Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

तिहारको झिलिमिली दृश्य हेर्न केबलकार चढ्दै इलासम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारको झिलिमिली दृश्य हेर्न केबलकार चढ्दै इलासम्म
Photo / Coverage: नेपालन्युज

नारायणगढ(चितवन) । तिहारका अवसरमा गैँडाकोटस्थित मौलाकाली केबलकार चढेर इला होटल पुग्ने पर्यटक यहाँबाट देखिने झिलिमिली दृश्यले आकर्षित भएका छन् । डाँडाबाट देखिने समथर बजार, सलल बगेको नारायणी नदी र नदीमा प्रतिबिम्बित सहरका बत्तीको दृश्यले स्वर्गीय अनुभूति गराउँछ । सामान्य दिनमा पनि यहाँबाट सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । तर, तिहारजस्ता विशेष पर्वमा सहर र बस्ती झिलिमिली हुँदा यहाँको दृश्य थप आकर्षक देखिन्छ । इला होटलबाट नारायणी नदीपारि गैँडाकोटबाट नारायणगढ, भरतपुर हुँदै रत्ननगरसम्मको सहरी क्षेत्र तथा देवघाट र आसपासका बस्ती दीपावलीका कारण उज्यालो देखिन्छन् । यही मनोरम दृश्य अवलोकन गर्न पर्यटक मौलाकाली केबलकार चढेर इला होटल पुग्ने गरेका छन् । तिहारका अवसरमा पर्यटकको आकर्षणलाई लक्षित गर्दै इलासम्म पुग्नका लागि मौलाकाली केबलकार १८ घण्टा सञ्चालन भइरहेको छ । केबलकारका कार्यालय प्रमुख सुरज पौडेलका अनुसार यहाँ दैनिक रूपमा केबलकार चढेर इला होटल पुग्ने र यहाँको वातावरणमा रमाउने पर्यटक तथा धार्मिक भक्तजनको आगमन हुने गरेको छ । उनले भने, “यहाँ मन्दिरमा आउने भक्तजनहरू बिहान दिउँसो बढी हुनुहुन्छ । अनि कतिपय भक्तजन एक रात इलामा बसेर रमाइलो दृश्यका साथ बसेर मन्दिर दर्शन गरी फर्कनुहुन्छ ।” उहाँका अनुसार यहाँबाट साँझको समयमा रमाउन तथा आसपासको झिलिमिली दृश्य अवलोकन गर्न आउने पर्यटक बढिरहेका छन् । कतिपय पर्यटक साँझको समय होटलमा बिताएर मनोरञ्जन तथा दृश्यावलोकनपछि केबलकारमार्फत फर्कने गरेको उनले बताए । पौडेलका अनुसार पर्यटकको बसाइँ र मनोरञ्जनका लागि होटलमा ६५ वटा कोठा छन् । त्यस्तै, पौडी खेल्नका लागि ‘रुफटप स्विमिङ पुल’ (छतमा रहेको पौडीपोखरी) र रातिको समयमा आसपासको झिलिमिली दृश्य अवलोकन गर्दै रमाउन ‘रुफ स्काईबार’को व्यवस्था गरिएको छ । मौलाकाली केबलकार चढेर पर्यटक यहाँसम्म पुग्न सक्छन् । केबलकारका १४ वटा डिब्बा रहेकामा दैनिक १२ वटा सञ्चालन हुने गरेका छन् । एउटा डिब्बामा एकपटकमा आठ जनासम्म यात्रा गर्न सक्ने व्यवस्था छ । तिहारका अवसरमा केबलकार चढेर होटल इला पुग्ने, दृश्यावलोकन गर्ने र तस्बिर खिच्ने पर्यटकको सङ्ख्या उल्लेख्य रहेको पौडेलले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पटकाको छर्राले छातीमा लाग्दा मृत्यु
Latest NewsJust now

पटकाको छर्राले छातीमा लाग्दा मृत्यु

पर्सामा पटकाको छर्राले लाग्दा एक बालकको मृत्यु भएको छ।  पकहामैनपुर गाउँपालिका- २ मा आज बिहान पटका पट्काउने क्रममा छर्रा लागेर ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।  मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी छन्।  आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा छातीको बीच भागमा लाग्दा उनी गम्भीर घाइ... ...

नेपालखबर
तिहारको महत्व
Latest NewsJust now

तिहारको महत्व

चन्द्रभूषण सिंहकक्षा ८, सैनिक आवासीय महाविद्यालय, बर्दीबास, महोत्तरी ।दसैँपछिको ठुलो र महत्वपूर्ण चाड तिहार हो । कात्तिक महिनाको कृष्ण पक्ष त्रयोदशीदेखि शुक्ल पक्ष द्वितीयासम्म पाँ... ...

गोरखापत्र
वीरेन्द्रनगरमा प्रहरीको रातभर अप्रेसनः ५५ जुवाडे पक्राउ
Latest NewsJust now

वीरेन्द्रनगरमा प्रहरीको रातभर अप्रेसनः ५५ जुवाडे पक्राउ

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रहरीले गए रातभर अप्रेसन चलाएर ५५ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट साढे १२ लाख रुपैयाँ नगद र ५३ गड्डी तास बरामद... ...

रातोपाटी
विषादी सेवन गरेकी बिरामीलाई सुर्खेत लैजाँदै गरेको जिप दुर्घटना, एकजनाको मृत्यु
Latest NewsJust now

विषादी सेवन गरेकी बिरामीलाई सुर्खेत लैजाँदै गरेको जिप दुर्घटना, एकजनाको मृत्यु

दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा सोमबार भएको दुर्घटनामा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–६ निवासी ४१ वर्षीय रने सार्कीको मृत्यु भएको हो । उनको उपचारका क्रममा सोमबार बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play