Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

तिहारमा झिनियाको व्यापार चम्कियो, घरमै बसेर लाखौँ आम्दानी गर्दै म्याग्दीका उद्यमी

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा झिनियाको व्यापार चम्कियो, घरमै बसेर लाखौँ आम्दानी गर्दै म्याग्दीका उद्यमी
Photo / Coverage: विश्वखबर

काठमाडौं – तिहार नजिकिएसँगै म्याग्दीको बेनी बजारमा परम्परागत परिकार झिनिया रोटीको व्यापार बढेको छ । चाडपर्वलाई लक्षित गरी झिनिया उत्पादन गर्दै आएका स्थानीय उद्यमीलाई मागअनुसार उत्पादन गर्न भ्याइनभ्याइ भएको छ । घरपरिवारका सदस्यदेखि श्रमिकसम्म परिचालन गरेर उनीहरू झिनिया उत्पादनमा जुटेका छन् । बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा व्यस्त हुनुहुन्छ । छोराछोरी विदेशमा रहेकाले उ र उनका श्रीमान्ले चाडपर्वको समयमा झिनिया उत्पादन गर्दै आएको छ । तिहारमा माग बढेपछि उहाँले एक जना श्रमिकसमेत राख्नुभएको छ । श्रेष्ठका अनुसार दसैँ र तिहारको अवधिमा तीनदेखि चार लाख रुपैयाँसम्मको झिनिया बिक्री हुने गरेको छ । उत्पादित झिनिया बेनी बजारका साथै म्याग्दीका ग्रामीण क्षेत्र, पर्वत, बागलुङ र पोखरासम्म पुग्ने गरेको उहाँले बताउनुभयो । “तिहारमा माग धेरै आउँछ । त्यसैले एक जना श्रमिक राखेर उत्पादन गरिरहेका छौँ”, उनले भने । मङ्गलाघाटकै हेमबहादुर पुनको परिवारका १० जना सदस्य झिनिया उत्पादनमा संलग्न छन् । पुनका अनुसार दैनिक एक बोरा चामलको पिठो बराबरको झिनिया उत्पादन हुने गरेको छ । पछिल्लो दुई महिनादेखि परिवारका सबै सदस्य उत्पादनमा खटिएका छन् ।दसैँ–तिहारको समयमा दुईदेखि तीन लाख रुपैयाँसम्मको झिनिया बिक्री हुने गरेको उनले बताए । बेनी बजारसँगै पोखराबाट समेत माग आउने गरेको र उत्पादन गर्न सके बजारको समस्या नरहेको उनको अनुभव छ । “उत्पादन गर्न सके बिक्रीको समस्या छैन । बजारबाट माग आइरहेको छ”, पुनले भने । २५ वर्षदेखि झिनिया उत्पादन बेनी नगरपालिका–७ की टकसरा राना विगत २५ वर्षदेखि झिनिया बनाउँदै आउनुभएको छ । परम्परागत सीप र संस्कृतिसँग जोडिएको यो व्यवसायले उनलाई घरखर्च चलाउन आर्थिक सहयोग पुर्‍याएको छ । “झिनिया बनाउने परम्परागत संस्कृति भएकाले छाड्न सकिएन । दिनभर त्यसै बस्नुभन्दा झिनिया बनाउँदा घरखर्चका लागि रकम पनि जम्मा हुन्छ”, उनले भने । उहाँका अनुसार बेनी बजार, ग्रामीण क्षेत्र र पोखराबाट झिनियाको माग आउने गरेको छ । विदेशबाट समेत माग आउने गरेको उहाँको अनुभव छ । दुई वर्षअघि अस्ट्रेलियाबाट २५ हजार रुपैयाँ बराबरको झिनियाको माग आए पनि पर्याप्त उत्पादन गर्न नसक्दा १३ हजार रुपैयाँ बराबरको मात्रै पठाउन सकिएको उनले सुनाए । परम्परागत सीपबाट स्वरोजगार नेपाली मौलिक परिकारमध्ये झिनियालाई झिलिङ्गा रोटी पनि भनिन्छ । चामलको पिठोबाट तयार गरिने यो परिकार विशेषगरी तिहारमा बढी प्रयोग हुन्छ । दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयता साटासाट गर्ने, आफन्त भेट्न जाने र पाहुनाको सत्कार गर्ने क्रममा झिनिया रोटीको प्रयोग हुने बेनी नगरपालिका–७ की टकसरा रानाको भनाइ छ । झिनिया तयार गर्न सुरुमा चामलको पिठो पकाइन्छ । त्यसपछि मेसिनमा पेलेर चाउचाउको जस्तो त्यान्द्रो निकालिन्छ । त्यसलाई दुई दिनसम्म घाममा सुकाएपछि झिनिया तयार हुन्छ । पछिल्लो समय परम्परागत तरिकासँगै विद्युत्बाट चल्ने मेसिनको प्रयोगसमेत बढेको छ । झिनिया बनाउन कम्तीमा तीन जना जनशक्ति आवश्यक पर्ने उद्यमीहरू बताउँछन् । तीन जनाले एक दिनमा ३५० वटाभन्दा बढी झिनिया बनाउन सक्छन् । तयार भएको झिनियालाई घ्यू वा तेलमा तारेर खान सकिन्छ । बजारमा १२ वटा झिनियाको मूल्य १४० देखि १५० रुपैयाँसम्म पर्ने गरेको छ । मङ्गलाघाटमै २० उद्यमी मङ्गलाघाटमा मात्रै करिब २० जना झिनिया उद्यमी रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । उहाँका अनुसार तिहारको समयमा अधिकांश उद्यमी उत्पादनमा व्यस्त हुने गरेका छन् । झिनिया आकर्षक देखिने, स्वादिलो हुने र सजिलै पकाएर खान सकिने भएकाले यसको माग चाडपर्वमा बढी हुने गरेको छ । आफन्तकहाँ जाँदा कोसेलीका रूपमा लैजाने चलनले पनि यसको बजार विस्तारमा सहयोग पुगेको छ । उपभोक्ता समिता पुनका अनुसार घरमै झिनिया बनाउन झन्झट हुने र तयार पारेपछि बिग्रने जोखिमसमेत रहने भएकाले बजारबाट किनेर लैजान सहज हुने गरेको छ । प्रविधि र भण्डारणको आवश्यकता स्थानीय उद्यमीहरूले झिनिया उत्पादनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सहयोग आवश्यक रहेको बताएका छन् । मेसिन, उत्पादनसम्बन्धी तालिम तथा सुरक्षित भण्डारणका लागि आवश्यक औजार र उपकरणको व्यवस्था भए उत्पादन क्षमता बढाउन सकिने उद्यमी हरिकुमार श्रेष्ठको भनाइ छ । घरायसी कामबाट बचेको समय उपयोग गर्दै झिनिया उत्पादन गर्दा आम्दानी हुने र परिवारको आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने उद्यमीहरू बताउँछन् । परम्परागत स्वाद र संस्कृतिसँग जोडिएको झिनिया उत्पादन अहिले म्याग्दीका महिलासहित स्थानीय परिवारका लागि आम्दानी र स्वरोजगारको माध्यमसमेत बनेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वीरगन्ज नाकाबाट भटमासको तेलको निर्यात उकालो लाग्दा पाम तेलको ओरालो
Latest NewsJust now

वीरगन्ज नाकाबाट भटमासको तेलको निर्यात उकालो लाग्दा पाम तेलको ओरालो

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रशोधित भटमासको तेल, फलफूलको जुस तथा फलाम र फलामबाट बनेका सामग्रीको निर्यात बढेको छ । तर प्रशोधित पाम तेल र अन्य खाद्य तेलको निकासी भने घटेको छ । ...

कान्तिपुर
नेपाल संवत् : ऋणमोचनदेखि राष्ट्रिय पहिचानसम्म
Latest NewsJust now

नेपाल संवत् : ऋणमोचनदेखि राष्ट्रिय पहिचानसम्म

काठमाण्डु – नेपाल संवत् ११४७ मंगलबारदेखि सुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन्। नेपाल संवत् नेपालको मौलिक इतिहास, संस्कृति र सामाजिक चेतनासँग जोडिएको विशिष्ट संवत् हो। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाबाट नयाँ वर्ष सुरु हुने यो संवत् विशेषगरी नेवार समुदायको सांस्कृतिक जीवनसँग […] ...

काठमाण्डुपाटी
सिंगापुरको जागिर छाडेर कार्टुनिस्ट बनेका अनुप
Latest NewsJust now

सिंगापुरको जागिर छाडेर कार्टुनिस्ट बनेका अनुप

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिगको तेस्रो संस्करण भव्य रूपमा चलिरहेको छ । तर, कार्नुनिस्ट अनुप तमु गुरुङलाई एनपिएलले खासै छोएको छैन । किनकि उनलाई सबैभन्दा बढी... ...

रातोपाटी
कालिमाटी बजारमा सिताके च्याउ प्रतिकिलो एक हजार, पार्सले २८ सय रुपैयाँ
Latest NewsJust now

कालिमाटी बजारमा सिताके च्याउ प्रतिकिलो एक हजार, पार्सले २८ सय रुपैयाँ

काठमाडौं – कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न फलफूल, तरकारी, सागपात तथा अन्य खाद्यवस्तुको थोक मूल्य सार्वजनिक गरेको छ । समितिको दैनिक मूल्यसूचीअनुसार ११६ प्रकारका वस्तुको न्यूनतम, अधिकतम र औसत मूल्य निर्धारण गरिएको छ । आजको मूल्यसूचीअनुसार तरकारीतर्फ सिताके च्याउ सबैभन्दा महँगो देखिएको छ। यसको प्रतिकिलो मूल्य न्यूनतम ८०० देखि अधिकतम एक हजार रुपैयाँसम्म कायम गरिएको ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play