Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

तिवारीको नेतृत्वमा नेपाल मत्स्य समाजको नयाँ कार्यसमिति

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिवारीको नेतृत्वमा नेपाल मत्स्य समाजको नयाँ कार्यसमिति
Photo / Coverage: टक्सार

काठमाडौं। नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। मंसिर ११ गते काठमाडौंको सिद्धार्थ कटेज, धोबीघाटमा सम्पन्न अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा डा. सन्तोषी श्रेष्ठ, महासचिवमा राहुल रञ्जन, सचिवमा उमिता साह र कोषाध्यक्षमा यज्ञप्रसाद गौतम चयन भएका छन्। त्यस्तै सदस्यमा डा. कुमार खत्री, डा. अरुणप्रसाद वैद्य, निता पराजुली कार्की, सुनिता चन्द, डा. विनिता तामाङ र रविन्द्र कठायत चयन भएका छन्। नेपाल मत्स्य समाजकी अध्यक्ष डा. सुनिला राईको अध्यक्षता तथा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो। कार्यक्रममा मत्स्यपालन क्षेत्रसँग सम्बन्धित ६० भन्दा बढी विज्ञ, प्राध्यापक तथा प्रसार र अनुसन्धानमा संलग्न सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा मन्त्री चौधरीले कृषकको जीविकोपार्जन र आयआर्जनसँगै मानव स्वास्थ्यसँग समेत प्रत्यक्ष जोडिएको मत्स्यपालन व्यवसाय सरकारको प्राथमिकतामा रहेको बताइन्। मत्स्यपालन क्षेत्रमा देखिएका चुनौती र समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. श्यामनारायण लाभ र पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालको समेत उपस्थिति थियो। साधारण सभाको बन्द सत्रमा समाजको वार्षिक प्रगति विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। सोही सत्रबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अब छोरी समानका हिराेइनको हिरो बन्न चाहन्नन् ‘किङ’ खान
Latest NewsJust now

अब छोरी समानका हिराेइनको हिरो बन्न चाहन्नन् ‘किङ’ खान

यही क्रिसमसमा रिलिज हुन लागेको फिल्म ‘किङ’ मा ‘ग्रे हेयर’ मा देखीएका ६१ वर्षिय शाहरूख भन्छन्– ‘अब म वास्तविकतामा जस्तो देखिन्छु र जुन उमेर समूहको हुँ, त्यसै अनुसारको भूमिका र चरित्रमा देखिनेछु ।’ ...

कान्तिपुर
संसद् र प्रदेशसभा सचिवहरूको सम्मेलन पोखरामा, व्यवस्थापिकाको भूमिका बलियो बनाउन जोड
Latest NewsJust now

संसद् र प्रदेशसभा सचिवहरूको सम्मेलन पोखरामा, व्यवस्थापिकाको भूमिका बलियो बनाउन जोड

गण्डकी । सङ्घीय संसद् र प्रदेशसभाको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । शुक्रबारदेखि पोखरामा सुरु भएको सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभाले धेरै कानुन बनाए पनि तिनको कार्यान्वयनको अवस्था समीक्षा गर्नुपर्ने बताए । आवश्यकताअनुसार कानुन […] ...

लोकपथ
नेविसंघका पूर्व सहमहामन्त्री साहद्वारा लहानको मेयरमा उम्मेदवारी घोषणा
Latest NewsJust now

नेविसंघका पूर्व सहमहामन्त्री साहद्वारा लहानको मेयरमा उम्मेदवारी घोषणा

सिराहा । सिराहा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व सहमहामन्त्री परमेश्वर साहले लहान नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार नेपाल प्रेस युनियन सिराहा शाखाको... ...

रातोपाटी
चांगान नेभो क्यू ०५ बुटवल र इटहरीमा सार्वजनिक हुँदै
Latest NewsJust now

चांगान नेभो क्यू ०५ बुटवल र इटहरीमा सार्वजनिक हुँदै

काठमाडौं । चांगानको नयाँ इलेक्ट्रिक एसयूभी नेभो क्यू ०५ आगामी साता बुटवल र इटहरीमा सार्वजनिक हुने भएको छ । एमएडब्लू वृद्धि अटोकर्प प्रा.लि.अन्तर्गतका आधिकारिक डिलर जेनोस मोटर्स र सर्वा मोटर्सले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी उक्त एसयूभी सार्वजनिक गर्न लागेका हुन् । नेभो क्यू ०५ आगामी १५ मंसिरमा बुटवल– ११, कालिकानगरस्थित जेनोस मोटर्स र १७ मंसिरमा इटहरी–१०, विराटनगर लाइनस्थित सर्वा मोटर्समा सार्वजनिक ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement