेन’ गगन होइन, गरिबी र बेरोजगारी हो : शशांक कोइराला
OthersJust now

कांग्रेसको असली ‘भिलेन’ गगन होइन, गरिबी र बेरोजगारी हो : शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकअर्कालाई ‘भिलेन’ बनाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै गरिबी, अशिक्षा र बेरोजगारी नै पार्टीको मुख्य चुनौती रहेको बताएका छन् ।शनिबार काठमाडौँमा आयोजित नेपाली कांग्रेसको १५औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गगन थापाप्रति लक्षित आलोचनाले उल्टै उनको चर्चा र महत्त्व बढाइरहेको टिप्पणी गरे । ‘हामीले गगन थापालाई यति धेरै महत्त्व किन दिन्छौँ ? तपाईं जति गाली ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play