Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

तिहारको रौनकभन्दा धान भण्डारणको चटारोमा भोजपुरका किसान

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारको रौनकभन्दा धान भण्डारणको चटारोमा भोजपुरका किसान
Photo / Coverage: विश्वखबर

काठमाडौं – धानबाली भित्र्याउने समय र तिहारको चाडपर्व एकैपटक परेपछि भोजपुरका किसानलाई दोहोरो चटारो परेको छ । पाकेको धान काट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्ने काममा व्यस्त हुँदा किसानले यस वर्ष तिहारको रमझममा पर्याप्त समय दिन पाएका छैनन् । भोजपुर नगरपालिका–५ का किसान रुपनारायण फुयालले धान भित्र्याउने काममा व्यस्त हुनुपर्दा तिहार आएको अनुभूतिसमेत गर्न कठिन भएको बताए । चाडपर्वमा परिवारसँग बसेर रमाइलो गर्न मन भए पनि खेतीपातीको कामलाई प्राथमिकता दिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । फुयालका अनुसार कात्तिक १६ गतेदेखि अर्मपर्म गरेर धान भण्डारणको काम सुरु गरिएको भए पनि अझै सम्पन्न हुन सकेको छैन। किसानहरू एकअर्काको खेतमा पालैपालो सहयोग गर्दै धान भित्र्याइरहेका छन् । यही गतिमा काम अघि बढे मङ्सिर १० देखि १५ गतेसम्म पनि धान भण्डारणकै काममा व्यस्त हुनुपर्ने अवस्था रहेको उनले बताए । अर्की किसान करुणा थापाले धान भित्र्याउने समयमा कामदार पाउन समस्या भइरहेको बताउनुभयो। गाउँमा खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा धान भण्डारणको काम ढिलो भइरहेको उनको भनाइ छ । केही किसानले आफ्नो खेतको धान भित्र्याएपछि मात्रै अरूले कामदार पाउने भएकाले पालो कुर्नुपर्ने अवस्था रहेको उनले बताए । धान काट्ने, बिटा बाँध्ने, खेतबाट घरसम्म बोक्ने, झाट्ने, सुकाउने र भण्डारण गर्ने काममा धेरै श्रम र समय लाग्ने किसान बताउँछन्। अर्मपर्मको परम्पराअनुसार एकअर्कालाई सहयोग गर्दा पनि सबैको धान एकै समयमा भित्र्याउन नसकिने भएकाले कामको चाप बढेको छ । किसान अनुराग पोखरेलले धान पाकेर भित्र्याउने समय र तिहार एकैपटक परेकाले ग्रामीण क्षेत्रका किसानलाई दोहोरो जिम्मेवारी परेको बताउनुभयो। एकातिर वर्षभरि गरेको मेहनतको उपज सुरक्षित रूपमा घरमा भित्र्याउनुपर्ने र अर्कातिर चाडपर्व मनाउने चाहना हुँदा समय व्यवस्थापन गर्न कठिन भएको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा : मुख्यमन्त्री थापा मगर
Latest NewsJust now

नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा : मुख्यमन्त्री थापा मगर

उनले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे। ...

हाम्राकुरा
कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन
Latest NewsJust now

कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन

कमला आउजीको छाउगोठमा सर्पदंशबाट मृत्यु भएपछि कञ्चनपुरको कृष्णपुर–१ मा अभियान चलाएर ११८ गोठ भत्काइए, तर केही पुनः बनेका छन्। ...

कान्तिपुर
ऋण वर्गीकरणको व्यवस्था अव्यवहारिक र कडा भयोः अध्यक्ष उपाध्याय
Latest NewsJust now

ऋण वर्गीकरणको व्यवस्था अव्यवहारिक र कडा भयोः अध्यक्ष उपाध्याय

काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऋण वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थापन ९प्रोभिजनिङ० को विद्यमान व्यवस्था अव्यावहारिक र अत्यधिक कडा भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पुनरावलोकन गर्न माग गरेको छ । परिसंघका अध्यक्ष राजेश उपाध्यायले आर्थिक मन्दी तथा प्रतिकूल आर्थिक परिस्थितिका कारण ऋण भुक्तानी गर्न नसकेका व्यवसायी र नियतवश ऋण नतिर्ने व्यवसायीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए । ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play