Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रमा बिहीबार राति ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। चिनियाँ सञ्चारमाध्यम तथा स्थानीय आपत्कालीन व्यवस्थापन निकायका अनुसार भूकम्पका कारण कम्तीमा ३३९ घर भत्किएका छन्। दुर्गम क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने जनाइएको छ। भूकम्प तिब्बतको नाग्छु सहरअन्तर्गत बाकेन काउन्टीको मारु टाउनसिप केन्द्रबिन्दु भएर स्थानीय समयअनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा गएको थियो। करिब १० किलोमिटर गहिराइमा गएको भूकम्पको केन्द्र नाग्छु सहरबाट करिब १९० किलोमिटर पूर्व–उत्तरपूर्व र ल्हासाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा पर्छ। भूकम्पको धक्का छाम्दो र निङ्चीलगायतका क्षेत्रमा समेत महसुस गरिएको थियो। भूकम्पका कारण विद्युत्, दूरसञ्चार र सडक सञ्जालमा अवरोध पुगेको छ। पहिरो तथा ढुंगा खस्दा केही सडक बन्द भएकाले उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ। उद्धार तथा राहतका लागि ७०० भन्दा बढी सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालन गरिएको छ। तीमध्ये ३०० भन्दा बढी प्रहरी र ३४७ जना उद्धारकर्मी रहेको जनाइएको छ। प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने कामसमेत भइरहेको छ। उच्च हिमाली घाँसेमैदान र छरिएर रहेका बस्तीका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। प्रभावित क्षेत्रका धेरै बासिन्दा पशुपालनमा निर्भर रहेकाले उनीहरूको अवस्थाबारे जानकारी संकलन तथा सहायता पुर्‍याउने काम जारी छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प सामान्य भ्रंश (नर्मल फल्टिङ) प्रक्रियासँग सम्बन्धित भएकाले भूकम्पपछि थप परकम्प जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ। भारतीय र युरेसियाली टेक्टोनिक प्लेटको ठोक्किने प्रक्रियाका कारण तिब्बती सो क्षेत्र भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छ। चीनको सरकारी सञ्चारमाध्यमका अनुसार यो सन् २०२४ को जनवरीपछि चीनमा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

सुपर टाइफुन चाम्पी ताइवानतर्फ अघि बढ्दा पूर्वी एसियामा सयौँ उडान रद्द
ताजा खबरJust now

सुपर टाइफुन चाम्पी ताइवानतर्फ अघि बढ्दा पूर्वी एसियामा सयौँ उडान रद्द

ताइपेई । शक्तिशाली समुद्री आँधी ‘सुपर टाइफुन चाम्पी’ ताइवानतर्फ अघि बढेपछि पूर्वी एसियामा सयौँ हवाई उडान रद्द गरिएका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै ताइवानमा विद्यालय, सरकारी कार्यालय र सेयर... ...

रातोपाटी
असोजमा कास्कीमा ५९ सवारी दुर्घटना :  ११ जनाको मृत्यु
ताजा खबरJust now

असोजमा कास्कीमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो... ...

रातोपाटी
चीनको सिजाङमा शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु, ३२ घाइते
ताजा खबरJust now

चीनको सिजाङमा शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु, ३२ घाइते

• दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्पले १६ जनाको मृत्यु र ३२ जना घाइते भएका छन्। • भूकम्पले ३०० भन्दा बढी घर भत्किएका छन् र उद्धार तथा राहत कार्य जारी छ। • ३०० भन्दा बढी प्रहरी र ३४७ जनाको उद्धार टोली प्रभावित क्षेत्रमा खटाइएको छ। ...

नेपालबहस
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
ताजा खबरJust now

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’ सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन् । गाउँका धेरै युवाहरू वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play