Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

तिहारअघि नै फक्रियो सयपत्री, किसानलाई बजारको चिन्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारअघि नै फक्रियो सयपत्री, किसानलाई बजारको चिन्ता
Photo / Coverage: नेपालन्युज

तनहुँ।तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका बारी यतिबेला सयपत्री फूलले पहेंपुर बनेको छ। बारीभरि ढकमक्क फुलेका फूल हेर्दा मन लोभिन्छ। तर, फूलको यही सुन्दरता अहिले यहाँका किसानका लागि खुसीसँगै चिन्ताको कारण पनि बनेको छ। कारण हो–तिहार आउनु अगावै फूल फक्रिनु। तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले किसानले यही समयलाई लक्षित गरेर खेती गरेका थिए, तर यस वर्ष तिहार ढिलो परेका कारण फूल दसैं लगत्तै फक्रिएको छ। फूल छिटो फुलेपछि तिहारसम्म बिक्री गर्न सकिने हो कि होइन भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ। “गत वर्ष तिहार छिटो परेको थियो। फूल पनि राम्ररी बिक्री भयो। मागअनुसार पुर्‍याउनै सकेनौं,” चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहकी अध्यक्ष जितमाया रानाले भनिन्, “यस पटक तिहार ढिलो छ। फूल भने दसैँलगत्तै फक्रिन थालेको छ। एक हप्ता अगाडि नै फूल फुलेपछि तिहारसम्म बिक्री हुन्छ कि हुँदैन भन्ने चिन्ता लागेको छ।” जितमायाको यो चिन्ता उनको व्यक्तिगत मात्र होइन, समूहमा आबद्ध २३ जना किसानको साझा चिन्ता हो। गत वर्षको राम्रो आम्दानी र बजारमा देखिएको मागले उत्साहित भएका किसानले यस पटक फूलखेतीको क्षेत्रफल झन्डै तीन गुणा बढाएका छन् तर उत्पादन बढेसँगै बिक्रीको अनिश्चितता पनि बढेको छ। मकै, मास र बोडी छाडेर फूलखेती छिम्लीश्वाराका किसानले पहिले बारीमा मकै, मास र बोडी लगाउँथे। मिहिनेत धेरै गर्नुपर्ने भए पनि आम्दानी भने अपेक्षाअनुसार नहुने गरेको किसानको अनुभव छ। यही अवस्थाबाट केही फरक गर्ने सोचका साथ उनीहरूले गत वर्षदेखि सामूहिक रूपमा सयपत्री फूलखेती सुरु गरेका हुन्। विदेशबाट फूल आयात हुने गरेको देखेपछि आफ्नै ठाउँमा फूल उत्पादन गर्नसके बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था कम गर्न सकिने उनीहरूको सोच थियो। स्वदेशमै उत्पादन गरेर स्थानीय बजारको माग पूरा गर्ने र किसानको आम्दानी बढाउने उद्देश्यले सुरु गरिएको फूलखेतीले पहिलो वर्षमै उत्साहजनक परिणाम दिएको जितमाया बताउँछिन्। गत वर्ष समूहले ६ रोपनी क्षेत्रफलमा सयपत्री खेती गरेको थियो। तिहारको समयमा फूलको माग राम्रो भएपछि उनीहरूले उत्पादन गरेको फूल बिक्री गर्न समस्या भएन। मागअनुसार फूल पुर्‍याउन नसक्ने अवस्था आएपछि किसानमा खेती विस्तार गर्ने हौसला बढेको उनको भनाइ छ। यस वर्ष समूहले खेती विस्तार गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री लगाएको छ। गत वर्षको तुलनामा करिब तीन गुणा क्षेत्रफलमा खेती गरिएको हो। किसानले यस पटक १५ लाख बराबरको फूल बिक्री गर्ने लक्ष्य राखेका छन् तर गत वर्ष बजारको माग पूरा गर्न नसकेका किसान यस वर्ष उत्पादन भएको फूल नै बिक्री नहुने हो कि भन्ने चिन्तामा छन्। फूलखेतीमा लगानी, श्रम र समय खर्च भइसकेको छ। अब उनीहरूको आम्दानी तिहारको बजारले कस्तो रूप लिन्छ भन्नेमा निर्भर रहेको छ। यस पटक १५ लाखको लक्ष्य समूहले गत वर्ष सयपत्री फूल बिक्री गरेर चार लाख ५० हजार आम्दानी गरेको थियो। प्रतिकिलो तीन सयका दरले फूल बिक्री गरिएको अध्यक्ष रानाले बताए। गत वर्ष माग राम्रो भएकाले फूल बिक्री गर्न समस्या नभएको उनको भनाइ छ। यस वर्ष उत्पादन क्षेत्रफल बढेकाले आम्दानीको लक्ष्य पनि बढाइएको छ। किसानले १५ लाख बराबरको फूल बिक्री गर्ने अपेक्षा गरेका छन् तर फूल फुल्ने समय र तिहारको मितिबीच तालमेल नमिल्दा लक्ष्य पूरा हुनेमा उनीहरू ढुक्क हुनसकेका छैनन्। “गत वर्ष माग धेरै थियो, फूल पुर्‍याउन सकेनौं । त्यसैले यस पटक खेती बढाएका हौं”, जितमाया भन्छिन्, “तर यस वर्ष तिहार ढिलो भएकाले फूलको बजार कस्तो हुन्छ भन्ने अन्योल छ।” फूलखेतीमा उत्पादन मात्र पर्याप्त हुँदैन। फूल फक्रिने समय, चाडपर्वको माग र बिक्रीको व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। समयमै बिक्री गर्न नसकिए फूलको गुणस्तरमा असर पर्ने र किसानले अपेक्षित मूल्य नपाउने जोखिम रहन्छ। छिम्लीश्वाराका किसान अहिले यही जोखिमसँग जुधिरहेका छन्। बिचौलियाका कारण किसानले उचित मूल्य पाएनन् फूलखेतीमा किसानले भोगिरहेको अर्को समस्या हो– बजार मूल्य निर्धारण र बिक्री वितरण। गत वर्ष प्रतिकिलो तीन सयमा फूल बिक्री गरेका किसानले आफूहरूको उत्पादन खरिद गरेर लैजाने व्यापारीले उपभोक्तालाई बढी मूल्यमा बिक्री गरेको अनुभव सुनाउँछन्। सुरुमा फूलको उचित मूल्य कति हुनुपर्छ भन्ने जानकारी नभएकाले आफूहरूले तोकेको मूल्यमा बिक्री गरेको अध्यक्ष राना बताउँछिन्। किसानले बारीमा फूल उत्पादन गर्न धेरै मिहिनेत गरे पनि बिक्रीको अन्तिम मूल्यबाट प्राप्त हुने लाभको ठूलो हिस्सा किसानसम्म नआउने अवस्था रहेको उनको भनाइ छ। “फूलको मूल्य कति राख्ने भन्ने हामीलाई थाहा थिएन । प्रतिकिलो तीन सयमा बिक्री गर्‍यौं । हामीसँग फूल किनेर लैजाने व्यापारीले उपभोक्तालाई बढी मूल्यमा बेच्नु भयो,” उनले सुनाइन्, “किसानले निकै दुःख गरेर उत्पादन गरेको हुन्छ। किसान र उपभोक्ताबीच सिधै सम्पर्क भएर खरिद–बिक्री गर्न सके किसानले पनि राम्रो मूल्य पाउँथे, उपभोक्ताले पनि सहज रूपमा फूल पाउन सक्थे।” किसानले फूल बिक्रीका लागि हाटबजारको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। स्थानीय तहले हाटबजार वा अन्य व्यवस्थित बिक्री केन्द्रमार्फत किसान र उपभोक्तालाई जोड्नसके बिचौलियामाथिको निर्भरता घट्ने र किसानले उचित मूल्य पाउने उनीहरूको अपेक्षा छ। मकै र मासभन्दा फूलखेतीबाट राम्रो आम्दानीको आशा समूहकी कोषाध्यक्ष सन्सरी रानाका अनुसार पहिले बारीमा मकै र मास लगाउने गरिन्थ्यो। खेतीमा दुःख धेरै भए पनि आम्दानी कम हुने भएपछि उनीहरू फूलखेतीतर्फ आकर्षित भएका हुन्। गत वर्ष सयपत्री फूलबाट राम्रो आम्दानी भएपछि यस पटक खेती विस्तार गरिएको उनले बताइन्। “पहिले मकै, मास लगाउँथ्यौं। जति दुःख गरे पनि आम्दानी कम हुन्थ्यो। फूलखेती गर्दा गत वर्ष राम्रो आम्दानी भयो,” सन्सरी भन्छिन्, “यस पटक तिहार ढिलो भएको छ। फूल छिटै फुलेकाले बजारमा मूल्य पाउँछौं कि पाउँदैनौं भन्ने चिन्ता छ।” फूलखेतीले परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन नसकेका किसानलाई नयाँ विकल्प दिएको छ तर बजार सुनिश्चित नभए उत्पादन बढाउनु मात्रै पर्याप्त नहुने उनीहरूको अनुभव छ। मौसमको चिन्ता पनि उत्तिकै समूहकी सदस्य विसरा रानालाई पनि फूल छिटो फुलेकोमा चिन्ता छ। तिहारसम्म फूल बिक्री गर्न सकिने हो कि होइन भन्ने अन्योलका बीच वर्षाको सम्भावनाबारे आउने समाचारले थप चिन्तित बनाएको उनले सुनाइन्। “फूल छिटै फुलेको छ। अब के हुन्छ भन्ने चिन्ता लागेको छ”, विसरा भन्छिन्, “फेरि पानी पर्छ भन्ने समाचार पनि आइरहेको छ।” किसानको मिहीनेतलाई बजारसँग जोड्न आवश्यक छिम्लीश्वाराका २३ जना महिलाले सुरु गरेको सयपत्री फूलखेती स्थानीय उत्पादन र सामूहिक उद्यमको उदाहरण बनेको छ। परम्परागत बालीबाट अपेक्षित आम्दानी लिन नसकेपछि नयाँ सम्भावना खोजेका उनीहरूले पहिलो वर्षको अनुभवका आधारमा खेती विस्तार गरेका छन्। विदेशबाट फूल आयात हुने अवस्थालाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उनीहरूको उद्देश्य प्रशंसनीय छ। तर, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कुरा नारामा मात्र सीमित हुनु हुँदैन। किसानले उत्पादन गरेको फूल उपभोक्तासम्म सहज रूपमा पुर्‍याउने, उचित मूल्य निर्धारणमा सहयोग गर्ने र बजारको मागअनुसार बिक्री व्यवस्थापन गर्ने प्रणाली आवश्यक रहेको बताइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बझाङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना गम्भीर घाइते
Latest NewsJust now

बझाङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना गम्भीर घाइते

बझाङ।बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्। बुधबार बिहान पौने ९ बजे से ००१ च ४३७६ नम्बरको जीप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय गोपाल धामी र २७ वर्षीया पवित्रा धामी रहेका छन्। काँडाचौरबाट बाग्थलातर्फ आउँदै गरेको जीपमा १५ ...

नेपालन्युज
मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन :  डोनाल्ड ट्रम्प
Latest NewsJust now

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन :  डोनाल्ड ट्रम्प

वासिङ्टन डीसी । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पार्टीले मध्यावधि निर्वाचनमा व्यहोरेको हारलाई आफ्नो राष्ट्रपतीय कार्यकालप्रतिको असन्तुष्टिका रूपमा नलिएको बताएका छन् । सीएनएनका अनुसार निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा... ...

रातोपाटी
पुनर्बिमा कम्पनीमा हकप्रदमार्फत सरकारले लगानी बढाउने
Latest NewsJust now

पुनर्बिमा कम्पनीमा हकप्रदमार्फत सरकारले लगानी बढाउने

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीमा सरकारले आफ्नो लगानी बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बिमा कम्पनीको हकप्रद सेयरमा लगानी गर्ने प्रस्ताव स्वीकृत गरेको हो । “नेपाल पुनर्बिमा कम्पनीमा नेपाल सरकारको थप हदप्रद सेयर लगानी गर्न बैठकले स्वीकृति प्रदान गरेको छ,” निणर्यमा भनिएको छ । सरकारले हकप्रदमार्फत कम्पनीमा सेयरहिस्सा बढाउने छ । हाल कम्पनीको सबैभन्दा धेरै सेयर होल्डर नै सरकार ...

कर्पोरट खबर
जाजरकोटमा भतिजाको कोदालो प्रहारबाट काकाको मृत्यु
Latest NewsJust now

जाजरकोटमा भतिजाको कोदालो प्रहारबाट काकाको मृत्यु

वासुदेव शर्माजाजरकोट, कात्तिक १८ गते । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु भएको छ ।जुनीचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले जेठा ब... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play