Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

तिहारका लागि पोखरामै ७५ प्रतिशत सयपत्री उत्पादन, २०० रोपनीमा फूल खेती

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारका लागि पोखरामै ७५ प्रतिशत सयपत्री उत्पादन, २०० रोपनीमा फूल खेती
Photo / Coverage: पर्दाफास

स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले तिहार लक्षित फूल खेतीलाई प्राथमिकता दिँदै आएको छ । महानगरपालिकाले विगत तीन वर्षदेखि विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल उत्पादनका लागि किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियाका अनुसार महानगरले फूल खेती विस्तारका लागि किसानलाई सयपत्री फूलको बीउ, मल्चिङ प्लास्टिक, आवश्यक कृषि सामग्री तथा प्राविधिक तालिम उपलब्ध गराउँदै आएको छ । महानगरपालिकाको सहयोग, किसानको मेहनत र विभिन्न सङ्घसंस्थाको सहकार्यका कारण पोखरामा सयपत्री फूल खेती विस्तार हुँदै गएको छ । यसले स्थानीय बजारमा फूलको माग धान्न सहयोग पुर्‍याउनुका साथै किसानका लागि आम्दानीको नयाँ अवसरसमेत सिर्जना गरेको कडरियाले बताए । यस वर्ष पोखरा महानगरपालिकाभित्र करिब २०० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । तिहारमा प्रयोग हुने फूलको मागको करिब ७५ प्रतिशत पोखरामै उत्पादित फूलले धान्ने अनुमान गरिएको कडरियाले जानकारी दिए । तिहारलाई लक्षित गर्दै कृषि महाशाखाले किसानको बारीमै पुगेर फूल खेतीको अवस्था, उत्पादन र बजारमा आपूर्तिको तयारीबारे अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा यस वर्ष तिहार केही ढिलो परेकाले फूल उत्पादन र बजारमा आपूर्ति व्यवस्थापनमा केही चुनौती देखिएको कडरियाको भनाइ छ । तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने र किसानले उचित मूल्य पाउने वातावरण बनाउन महानगरले सहजीकरण गर्दै आएको छ । विगतमा तिहारका लागि बाहिरी जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्था रहे पनि पछिल्ला वर्षमा पोखरामै फूल खेती विस्तार हुन थालेपछि स्थानीय उत्पादनले बजारमा आफ्नो हिस्सा बढाउँदै गएको छ । स्थानीय स्तरमै फूल उत्पादन बढ्दै जाँदा एकातिर किसानको आम्दानी वृद्धि हुने र अर्कोतर्फ बाहिरबाट हुने फूल आयात घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती
OthersJust now

लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

रुपन्देही । लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई कुन दिशामा अगाडि बढाउने भन्ने बहस सुरु भएको छ । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आ नि छोइङ डोल्मा र सदस्यसचिवमा इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरेसँगै कोषमा नयाँ जिम्मेवारी र अपेक्षा थपिएका छन् । नयाँ नेतृत्वसामु वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका […] ...

मकालु खबर
ग्राहकको रोजाइमा अनलाइन सपिङ, अस्ट्रेलियाकै पुरानो डिपार्टमेन्ट स्टोर संकटमा
OthersJust now

ग्राहकको रोजाइमा अनलाइन सपिङ, अस्ट्रेलियाकै पुरानो डिपार्टमेन्ट स्टोर संकटमा

१९ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा पुरानो डिपार्टमेन्ट स्टोरको चेन डेभिड जोन्सको जिम्मा प्रशासनले लिएको छ । प्रशासनको जिम्मामा गएसँगै यसमा कार्यरत हजारौँ कर्मचारीको रोजगारी जोखिममा परेको छ। स्थानीय रूपमा डीजेजका नामले चिनिने यो १८८ वर्ष पुरानो खुद्रा विक्रेता लामो समयदेखि आर्थिक सङ्घर्षसँग जुधिरहेको थियो। ग्राहकहरू पारम्परिक पसलहरू छोडेर अनलाइन सपिङङतर्फ आकर्षित भएपछि कम्पनीलाई यो… ...

अनलाइन खबर
‘सुरक्षामा कमजोरी नहोस्, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुस्’
OthersJust now

‘सुरक्षामा कमजोरी नहोस्, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुस्’

प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । ...

अनलाइन खबर
रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडर सहभागी
OthersJust now

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडर सहभागी

१९ कात्तिक, पोखरा । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ४० महिला राइडरको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ। कात्तिक १२ देखि १५ गतेसम्म चार दिन सञ्चालन भएको उक्त राइड पोखराबाट सुरु भइ मुस्ताङसम्म पुगेको थियो। पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको राइडलाई अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले झन्डोत्तोलन गरी बिदाइ… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play